Samajik Feed – News Portal from Nepal

सामाजिक फीड
जनकपुरधाम, मंसिर १७ गते ।

स्रोत नखुलेको आठ लाख रुपैयाँसहित सिरहाबाट एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बडियारपट्टी गाउँपालिका २ श्रीपुरका ४२ वर्षीय मोहम्मद फिरोज छन् ।

सशस्त्र प्रहरीले उनलाई भारतबाट नेपालतर्फ साइकलमा पैसा बोकेर आउँदै गरेको अवस्थामा बरियारपट्टी गाउँपालिका ३ महरा टोलबाट पक्राउ गरेको हो ।
उनको साथबाट स्रोत नखुलेको आठ लाख नेपाली रुपैयाँ बरामद भएको सशस्त्र प्रहरी बल नेपाल, नम्बर ७ गण सिराहाका प्रमुख एसपी शिव प्रसाद गैरेले जानकारी दिए ।

उनलाई आवश्यक कारबाहीको लागि भन्सार कार्यालय माडरमा सिराहामा बुझाइएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!