Samajik Feed – News Portal from Nepal

टुडेपाटी-
जनकपुरधाम, मंसिर १८ गते

एक शिक्षकको असमायिक निधन भएपछि धनुषाको नगराइन नगरपालिका कार्यालयले आज शोक बिदा घोषणा गरेको छ । आइतबार नगराइन नगरपालिका वडा नं. १ स्थित राष्ट्रिय आधारभूत विद्यालय खड्काका शिक्षक दिपक कुमार झो असमायिक निधन भएको हो ।
उनको निधनपछि नगरपालिकाले आज बिहान (सोमबार) एक सूचना जारी गर्दै शोक बिदाको घोषणा गरेको हो ।

शिक्षक झाको निधनप्रति श्रद्धाजली एवं शोकाकुल परिवारप्रति समवेदना व्यक्त गर्दै आज नगरपालिकाको कार्यालय, मातहतका कार्यालयहरु, शैक्षिक संस्था, स्वास्थ्य संस्था लगायतका अन्य संस्थाहरुमा शोक विदा रहेको नगरपालिकाका निमित कार्यालय प्रमुख गंगाराम यादव यादवले जारी गरेको सूचनामा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!