Skip to main content

काठमाडौँ, १३ मंसिर । काठमाडौँ महानगरपालिकाभित्र सुर्तीजन्य पदार्थको बिक्री, भण्डारण तथा प्रयोग पूर्ण निषेध हुने भएको छ । महानगरको स्वास्थ्य विभागले मङ्गलवार जारी गरेको सार्वजनिक सूचनाअनुसार मंसिर २७ गतेदेखि सुर्तीजन्य पदार्थको बिक्री, भण्डारण तथा प्रयोगमा रोक लाग्ने भएको हो ।

सेवनका निमित्त बनाइएका वा उत्पादन गरिएका (चुरोट, बिँडी, सिंगार, तमाखु, सुल्फा, कक्कड, प्लास्टिकमा प्याक गरिएका कच्चा सुर्ती, खैनी, गुट्खा, पानपराग वा यस्तै प्रकृतिका मुखमा राखेर रस लिने) सुर्तीजन्य पदार्थको भण्डारण, बिक्री र प्रयोगमा रोक लगाउने महानगरले भनेकाे छ । कसैले बिक्री गरेको पाइए नगर प्रहरीले सामान जफत गर्ने पनि चेतावनी दिइएको छ ।

‘हामी स्वस्थ सहर निर्माणको अभियानमा छौँ । २९ औँ महानगर दिवसको सन्दर्भ पारेर जनस्वास्थ्य र वातावरणमा हानी पुर्‍याउने सुर्तीजन्य बस्तुको भण्डारण, विक्री र प्रयोगमा रोक लगाउने निर्णय गरेका हौँ ।’ स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेल भने, ‘काठमाडौँ महानगरपालिकाले २०८० सालमा जारी गरेको जनस्वास्थ्य ऐनमा यस सम्बन्धी व्यवस्था छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *