सामाजिक फीड-
जनकपुरधाम, मंसिर १३ गते ।
बटेश्वर गाउँपलिकाले बालक डुबेको ज्यानमारा खाल्डो आंसिक रुपमा पुरेको छ । बुधबार गाउँपालिका अध्यक्ष रामअशिष महतोको निर्देशनमा कार्यालयको डोजरले बिगही खोलामा रहेको गहिरो खाल्डोमा छेउछाउको माटो हालेर आंशिक रुपमा पुरेको हो ।
जोखिमयुक्त रहेको ठाउँमा माटो भने पुरिएको छ । बालबालिकाका लागि जोखिमयुक्त रहेको उक्त गहिरो खाल्डोमा आंशिक माटो हालेर सम्याएको छ ।
बटेश्वर गाउँपालिका १ धुमासन स्थित बिगही खोलामा रहेको उक्त खाल्डोमा गत असोज ६ गते स्थानीय विनोद महतोका ११ वर्षीय छोरा धिरजको डुबेर मृत्यु भएको थियो ।
भोलिपल्टै पालिका अध्यक्ष महतोसहितका जनप्रतिनिधि र कर्मचारीले खाल्डोको निरक्षण गरी जोखिम युक्त उक्त खाल्डोलाई यथासिघ्र पुर्ने प्रतिवद्धता गरेका थिए ।
तर, दुई महिना बढी बित्दासमेत पालिकाले पुर्न चासो नदेखाएपछि आलोचना हुँदै आएको थियो । स्थानीय मिडियाले यस सम्बन्धि समाचार प्रकाशन गरेपछि गाउँपालिका कार्यालयले बुधबार नै खाल्डो आंशिकरुपमा पुरेर जोखिममुक्त बनाएको छ ।
तीनवर्ष अघि बटेश्वर गाउँपलिका कार्यालयले बिगही खोला ठेक्का लगाएपछि बालुवा झिकिएको थियो । त्यसपछि तस्कर हुँदै गहिरो खाल्डो बनेको थियो ।