Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
सप्तरी, मंसिर १६ गते ।

सप्तरीमा ट्रकको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक सप्तरीको सुरुङ्गा नगरपालिका वडा न.–४ का ३५ वर्षीय मोहम्मद हारुन छन् ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत सुरुङ्गा नगरपालिका वडा न. ४ स्थित कदमाहामा पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको म.प्र.०१–००१ ख ०३६७ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको अनटेस्ट मोटरसाइकललाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्रक र चालकलाई नियन्त्रणमा लिएर आबश्यक अनुसन्धान गरिरहेको सप्तरीका प्रहरी प्रवक्ता डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए । घटना पश्चात आक्रोशित स्थानीयले केहीबेर सडक अवरुद्ध गरेर प्रदर्शन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!