Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, मंसिर १४ गते ।

जनकपुरमा व्यवसायिक सोच प्रमाणिकरण सम्बन्धि पाँच दिने प्रशिक्षण सम्पन्न भएको छ । एनवाईईएफ च्याप्टर जनकपुर, अंतप्रेरणा, आईसीमोडको संयुक्त आयोजना तथा सिटीइभीटी, कृषि विकास बैंकको सहकार्यमा १३ जना सहभागीलाई पाँचदिने प्रशिक्षण दिइएको हो ।

१३ जना सहभागिलाई १३ वटा नयाँ विजनेश सीप तथा कार्यान्वयन सम्बन्धि प्रशिक्षण दिएको आयोजक मध्येका एनवाईईएफका प्रतिनिधि तथा मिडिया उद्यमी नविन साहले जानकारी दिए । अन्तप्रेरणाका प्रतिनिधि अखिल श्रेष्ठको अध्यक्षता तथा उद्योग बाणिज्य तथा पर्यटन मन्त्री सुनिता यादवको प्रमुख आतिथ्यमा प्रशिक्षण सम्पन्न भएको हो ।

समापन समारोहमा विशेष अतिथिका रुपमा जनकपुर उद्योग बाणिज्य संघका बरिष्ट उपाध्यक्ष मनिषरमण साह, एनवाईईएफका अध्यक्ष डा. सोनु साह सहभागी थिए । प्रशिक्षणमा सहभागी तथा प्रशिक्षकहरुलाई प्रमाणपत्र वितरण गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!