Samajik Feed – News Portal from Nepal

आरती साहका परिवारजन तथा अभियानीहरू पक्राउ

ललितपुर, १७ पुष । आरती साहका परिवारजन तथा अभियानीहरूलाई पक्राउ गरिएको छ । मंगलबार आरती साहका लागि न्याय माग्दै ललितपुरस्थित मानवअधिकार आयोग अगाडि प्रदर्शन गरेका उनीहरूलाई पक्राउ गरिएको हो । प्रहरीले आरती साहका बुवा विनोद साह, भाइ प्रेम साह, अभियानकर्मी अनिता यादव, जस्मिन ओझा, विनु यादव र दीपक गुप्तालाई पक्राउ गरेको छ । उनीहरूलाई जिल्ला […]

रौतहटमा ट्यांकरले अटोलाई ठक्कर, दुई जनाको मृत्यु

रौतहट, १७ पुष । रौतहटमा गएराति तेल बोक्ने ट्यांकरले अटो गाडीलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ। अन्य ६ जना घाइते भएका छन् । चन्द्रनिगाहपुरस्थित चिडिया दहचोकमा ज. १ झ ४४८५ नम्बरको ट्यांकरले प्रदेश २-०३-००१ ख १९२७ नम्बरको अटो गाडीलाई ठक्कर दिएको हो । दुर्घटनामा ४० वर्षीया पिंकु सिंह र २० वर्षीय अब्देश रामको […]

बालकुमारी घटनामा मृत्यु भएका शाह र राउतलाई सरकारले सहिद घोषणा गर्ने

सामाजिक फीड-जनकपुरधाम, पुस १६ गते । मंसिर १३ गते बालकुमारीमा प्रहरीको बलप्रयोगबाट मृत्यु भएका अछामका वीरेन्द्र शाह र दैलेखका सुजन राउतलाई सरकारले सहिद घोषणा गर्ने भएको छ । मृतकका परिवार र सरकारबिच भएको ४ बुँदे सहमतिमा दुई जनालाई सहिद घोषणा गर्ने सहमति भएको हो । सहमितको तेश्रो नम्बर बुँदामा सरकारले मृतकलाई सहिद घोषणा गर्ने उल्लेख […]

जनमत पार्टीका अध्यक्ष डा. राउतसहित सबै रिहा

काठमाडाैँ, १६ पुष । निषेधित क्षेत्र तोडेको भन्दै प्रहरीले पक्राउ गरेका जनमत पार्टीका अध्यक्ष डा. सीके राउतसहित नेता–कार्यकर्ता रिहा भएका छन् । सोमबार धोती दिवस मनाउन माइतीघर मण्डलमा भेला भएका उनीहरूलाई केही घण्टा हिरासतमा राखी रिहा गरिएको हो । जनमतका अध्यक्ष राउत, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवीलगायत ६३ जना पक्राउ परेका थिए । […]

गगन थापाको आग्रह– माइतीघरमा लगाइएको निषेधित क्षेत्र तत्काल हटाउनुस्

काठमाडौँ, १६ पुस । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले माइतीघर मण्डलमा लगाइएको निषेधित क्षेत्र तत्काल हटाउन माग गरेका छन् । सोमबार संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा महामन्त्री थापाले यस्तो माग राखेका हुन् । धोती जुलुसका क्रममा केही व्यक्ति पक्राउ परेको भन्दै उनले निषधित क्षेत्र घोषणाका कारण बल प्रयोग भएकाले माइतीघरको निषेधित क्षेत्र हटाउनुपर्ने […]

धोती दिवस मनाउने क्रममा जनमतका अध्यक्ष डा. राउतसहित पक्राउ

काठमाडौँ, १६ पुस । धोती दिवस मनाउने क्रममा जनमत पार्टीका अध्यक्ष डा. सीके राउतसहित नेता तथा कार्यकर्ताहरूलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले माइतीघर मण्डलाबाट राउतसहित ५१ जनालाई पक्राउ गरेको हो । ब्यानरसहित उनीहरू धोती दिवस मनाउन माइतीघर मण्डला पुगेका थिए । स्थानीय प्रशासनले माइतीघरदेखि नयाँबानेश्वरसम्म निषेधित क्षेत्र घोषणा गरेको छ । निषेधित क्षेत्रमा प्रदर्शन […]

आजबाट अंग्रेजी नयाँ वर्ष सन् २०२४ शुरु

सामाजिक फीड-जनकपुरधाम, पुस १६ गते । आजदेखि अंग्रेजी नव वर्ष सन् २०२४ शुरु भएको छ । इस्वी संवतको नव वर्ष २०२४ सुरु भएको अवसरमा नेपालीसहित विश्वभरका मानिसहरुले आपसमा शुभकामना आदान प्रदान गर्दै मनाइरहेका छन् । ग्रेगोरियन पात्रोअनुसार सन् २०२३ को विदाइ र नयाँ वर्ष सन् २०२४ को स्वागतमा विश्वभर विभिन्न कार्यक्रमहरु आयोजना भइरहेका छन् । […]

समुदायमा कांग्रेस अभियान माघ ७ गतेबाट सञ्चालन

काठमाडौँ, १५ पुस । नेपाली कांग्रेसले ‘समुदायमा कांग्रेस अभियान’ माघ ७ गतेबाट सञ्चालन गर्ने भएको छ । एक महिनासम्म चल्ने भनिएको यो अभियान सयअघि पुष १६ बाट गर्ने भनिएको थियो । तर, बिहीबारदेखि शनिबारसम्म बसेको कांग्रेस केन्द्रीय समिति बैठकले ७ देखि २२ माघसम्म अभियान सञ्चालन गर्ने निर्णय भएको कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी […]

राष्ट्रियसभा चुनावमा गठबन्धन गर्ने कांग्रेसको निर्णय

काठमाडौँ, १५ पुष । नेपाली कांग्रेसले राष्ट्रियसभा निर्वाचनमा गठबन्धन गरेर अघि बढ्ने निर्णय गरेको छ । पार्टी कार्यालय सानेपामा शनिबार भएको केन्द्रीय समिति बैठकले राष्ट्रियसभा निर्वाचनमा गठबन्धन गर्ने निर्णय गरेको हो । आइतबार पार्टी कार्यालयमा भएको पत्रकार सम्मेलनमा कांग्रेस प्रचार विभाग प्रमुख मिन विश्वकर्माले राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धन गरेर जाने निर्णय भएको जानकारी दिएका हुन् […]

काठमाडौंबाट एकजनाको अपहरण आरोपमा चार जना पक्राउ

सामाजिक फीड जनकपुरधाम, पुस १५गते । काठमाडौँको चाबहिलबाट रसुवा घर भएका एकजना पुरुषलाई अपहरण गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । मङ्सिर १० मा भएको भनिएको अपहरण प्रकरण पीडितले प्रहरीलाई खबर गरेपछि मात्रै बाहिरिएको हो ।रसुवा घर भएका हिस्सीछायाँ तामाङ अपहरणमा परेका हुन् । उनले आफूलाई अपहरण गरेर बौद्ध हुँदै जङ्गलमा लगेर फिरौती […]