Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, मंसिर १६ गते ।

महोत्तरीमा एक विघा अवैध गाँजा खेती प्रहरीले फडानी गरी नष्ट गरेको छ । महोत्तरीको एकडारा गाउँपालिका वडा नं. ३ अजमरपट्टी र वडा नं. ५ बहेरामा खेतबारीमा लगाइएको अवैध गाँजा खेती प्रहरीले नष्ट गरेको हो ।

जिल्ला प्रहरी कार्यालय महमोत्तरीबाट गएको २५ जना प्रहरीको टोलिले २० कठ्ठामा लगाइएको गाँजा खेती फडानी गरी नष्ट गरेका छन् । करिब ३० हजार बोट फडानी गरी नष्ट गरिएको महोत्तरीका प्रहरी प्रवक्ता दिलीपकुमार गिरीले जानकारी दिए ।

फडानी गरिएको गाँजा जलेश्वर नगरपालिका वडा नं. १ स्थित मनिपाल एजुकेशन एण्ड मेडिकल ग्रुप नेपाल प्रा.लि. को कम्पाउण्डको खाली चौरमा ल्याएर स्थानीय जनप्रतिनिधि तथा भरभलादमीको उपस्थितिमा नष्ट गरेको डिएसपी गिरीले बताए ।
गाँजा खेती कसकसले गरेका हुन् भन्ने अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!