Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-

जनकपुरधाम, मंसिर ८ गते ।

महोत्तरीबाट श्रोत नखुलेको आठ लाख भन्दा बढी रकमसहित दुईजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा महोत्तरीकै सम्सी गाउँपालिका ३ बस्ने वर्ष २८ का रमेशकुमार साह र रामगोपालपुर नगरपालिका सहसौलाका ३२ वर्षीय अनिल चौधरी छन् ।

बिहीबार सशस्त्र प्रहरी बल, नेपाल बोर्डर ओउट पोष्ट पोखरभिण्डाबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको मधेश प्रदेश ०२–००६प–१६२१ नम्बरको मोटरसाईकललाई चेकजाँच गर्ने क्रममा दुबैजनालाई नियन्त्रणमा लिएको हो । दुबैजनाको साथबाट श्रोत नखुलेको ८ लाख १० हजार ९२० रुपैयाँ बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ ।

बरामद रकमसहित दुबैजनालाई आवश्यक कारबाहीको लागि जलेश्वर भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!