Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, मंसिर २१ गते ।

धनुषाको सबैला नगरपालिका ३ मा बुधबार साँझ मृत फेला परेका व्यक्तिको अत्यधिक मदिरा सेवनको कारण मृत्यु भएको प्रहरी पुष्टि गरेको छ ।

सबैला नगरपालिका ९ सतोखरका ३५ वर्षीय रामशंकर राय बुधबार साँझ साढे ६ बजेतिर मृत फेला परेका थिए ।

दिउँसोदेखि अत्यधिक मदिरा सेवन गरेका राय साँझ सबैला नगरपालिका ३ स्थित नालामा शौच गर्न गएको बेला उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय सबैलाका प्रहरी निरीक्षक सुन्दर चौलागइले बताए ।

रायको शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । प्रहरीलाई पनि घरपरिवारले पनि उनी अत्यधिक मदिार सेवन गर्ने गरेको बताएका छन् ।
घटना विषयमा थप अनुसन्धन भइरहेको इलाका प्रहरी कार्यालय सबैलाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!