Samajik Feed – News Portal from Nepal

एअरपोर्टमा ‘कप’ मा पिशाब फेर्नेलाई ६ सय अष्ट्रेलियन डलर जरिवाना

सिड्नी, २४ चैत । एक यात्रुले सिड्नी एयरपोर्टमा कपमा पिशाब फेरेको भन्दै जरिवाना गरिएको छ । आफ्नो उडान सिडनी आइपुगे पछि डिबोर्डिङमा ढिलाइ गर्दा कपमा पिसाब गरेको आरोपमा ती व्यक्तिलाई जरिवाना गरिएको हो । ‘यो घटना गत डिसेम्बरमा अकल्याण्डबाट एयर न्यूजील्याण्डको उडानको ३ घण्टापछि भएको हो,’ अधिकारीहरूले शुक्रबार भने । उनका अनुसार सिड्नीको अदालतले फेब्रुअरीमा […]

यी हुन् १९ वर्षीया लिभिया, विश्वको सबैभन्दा कान्छी अर्बपति

सामाजिक फीड, न्युयाेर्क, २४ कार्तिक । फोर्ब्सले सन् २०२४ का लागि अर्बपतिको सूची सार्वजनिक गरेको छ । यस सूचीमा ब्राजिलकी १९ वर्षीया छात्रा लिभिया भोइग्ट विश्वकै कान्छी अर्बपति बनेकी छिन् । यस वर्ष फोर्ब्सले जारी गरेको सूचीमा युवाहरूको प्रभुत्व रहेको छ । जसमा २५ जना कम उमेरका अरबपतिहरूको नाम समावेश छ । जसको उमेर ३३ […]

जेलमा रहेका इमरानका लागि प्रति महिना ५ लाख ८० हजार खर्च

सामाजिक फीड, पाकिस्तान । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानका लागि रावलपिंडीको अदियाला जेलमा ७ वटा कक्ष छुट्याएको छ । सामान्यतया कारागारमा १० जना कैदीको सुरक्षाका लागि एकजना कर्मचारी तैनाथ हुन्छन् । तर खानको सुरक्षाका लागि मात्रै १४ सुरक्षाकर्मी अडियाला जेलमा छन् । यति मात्र होइन, जेलमा इमरान खानका लागि छुट्टै खाना बनाइन्छ । यो अन्य कैदीहरूलाई […]

कति छ राहुल गान्धीको सम्पत्ति ?

भारत । भारतीय नेशनल कांग्रेसका पूर्वअध्यक्ष र लोकसभा सांसद् राहुल गान्धीले दोस्रो पटक केरलाको वायनाड लोकसभा सिटबाट उम्मेदवारी दर्ता गराएका छन् । २०१९ मा राहुल गान्धीले उत्तर प्रदेशको अमेठीसँगै केरलाको वायनाडबाट चुनाव लडेका थिए । अमेठीमा राहुलले भाजपाकी स्मृति इरानीसँग हार ब्यहोरेका थिए भने वायनाडबाट विजयी भएका थिए । राहुलले यसपटक अमेठीबाट चुनाव लड्ने कि […]

सोनिया गान्धी बनिन् राज्यसभा सांसद

सामाजिक फीड, भारत । भारतीय नेशनल कांग्रेस नेतृ सोनिया गान्धीले  राज्यसभा सांसदको सपथ लिएकी छन् । सोनिया राजस्थानबाट राज्यसभा सांसद बनेकी हुन् । बिहीबार भारतको नयाँ संसद भवनमा उपराष्ट्रपति जगदीप धनखरले गान्धीसहितअन्य राज्यसभा सांसदहरूलाई सपथ गराएका हुन् । सोनिया गान्धी पहिलो पटक राज्यसभा सांसद बनेकी हुन् । उनी राजस्थानबाट राज्यसभामा निर्विरोध निर्वाचित भएकी थिइन् । नेहरू-गान्धी […]

विश्वकै सबैभन्दा वृद्ध व्यक्तिको निधन

सामाजिक फीड, एजेन्सी । विश्वकै सबैभन्दा वृद्ध व्यक्ति जुआन भिसेन्टे पेरेज मोराको ११४ वर्षको उमेरमा निधन भएको छ । जुआन भेनेजुएलाका बासिन्दा थिए । फेब्रुअरी २०२२ मा, गिनिज बुक अफ वर्ल्ड रेकर्ड्सले उनलाई सबैभन्दा वृद्ध व्यक्ति घोषित गरेको थियो ।त्यतिबेला उनको उमेर ११२ वर्ष २५३ दिन थियो । भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले जुआनको मृत्युको घोषणा […]

ताइवानमा शक्तिशाली भूकम्प, जापानमा सुनामीको चेतावनी

एजेन्सी, २१ चैत । ताइवानको राजधानी ताइपेमा शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भौगर्भिक सर्वेक्षणका अनुसार बुधबार बिहान ताइवानको पूर्वी तटमा ७.४ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको केन्द्र हुलियन सहरबाट करिब १८ किलोमिटर दक्षिणमा पर्दछ । यो भूकम्प पछि पनि साना ठूला परकम्पहरू आउने क्रम जारी छ । एउटा शक्तिशाली परकम्प ६.५ म्याग्निच्युडको छ […]

टर्कीको नाइट क्लबमा आगलागी, २९ जनाको मृत्यु

सामाजिक फीड, एजेन्सी । टर्कीको एक नाइट क्लबमा आगलागी हुँदा २९ जनाको ज्यान गएको छ । टर्की समाचार एजेन्सी एन्देलोका अनुसार हालसम्म २९ जनाको मृत्यु भएको र अझै धेरै जना गम्भीर रहेका छन् । दुर्घटना हुँदा यो नाइटक्लब बन्द थियो र मर्मत कार्य चलिरहेका बेला आगलागी भएको बताइएको छ । मारिनेमा अधिकांश मजदुर छन् । […]

योग गुरु रामदेव र बालकृष्ण अदालतमा हाजिर

सामाजिक फीड, भारत । योग गुरु रामदेव र उनका सहयोगी बालकृष्ण पतञ्जली आयुर्वेदको भ्रामक विज्ञापनको मुद्दामा मंगलबार सर्वोच्च अदालतमा हाजिर भएका छन् । सर्वोच्च अदालतले आफ्नो निर्देशन पालना नगरे कारबाहीका लागि तयार रहन भनेको थियो । पतञ्जली आयुर्वेदको ‘भ्रामक विज्ञापन’ सम्बन्धी मुद्दामा सर्वोच्च अदालतले दुवैलाई चेतावनी दिएको छ । पतञ्जलीले गत महिना यस विषयमा माफी […]

आम आदमीका सांसद् सिंहलाई जमानतमा रिहा गर्न सर्वोच्चको आदेश

नयाँ दिल्ली । भारतको सर्वोच्च अदालतले आम आदमी पार्टीका नेता सञ्जय सिंहलाई जमानतमा रिहा गर्न आदेश दिएको छ । दिल्लीको मदिरा नीति र मनी लान्ड्रिङ मुद्दामा पक्राउ परेका सञ्जय सिंह गत अक्टोबर ४ मा पक्राउ गरिएको थियो । प्रवर्तन निर्देशनालय (ईडी) ले दिल्ली मदिरा घोटाला मामिलामा सञ्जय सिंहको नाम आफ्नो चार्जशीटमा थपेको थियो । यस […]