Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जकपुरधाम, मंसिर ७ गते ।

जनकपुरमा दुई वर्षदेखि अवैधरुपमा संचालनमा रहेको जनकपुर न्यूरो हस्पिटलमा लापरबाहीले पुनः एक चारवर्षीय बालकको मृत्यु आरोप लागेको छ । हस्टिलले बिहीबार बिहान डिस्चार्ज गरेकै बेला धनुषाको धनुषाधाम नगरपालिका ६ मालटोल बस्ने विक्रम कालिकोटेका ४ वर्षीय छोरा जेम्स कालिकोटेको मृत्यु भएको हो । हस्पिटलले उपचारमा लापरबाही गर्दा बालकको मृत्यु भएको परिवारजनको आरोप छ ।

मृतक परिवार घटनाको छानविन, दोषी अस्पतालमाथि कारिबाही, क्षतिपुर्तिको माग गर्दै हस्पिटल अगाडी धर्ना बसेका छन् ।
मृतक बालकका मामा सुनिल परियारका अनुसार बुधबार बिहान बालकले एक्कासी बान्ता गरेका थिए । रुघाखोकी जस्तो देखिएर स्वास्थ्यमा समस्या देखिएपछि बाल रोग विशेषज्ञ डा. शशीभुषण ठाकुरको क्लिनिकमा ल्याएका थिए । त्यहाँबाट डा. ठाकुरले आफू कार्यरत्त रहेको न्यूरो हस्पिटलमा उपचारको लागि भर्ना गर्नुपर्ने सुझाव दिए ।

बालबकलाई हिजो नै सो हस्पिटलमा भर्ना गरिएको थियो । निको भयो भनेर हस्पिटलले आज बिहान १० बजेतिर डिस्चार्ज गरेरको थियो । निस्किने बेला अचानक बालकले जोडले श्वाँस फालेर चिकिस्त भएपछि पुनः उपचार गर्दा तुरन्तै मृत्यु भएको उपचारका लागि कुरुवा आएका छिमेक मनिषकुमार कर्णले बताए ।

‘चिकित्सकले पिसावमा इन्फेक्सन छ भनेको थियो । ठीक भइहाल्छ भनेर डिस्चार्ज गरिदियो । डिस्चार्ज भएर तल गेडमा आइसकेपछि बालकले एकैपट ठूलो श्वाँस फालेर बेहोस भए । अनि उपचार थालिएपछि मृत्यु भयो’ छिमेक मनिषले सुनाए ‘एक्कासी कसरी यस्तो भयो । उपचारमै कुनै लापरबाही गरिएको हुनुपर्छ’

डा.ठाकुरले पनि बालकलाई पिसावमा इन्फेक्सन भएको र उपचार पश्चात समान्य भइसकेपछि परिवारजनै आग्रहमा डिस्चार्ज गरेपछि अचानक मृत्यु भएको बताए ।

‘बालक आज बिहान खेलरहेका थिए । मोबाइल पनि चलाइरहेका थिए । बच्चाको आमाले भन्नु भयो मेरो बच्चा खेलिरहेको छ । अब डिस्चार्ज गरिदिनुस् । हामी कठमाडौं नै बस्छौं । काठमाडौं नै लिएर जान्छौं । मैले डिस्चार्ज गरिदिएँ’ डा. ठाकुर भन्छन् ‘अनि हामीले डिस्चार्ज गरिदियौं । डिस्चार्ज गरेपछि बाहिर जाँदा अचानक मृत्यु भयो । अचानक जे पनि हुन सक्छ’
उनले उपचारमा कुनै लापरबाही नभएको दावी गर्दै पहिलादेखी अन्य कुनै स्वास्थ्य समस्याको कारण बालकको मृत्यु हुन सक्ने तर्क गरे ।

फागुन २०७८ देखि डा. विजय राउतले बिना स्वीकृति संचालनमा रहेको यस हस्पिटलमा पटक पटक चरम लापरबाहीको घटना हुने गरेको छ ।

बिहीबार साँझ शवसहित धर्ना बसेका मृतक बालकका चारजना मामासहित ६ जनालाई नियन्त्रणमा लिएको छ । तोडफोड गरेको आरोपमा केही व्यक्तिलाई पक्राउ गरेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिए ।
मृतकका मामा सुनिलका अनुसार प्रहरी उल्टै हस्पिटलको बचावमा आफूहरुलाई त्यहाँबाट धपाउन षडयन्त्र गरी पक्राउ गरेको आरोप लगाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!