काठमाडौँ, १८ मंसिर । नेपाली बजारमा सोमबार सुन तोलाको ८ सयले बढेको छ । आइतबार प्रतितोला एक लाख २० हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा ८ सय रुपैयाँले बढेको फेरी नयाँ रेकर्ड कायम गरेको छ ।
आज छापावाला सुन प्रतितोला एक लाख २१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य अहिलेसम्मकै उच्च हो ।
त्यस्तै तेजावी सुन तोलामा १ लाख २१ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यता, चाँदीको मूल्य आज स्थिर छ । आज चाँदी प्रतितोला १ हजार ५ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।