सामाजिक फीड-
जनकपुरधाम, मंसिर ११ गते ।
धनुषामा खेतमा मोटरबाट सिँचाई गर्न गएका एकवृद्धको करेन्ट लागेर मृत्यू भएको छ । मृत्यु हुनेमा धनुषाको हँसपुर नगरपालिका ८ झटियाहीका ६५ बर्षिय राजेन्द्र राउत छन् ।
धनुषा प्रहरीका अनुसार सोमबार विहान ११ बजेको समयमा आफ्नै खेतमा पानी सिँचाई गर्न पुगेका उनको नांगो तरमा करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको हो ।
मृतकको शवलाई पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र घटना विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।