सामाजि फीड-
जनकपुरधाम, मंसिर १५ गते ।
बारामा एक महिलालको जलेर मृत्यु भएको छ । जितपुरसिमरा उपमहानगरपालिका ७ बस्ने राजेन्द्र गिरीका ५५ वर्षीया श्रीमती विन्दा देवीको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार हिजो बेलुका उनले आफ्नै जिउमा कोठमा आगो लगाएकी थिएन् ।
घरपरिवारले थाहा पाएपछि उद्धार गरी गम्भीर घाइते अवस्थामा उपचारको लागि वीरगञ्ज स्थित नारायणी अस्पताल भर्ना गरेका थिए ।
सम्भव नभएपछि थप उपचारको लागि काठमाडौं लैजाँदै गर्दा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय सिमराका डिएसपी प्रदिप क्षेत्रीले बताए । घटना विषयमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।