Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, मंसिर १३ गते ।

बटेश्वर गाउँपालिका कार्यालयले आफैले खनेको ज्यानमारा खाल्डो अझै पुरको छैन । बटेश्वर गाउँपालिका १ धुमासन नजिक बिगही खोलामा पालिकाले ठेक्का लगाएर माटो झिकेको खाल्डोमा गत असोज ६ गते स्थानीय बिनोद महतोका ११ वर्षीय छोरा धिरज कुमार महतोको डुबेर ज्यान गएको थियो ।

बटेश्वर गाउँपालिका कार्यालयले तीन वर्ष अघि सो खोला ठेक्का लगाउँदा उत्खनन सुरु भएको थियो । विस्तारै लुकिचोरी बालुवा माटो तस्करी हुँदा खाल्डो गरिहो भएर पानी जमेर जोखिमयुक्त बनेको छ ।

बालक धिरजको डुबेर मृत्यु भएको भोलिपल्टै गाउँपालिका अध्यक्ष रामअशिष महतो लगायत जनप्रतिनिधि तथा कर्मचारीहरु सो ज्यानमारा खाल्डोको निरीक्षण गर्दै यथासिघ्र माटो पुर्ने प्रतिवद्धता गरेका थिए ।

तर, दुई महिना बित्दा समेत ज्यानमारा खाल्डोमा माटो पुर्न गाउँपालिका जनप्रतिनिधि तथा कर्मचारीले कुनै चाँसो देखाएका छैनन् ।

पालिका अध्यक्ष रामअशिष महतोले चाँडपर्वमा गाउँपालिकाको डोजर व्यस्त हुँदा खाल्डो पुर्न नसकेको तर्क गर्छन् । उनले अब २।३ दिन भित्रै खाल्डो पुर्ने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!