Samajik Feed – News Portal from Nepal

मलाई पार्टी बैठकमा ह्यारेसमेन्ट गरियो- महामन्त्री ढकाल

सामाजिक फीड जनकपुरधाम, १९ असार २०८१, बुधवार काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री डा. मुकुल ढकालले पार्टीको केन्द्रीय समितिको बैठकमा आफुलाई ह्यारेसमेन्ट गरेको आरोप लगाएका छन् ।  पार्टीको बैठकपछि बोल्दै महामन्त्री ढकालले बैठक लाइभ नगर्ने भए आफु नबोल्ने भनेर शुरुमै भनेको अवस्थामा आफुलाई ह्यारेसमेन्ट गरेको आरोप लगाएका हुन् । उनले भने- ‘महामन्त्रीलाई हटाउन […]

एमालेका मन्त्रीहरुले बुझाए प्रधानमन्त्रीलाई राजीनामा

सामाजिक फीड जनकपुरधाम, १९ असार २०८१, बुधवार काठमाडौं । नेकपा एमालेका मन्त्रीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई राजीनामा बुझाएका छन् । एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेसंगै मन्त्रीहरुले प्रधानमन्त्री निवास बालुवाटार पुगेर आफ्नो राजीनामा प्रधानमन्त्रीलाई बुझाएका हुन् ।  यस अघि एमालेले मंगलबार आजसम्मको समय दिएर प्रधानमन्त्री प्रचण्डलाई मार्ग प्रशस्त गर्न आग्रह गरेको थियो […]

एमालेका मन्त्रीले आजै राजीनामा दिने

समजिक फीड जनकपुरधाम, असार १९ नेकपा एमालेले आजै सरकार छोड्ने तयारी गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तत्काल राजीनामा नदिने बताएपछि एमालेले आज सरकार छोड्ने भएको हो । यस अघि मंगलबार बसेको एमालेको सचिवालय बैठकले प्रधानमन्त्रीलाई मार्ग प्रशस्त गर्न आग्रह गरेको थियों । कांग्रेससँग नयाँ सरकार बनाउने सहमति भएको भन्दै एमालेले आजसम्मको समय दिएर […]

नशालु ईन्जेक्सनसहित दुई भारतीय नागरिक पक्राउ

समजिक फीडजनकपुरधाम, असार १९ ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषध नशालु ईन्जेक्सनसहित दुईजना भारतीय नागरिक लाई रौतहटमा सशस्त्र प्रहरीको टोलीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा भारत बिहार सीतामढी जिल्ला बखरी ग्राम पञ्चायत ४ राघोपुरका २० बर्षीय रौशन कुमार र सोही ठाउँ वडा ३ का १८ बर्षीय अमीत कुमार रहेको सशस्त्र प्रहरी ११ नम्बर हेक्वा रौतहटका डिएसपी […]

नौवटा गाई बाच्छो सहित रौतहटमा तस्कर पक्राउ

समजिक फीड जनकपुरधाम, असार १९  रौतहटस्थित प्रहरी गस्ती टोलीले तस्करी मार्फत जिल्लाबाट भारततर्फ लागिरहेको ९ थान गाई, बाच्छोसहित एकजना तस्करलाई पक्राउ गरेको छ । विशेष सुराकीको आधारमा मंगलवार साँझ जिल्ला प्रहरी कार्यालय गौरबाट खटिएको गस्ती टोलीले  माधव नारायण नगरपालिका १ दिपहीबाट अबैध रुपमा गाई र बाछो भारततर्फ लैजादै गरेको अबस्थामा देवाहीगोनाही नगरपालिका २ करुनिया टोलका […]

मधेशको शिक्षाको अवस्था दयनीय : एक सय विद्यार्थी, एक शिक्षक

समजिक फीड जनकपुरधाम, असार १८ मधेश प्रदेश अन्तर्गतको सामुदायिक विद्यालयको शिक्षाको अवस्था दयनीय रहेको छ। बारा र रौतहटको अधिकांश सरकारी सामुदायिक विद्यालयहरूमा एक सय विधार्थी संख्यामा मात्र एक जना शिक्षक रहेको पाइएको छ। राजतन्त्र हुँदै हाल संघीयतासहितको लोकतान्त्रिक व्यवस्थासम्म आइपुग्दा सरकारी नीतिमा कुनै परिवर्तन भएको देखिएन। नेपाल सरकारको शिक्षा नियमावलीमा प्रति ४० जना विद्यार्थी संख्यामा […]

काँग्रेस-एमाले गठबन्धनमा सहभागी नहुने रास्वपाको निर्णय

समजिक फीड जनकपुरधाम, असार १८ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काँग्रेस-एमाले गठबन्धनमा सहभागी नहुने निर्णय गरेको छ । मंगलबार बिहान बसेको रास्वपाको सचिवालय बैठकले काँग्रेस-एमाले गठबन्धनमा सहभागी नहुने निर्णय गरेको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए । उनले नयाँ सरकार गठनको प्रक्रिया शुरु भएपछि आफुहरुले सरकारबाट राजीनामा दिने बताए । रास्वपाबाट हाल पार्टी सभापति रवि […]

एमालेका मन्त्रीहरुले राजीनामा दिदै

समजिक फीड जनकपुरधाम, असार १८ नेकपा एमालेबाट सरकारमा सहभागी रहेका मन्त्रीहरुले राजीनामा दिने तयारी गरेका छन् । कांग्रेस र एमालेबीच नयाँ गठबन्धन बनाएर जाने सहमति भएपछि एमालेले सरकार छोड्न लागेको हो । मन्त्रीहरुले राजीनामा दिनुअघि एमाले अध्यक्ष केपी शर्मा ओली अहिले प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मार्ग प्रशस्त्र गर्न […]

यो वर्ष प्रधानमन्त्री बन्छुजस्तो लाग्दैन- ओली

समजिक फीड जनकपुरधाम, असार १७ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू यो वर्ष प्रधानमन्त्री बन्छुजस्तो नलागेको स्पष्ट पारेका छन् । प्रतिनिधिसभाको आजको बैठकपछि संसद भवन बाहिर पत्रकारहरुको प्रश्नको जवाफ दिदै ओली यस्तो जवाफ दिएका हुन् । प्रधानमन्त्रीको शपथ कहिले लिनुहुन्छ ? भन्ने पत्रकारहरुको प्रश्नमा ओलीले भने– ‘यस वर्ष त त्यस्तो लाग्दैन मलाई । यो […]

मन्त्री उपस्थित नभएपछि प्रतिनिधि सभाको बैठक स्थगित

समजिक फीड जनकपुरधाम, असार १७ काठमाडौँ । प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । आजको बैठकमा सरकारका मन्त्री अनुपस्थित रहेपछि बैठक १५ मिनेटका लागि स्थगित भएको हो । बैठक शुरु हुना साथ कांग्रेसका सांसद रामकृष्ण यादवले संसद संचालन हुदा सरकारका कम्तिमा एक मन्त्री अनिवार्य उपस्थित हुनुपर्ने व्यवस्था रहेको भन्दै आजको बैठकमा सरकारका मन्त्री उपस्थित नरहेको […]