काठमाडौँ, १२ मंसिर । दुर्गा प्रसाईंलाई राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानको प्रदर्शनमा सहभागी हुन प्रहरीले रोक लगाएको छ ।
मंगलबार गौशालामा हुन लागेको प्रदर्शनमा सहभागी हुन आइरहेका प्रसाईंलाई प्रहरीले पेप्सिकोला चोकमा रोकेर ठिमीस्थित घरमा फिर्ता पठाएको हो ।
महाअभियानले आज पनि प्रदर्शनको आयोजना गरेको छ ।यसअघि सोमबार गौशालामा झडप भएपछि प्रहरीले सुनसरी घर भएका धर्मगुरु श्रीनिवास आचार्यसहित १५ जनालाई पक्राउ गरेको थियो ।