२४ असोज, जनकपुरधाम। मुलायम सिंह यादव समाजवादी पार्टीका संस्थापक थिए। सन् १९८९ मा पहिलो पटक उत्तर प्रदेशको मुख्यमन्त्री बनेका उनले ३ पटक प्रदेशको नेतृत्व गरेका थिए। यस्तै उनी संघीय सरकारमा रक्षामन्त्रीसमेत बनेका थिए ।
हरियाणाको गुरुग्राममा रहेको मेदान्त अस्पतालमा उपचार भइरहेको थियो । उपचारकै क्रममा उनको ८२ वर्षको उमेरमा निधन भएको हो ।