सामाजिक फीड-
जनकपुरधाम, मंसिर १२ गते ।
धनुषाको मिथिला नगरपालिका २ स्थित सतलोक आश्रममा १३ जोडीको सामुहिक आदर्श तथा अन्तरजातीय विवाह सम्पन्न भएको छ । शन्त रामपाल महराजले स्थापना गरेको आश्रममा ५१० औं तीन दिवसीय दिव्य धर्म यज्ञको अवसरमा सोमबार १३ जोडीको सामुहिक विवाह गराइएको हो ।
असुर निकन्द रमेणी मन्त्रको उच्चारण गरी १७ मिनेटमा १३ जोडीको सामुहिक विवाह सम्पन्न गराइएको शन्त रामपालका अनुयायी इश्वरदत्त भट्टले जानकारी दिए ।
उनका अनुसार विवह सम्पन्न हुने चार जोडी नेपाल र ९ जोडी भारतका छन् । असुर निकन्दन रमेणी मन्त्रको उच्चारण गरि १७ मिनेटमा सम्पन्न गरिने भएकाले यसलाई रमेणी विवाह पनि भनिन्छ ।
यो विवाह पूर्णतः आदर्श एवं दाइजो मुक्त हुन्छन् । जातीय वा अन्तरजातीयमा विवाह गर्नु पूर्व सबैजोडीका अभिभावकको अनुमति एवं उपस्थिति अनिवार्य हुनुपर्ने भट्ट बताउँछन् ।