सामाजिक फीड-
जनकपुरधाम, मंसिर १५ गते ।
मधेश प्रदेश प्रहरी कार्यालयको आफ्नै भवन निर्माण सुरु भएको छ । जनकपुरधामा साविक जनकपुर अंचल प्रहरी कार्यालयको परिसरमा भवन प्रदेश प्रहरीको भवन निर्माण शुक्रबारदेखि निर्माण प्रारम्भ भएको हो ।
भवनको मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले भूमिपूजन एवं शिलान्यास गरेका हुन् । शिलान्यास समारोहमा मधेशका गृह संचार तथा कानुन मन्त्री मो। समिम, प्रदेश प्रहरी प्रमुख डिआइजी जनकभट्टराई लगायको उपस्थिति रहेको थियो ।
मधेश सरकारको गृह, संचार तथा कानुन मन्त्रालयको २३ करोड भन्दा बढी बजेटमा भजनको निर्माण हुन लागेको हो । भवन निर्माणको लागि मधेश प्रदेश प्रहरी कार्यालय र शिवालय–सुबेदी जे।भि। काभ्रे बीच २ असोज २०८० सम्झौता भएको थियो । मूल्य अभिवृद्धिकर सहित २३ करोड १० लाख ४३ हजार ४०७ रुपैयाँ १५ पैसामा ्मा १८ महिना भित्र भवन निर्माण कार्य सम्पन्न गर्ने सम्झौता भएको थियो ।
बन्न लागेको चार तल्ले प्रशासनिक कार्यालय भवनमा प्रशासन महाशाखा, मानवश्रोत व्यवस्थापन महाशाखा, कार्य महाशाख, प्रदेश कार्यालय प्रमुख कार्यकक्ष, प्रदेश प्रमुखको सचिवालय, अपराध अनुसन्धान महाशाखा, साईवर ब्युरो लगायतको शाखा रहने कार्यालयले जनाएको छ । सो भवन लिफ्टसहितको सुविधा हुने छ ।
वि।स।२०७४ साउन ३२ मा स्थापाना भएको मधेश प्रदेश प्रहरी हाल जनकपुरधाम उपमहानगरपालिका ९ ब्रह्पुरी स्थित भाडाको घरमा कार्यालय संचालन गर्दै आएको छ ।