हमासको आक्रमणमा इजरायलमा मारिएका धनुषाका आनन्द साहको शव पहिचान

सामाजिक फीड-जनकपुरधाम, कार्तिक १३ गते । हमासको आक्रमणमा दक्षिणी इजरायलमा मारिएका धनुषाका आनन्दसाहसहित दुई नेपालीको शव पहिचान भएको छ । धनुषाको लक्ष्मीनिया गाउँपालिका ६ सपहीका आनन्द साह र मधुवन–१ सुनसरीका राजेशकुमार स्वर्णकारको शव पहिचान भएको हो । दुबैजनाको शव पहिचान हुन हुन बाँकी थियो । दुबैको शव पहिचान भएको तेल अबिबस्थित नेपाली दूताबासले जनाएको छ […]
भ्रमणका लागि संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेस नेपाल आइपुगे

सामाजिक फीड-जनकपुरधाम, कार्तिक १२ गते । नेपालको चारदिने औपचारिक भ्रमणका लागि संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस गए राति काठमाडौं आइपुगेका छन् ।आज उनले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्दैछन्। राष्ट्रपति पौडेलसँग राष्ट्रपति कार्यालय र प्रधानमन्त्री प्रचण्डसँग सिंहदरबारमा उनले शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। परराष्ट्र मन्त्रालयका अनुसार आजै […]
आज खण्डग्रास चन्द्रग्रहण लाग्दै

सामाजिक फीड-जनकपुरधाम, कार्तिक ११ गते । आज खण्डग्रास चन्द्रग्रहण लाग्ने भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार राति १ः१९ बजे स्पर्श हुने चन्द्रग्रहण राति २ः३८ मिनेटमा समाप्त हुने छ । ग्रहणका बेलामा नित्य र नैमित्तिक कर्म गर्नु हुन्छ । विशेष कामना राखेर गरिने कर्म भने गर्नुहुँदैन । आश्विन शुक्ल चतुर्दशीदेखि कार्तिक कृष्ण प्रतिपदासम्म […]
महोत्तरीमा छुरा प्रहार गरी एक युवकको हत्या, दुईजना पक्राउ

सामाजिक फीड-जनकपुरधाम, कार्तिक १० गते । महोत्तरीमा छुरा प्रहरा गरी एक युवकको हत्या भएको छ । महोत्तरीको पिपरा गाउँपालिका ५ हर्दियाटोलका राजनारायण पासवानको छोरा १९ वर्षीय आशिक पासवानको हत्या भएको हो ।हत्या भएको अवस्थामा आशिकको शव बिहीबार साझ स्थानीय जगदिश शाहको खेतमा फेला परेको थियो ।युवकको दुर्गा मेलामा भएको विवादको निहुमा स्थानीय दुई युवकले मिलेर […]
रावण बधसँगै जनकपुरमा सकियो दसैंको तामझाम

सामाजिक फीड-जनकपुरधाम, कार्तिक ८ गते । जनकपुरधाममा रावण बधसँगै दसैंको तामझाम सकिएको छ । विजयादशमीको अवसरमा दशमीको दिन मंगलबार साँझ रावण बध र लंकादहन गरिएको हो । जनकपुरको गंगासागर र धनुष सागरको बीचमा रावणको प्रतिमा निर्माण गरी रावणलाई ‘बध’ गरिएको हो । यो संगै घटस्थापनादेखी जनकपुरधाममा सुरु दसैं मेला सकिएको छ । जनकपुरधाममा दसैंमा यहाँका […]
आज नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी महानवमी मनाइँदै

सामाजिक फीड-जनकपुृरधाम, कार्तिक ६ गते । बडा दसैंको नवौं दिन आज महानवमी मनाइँदै छ । महानवमीमा नवदुर्गा भगवतीको विशेष पूजा गरी गरिन्छ । महानवमीका दिनमा गरिने दुर्गा पूजालगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ । दशैंघर र कोतलगायत विभिन्न देवी मन्दिर र शक्तिपीठमा बलिसहित विशेष पूजा तथा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत […]
आज महाअष्टमी मनाइँदै, शक्तिपीठरुमा भक्तजनको भीड

सामाजिक फीड-जनकपुरधाम,कार्तिक ५ गते । नवरात्रको आठौं दिन आज महाअष्टमी पर्व दुर्गा भवानीको विशेष पूजाआराधना गरी भव्यरूपमा मनाउँदै छ । आजको दिन शास्त्रसम्मतरूपमा दशैं घर, कोतलगायत राज्यका विभिन्न शक्तिपीठमा पशु बलि दिई दुर्गा भवानीको विशेष पूजा गरिन्छ । साथै दुर्गा सप्तशती, देवी भागवत र देवी स्तोत्र पाठ गरिन्छ । जनकपुरधामको राजदेवी, बौधीमाई, पीडरियामाई लगायतका पूजाआजा […]
नवरात्रको सातौं दिन आज फूलपाती भित्र्याइँदै

सामाजिक फीड-जनकपुरधाम, कार्तिक ४ गते । नवरात्राको सातौं दिन आज पूजाघरमा फूलपाती भित्र्याइँदै छ । आज घर–घरमा शास्त्रीय विधिअनुसार शुभसाइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँने गरिन्छ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दसैँघर अथवा पूजा कोठामा शुभसाइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष […]
नवरात्रको छैटौँ दिन आज कात्यायनी देवीको पूजा आराधना गरिँदै

रासस-जनकपुरधाम, कार्तिक ३ गते । दुर्गा पक्ष अर्थात् नवरात्रको छैटौँ दिन दसैघर वा पूजा कोठामा नौ दुर्गामध्येकी छैटौँ कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल षष्ठी अर्थात् दुर्गा पक्षको छैटौँ दिन कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ । यही परम्परा अनुसार आज घटस्थापना गरेको स्थलमा षोडशोपचारले […]
नवरात्रको पाँचौं दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै

सामाजिक फीड-जनकपुरधाम, कार्तिक २ गते । नवरात्रको पाँचौं दिन आज दशैं घर तथा पूजा कोठामा नौ दुर्गामध्येकी पाँचौं स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल पञ्चमी अर्थात् दुर्गा पक्षको पाँचौं दिन स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गर्ने परम्परा छ । नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत लगायत देवी […]