अब भारतबाट नेपालमा फोन पे मार्फत कारोबार गर्न सकिने, दुई देशको बैंकबीच भयो यस्तो सम्झौता

समाजिक फीड जनकपुरधाम, फागुन १६ गते । नेपालमा भारतीय नागरिकले अब क्यूआर स्क्यानबाट सजिलै भुक्तानी गर्ने सक्ने भएका छन् । नेपालको भुक्तानी सञ्जाल फोनपेले भारतीय नागरिकले क्यूआर स्क्यानबाटै नेपालमा भुक्तानी गर्नसक्ने व्यवस्था गरेको हो। यसका लागि यही फागुन ४ मा दुई देशका केन्द्रीय बैंकबीच क्रसबोर्डर पेमेन्ट अर्थात् अन्तर्सीमा भुक्तानीबारे शर्तनामापत्रमा हस्ताक्षर भएको थियो। योसँगै भारतको […]
लोसपाले केन्द्रीय समिति बैठक डाक्यो

सामाजिक फीड, काठमाडौँ, १६ फागुन । वरिष्ठ नेता राजेन्द्र महतोले पार्टी परित्याग गरेसँगै लोकतान्त्रिक समाजवादी पार्टीले केन्द्रीय समिति बैठक डाकेको छ । महोत्तरीको बर्दिबासमा फागुन २७ गतेदेखि २९ गतेसम्म केन्द्रीय समिति बैठक बस्ने लोसपाले जनाएको हो । पार्टीलाई सुदृढीकरण गर्दै संगठन विस्तारको कामलाई तीव्रता दिने उद्देश्यले यो बैठक बोलाइएको पार्टीले जनाएको छ । यसअघि संगठन […]
हत्या अभियोगमा मधेशका ५८ सहित ४०६ जना पक्राउ, १२३ जना अझै फरार

समाजिक फीड काठमाडौं, फागुन १६ गते । नेपाल प्रहरीले गत ६ महिनामा ४ सय ६ जनालाई हत्या अभियोगमा पक्राउ गरेको छ । चालु आर्थिक वर्षमा कर्तव्य ज्यान मुद्दा लागेका ५ सय २९ जनामध्ये ४ सय ६ जनालाई प्रहरीले पक्राउ गरेको हो । यद्दपी १२३ जना अझै फरार रहेको र उनीहरुको खोजीकार्य जारी रहेको प्रहरीले जनाको […]
सुन–चाँदीको भाउ घटयो , कतिमा हुदैछ कारोबार ?

सामाजिक फीडजनकपुरधाम , फागुन १६ गते । नेपाली बजारमा बुधबार सुन–चाँदीको भाउ घटे्को छ। मंगलबारको तुलनामा आज सुन प्रतितोला एक सय रुपैँयाले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १८ हजार दुई सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार छ सय ५० रूपैयाँमा कारोबार भइरहेको […]
मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

सामाजिक फीड, काठमाडौँ, १६ फागुन । सुनसरीमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मंगलबार साँझ सुनसरीको रामधुनी नगरपालिका-४ मानपुरमा प्रदेश १-०२-०४७ प २०४८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो । दुर्घटनामा चालक सोही नगरपालिका-९ का २४ वर्षीय करण चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । गम्भीर घाइते भएका उनको […]
राष्ट्रियसभा अध्यक्षमा उम्मेदवारी दिने माओवादीको निर्णय

सामाजिक फीड, काठमाडौँ, १६ फागुन । नेकपा माओवादी केन्द्रले राष्ट्रियसभा अध्यक्षमा उम्मेदवारी निर्णय गरेको छ । बुधबार सम्पन्न भएको स्थायी कमिटी बैठकले राष्ट्रियसभा अध्यक्षको निर्वाचनमा उम्मेदवारी दिने निर्णय गरेको हो । फागुन अन्तिम साता हुने राष्ट्रियसभाको चुनाव हुन लागेको छ । बैठकमा बोल्ने अधिकतर स्थायी कमिटी सदस्यले राष्ट्रियसभा अध्यक्षमा उम्मेदवारी दिनुपर्ने धारणा राखेका थिए । […]
बारा विष्फोटको घटनामा १५ किलो विष्फोटक पदार्थ प्रयोग भएको खुलासा, के थियो त्यो ?

समाजिक फीड जनकपुरधाम, फागुन १५ गते । तीनजनाको मृत्यु र तीन घाइते हुनेगरी बाराको निजगढमा सोमवार भएको विष्फोटमा प्रयोग भएको विष्फोटक पदार्थबारे प्रहरीले अनुसन्धान थालेको छ । सुरुमा प्रहरीले वर्कसपमा ग्यास सिलिन्डर विस्फोट भएको आशंका गरेपनि अनुसन्धान गर्दै जाँदा अर्को कुनै घातक विष्फोटक पदार्थ प्रयोग भएको निष्कर्षमा प्रहरी पुगेको हो । ‘हामीले पनि सुरुमा लेथ […]
गोकुल बाँस्कोटाले ७० करोड कमिसन मागेको प्रकरणमा अनुसन्धान जारी छ : अख्तियार प्रमुख राई

समाजिक फीड जनकपुरधाम, फागुन १५ गते । एमाले नेता गोकुल बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा ७० करोड कमिसनको मागेको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको प्रमुख आयुक्त प्रेमकुमार राईले बताएका छन् । उनले टेरामक्स अनुसन्धानको रिजल्ट पनि चाँडै आउने बताए । मंगलबार बसेको संसद्को सार्वजनिक लेखा समितिको बैठकमा प्रमुख आयुक्त प्रेमकुमार राईले सेक्युरिटी प्रिन्टिङ […]
विस्फोटमा परी ज्यान गुमाउनेको संख्या तीन पुग्यो

सामाजिक फीड, बारा, १५ फागुन । बाराको निजगढस्थित ग्यारेजमा भएको विस्फोटमा परी मृत्यु हुनेको संख्या तीन पुगेको छ । सोमबार निजगढ नगरपालिका–७ स्थित ग्यारेजमा भएको विस्फोटमा परी ग्यारेजका सञ्चालक ४५ वर्षीय रेशम मगर, भारतका ३५ वर्षीय राकेश जयसवाल र पर्सा वीरगन्जका २० वर्षीय रितु रजतको मृत्यु भएको हो । अन्य तीन जना घाइते छन् । घाइते […]
जिप र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

सामाजिक फीड, सर्लाही, १५ फागुन । सर्लाहीको कौडेनामा जिप र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । गएराति हुलाकी सडकअन्तर्गत काैडेना गाउँपालिका–३ मा एचआर ५९ ए ०१३१ नम्बरको जिप र बीआर ०६ सी वाइ ५०८६ नम्बरको मोटरसाइकल ठोक्किएका हुन् । मोटरसाइकलमा सवार रौतहट माधवनारायण–६ का २३ वर्षीय शियानन्दन महतो र सोही ठाउँका १९ वर्षीय […]