Samajik Feed – News Portal from Nepal

कांग्रेसनिकट मुस्लिम सङ्घको महाधिवेशन आइतबार हुने

काठमाडौँ, ६ असोज । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल मुस्लिम सङ्घको महाधिवेशन हुने भएको छ। मुस्लिम सङ्घको महाधिवेशन राष्ट्रिय सभागृहमा असोज ७ र ८ गते हुने संघका कार्यवाहक सभापति अताबुल मन्सुरले जानकारी दिएका छन् । अध्यक्षका लागि कार्यवाहक सभापति मन्सुर, महासचिव मुक्तार आलम, सलावत दिनमियाँ दाबेदारी रहेको छ । उनीहरू सबै सभापति देउवानिकट मानिन्छन् । […]

प्रधानमन्त्री प्रचण्ड आजदेखि चीन भ्रमणमा, चिनीया उपप्रधानमन्त्रीद्वारा स्वागत

सामाजिक फीड-जनकपुरधाम, असोज ६ गते । नेपालका प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्ड औपचारिक भ्रमणका लागि आज बिहान चीन पुगेका छन् । प्रधानमन्त्री प्रचण्डलाई चिनियाँ उपप्रधानमन्त्री हि ली फाङले हाङ्जाओ विमानस्थलमा स्वागत गरेका छन् । अमेरिका भ्रमण सकेर आजै बिहान प्रधानमन्त्री प्रचण्ड चीन पुगेका हुन् । प्रचण्डलाई स्वागत गर्ने हाङ्जाओ अर्थतन्त्र र वित्त हेर्ने उपप्रधानमन्त्री हुन् ।यसरी […]

सरकारसंग आन्दोलनरत्त शिक्षकको ६ बुँदे सहमति, आन्दोलन फिर्ता

सामाजिक फीड-जनकपुरधाम, असोज ५ गते । नेपाल सरकार र आन्दोलनरत नेपाल शिक्षक महासंघबीच ६ बुँदे सहमति भएको छ । शुक्रबार गृहमन्त्रालयमा भएको वार्तापछि तीन दिनदेखि जारी आन्दोलनरत शिक्षकहरूले आन्दोलन फिर्ता लिएका छन् । यसअघि शुक्रबार शिक्षा मन्त्रालयमा शिक्षा सचिव सुरेश अधिकारीसँग नेपाल शिक्षक महासंघका अध्यक्ष कमला तुलाधरको टोलीले वार्ता गरेको थियो। देशभरका शिक्षकहरू विद्यायल नै […]

देशैभरका शिक्षक काठमाडौंमा उत्रे सशक्त आन्दोलनमा

सामाजिक फीड-जनकपुरधाम, असोज ३ गते । देशभरका शिक्षक कर्मचारीहरू काठमाडौँमा केन्द्रित भएर आन्दोलन थालेका छन् विद्यालय शिक्षा विधेयकको विरोधमा उनीहरूले आजदेखि काठमाडौँमा भेला भएर सडक आन्दोलन सुरु गरेका हुन् । ७७ वटै जिल्लाबाट राहत, करार, बाल विकास, स्थायी लगायतका शिक्षक कर्मचारी काठमाडौँ पुगेका छन् । नेपाल शिक्षक महासङ्घको आह्वानमा उनीहरू विधेयकमा १८ बुँदे असहमति राख्दै […]

संविधान दिवसमा टिकापुर घटनाका चारजना आरोपी रिहा हुँदै

सामाजिक फीड-जनकपुरधाम, असोज ३ गते । टिकापुरमा २०७२ भदौ ७ गते  घटनामा संलग्न भएको आरोपमा कैलाली जिल्ला कारागारमा रहेका तीन सहित चारजना आज रिहा हुँदैछन्। राष्ट्रपति रामचन्द्र पौडेलबाट संविधान दिवसको अवसरमा फौजदारी कसुर ९सजाय निर्धारण तथा कार्यान्वयन० ऐन २०७४ अनुसार बाँकी कैद माफी गरिएपछि कैलाली कारागारमा रहेका टीकापुर घटना ३ जना र पोखरा सुधार गृहमा […]

आज हरितालिका तीज मनाइँदै

जनकपुरधाम, असोज १ गते । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँदैछ।  भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ।    सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने वरदान पाएको […]

सरकार र चिकित्सकहरूबीच सहमति, आन्दोलन फिर्ता

सामाजिक फीड काठमाडौँ, भदौ ३१ गते। सरकार र नेपाल चिकित्सक संघबीच सहमति भएपछि आन्दोलन फिर्ता भएको छ । आइतबार साँझ सरकारसँग ६ बुँदे सहमति भएपछि चिकित्सकहरूले आन्दोलनका कार्यक्रम फिर्ता लिएका हुन् । सहमतिअनुसार हेटाैँडाको सञ्चो अस्पतालमा डाक्टरमाथि कुटपिट गर्ने अभियोगमा पक्राउ परेका ४ जना र पक्राउ पुर्जी जारी भएका अन्य ५ जनालाई पक्राउ गरी स्वास्थ्यकर्मी […]

कुटपिट गर्नेलाई कारबाहीको माग गर्दै देशभरका डाक्टर आन्दोलनमा

सामाजिक फीड-जनकपुरधाम, भदौ ३१ गते । चिकित्सकमाथि कुटपिट गर्नेलाई कारबाहीको माग गर्दै नेपाल चिकित्सक संघले देशभरका स्वास्थ्य संस्थाहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द गरेको छ ।आज देशभरको स्वास्थ्य संस्थामा चिकित्सक संघको आह्वानमा ओपीडी सेवा बन्द गरिएको हो । गत बुधबार हेटौंडाको सन्चो अस्पतालमा कार्यरत डा. विकास थापा र डा.प्रशान्त विडारीमाथि बिरामीका आफन्तहरूबाट भएको कुटपिटको घटनामा […]

काठमाडौंमा एकै परिवारका तीनसहित चारजनाको हत्या

सामाजिक फीड-जनकपुरधाम, भदौ ३० गते । काठमाडौंको तीनकुने स्थित दिव्य सःमिलमा चारजनाको हत्या भएको छ । राति धारिलो हतियार प्रहार गरी एकैपरिवारका तीनसहित चारजनाको हत्या भएको हो । हत्या हुनेहरूमा हत्या हुनेहरूमा दोलखा घर भएका करिब ५५ वर्षीय कुमार भुजेल, उनकी श्रीमती शुभद्र वाइवा र कुमारकी आमा करिब ७० वर्षीया सुमित्रा भुजेल र मोरङ घर […]

जनकपुरधाम : ठेकेदारले आफ्नो छतमा ढक्कन थन्क्याए, खुल्ला नालामा रोहन अस्ताए

सामाजिक फीड-जनकपुरधाम, भदौ २९ गते । नालामा खसेर मत्यु भएका बालक दुई वर्षीय रोहन मुखियाको घटना ठेकेदार र सरकारको चरम लापरबाहीले भएको खुलेको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नं. २५ लोहनामा शुक्रबार बिहान स्थानीय रञ्जित मुखियाका छोरा रोहनको पीसीसी ढलान भएको सडकमा नछोपिएको नालमा मृत्यु भएको थियो । सो घटना सरकारी संयन्त्र, उपभोक्ता समिति, जनप्रतिनिधिको […]