Samajik Feed – News Portal from Nepal

सप्तरीमा घुर ताप्ने क्रममा जलेर एक महिलाको मृत्यु

सप्तरी, २८ पुष । सप्तरीको तिरहुत गाउँपालिकामा आगोमा ताप्ने क्रममा जलेर एक महिलाको मृत्यु भएको छ । शनिबार तिरहुत गाउँपालिका-५ मुसहरी टोलकी ३५ वर्षीया सोनिलादेवी सदाको जलेर मृत्यु भएको हो । घर अगाडि बालेको घुर ताप्ने क्रममा कपडामा आगो सल्किएर गम्भीर घाइते भएकी उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उनको गजेन्द्रनारायण सिंह अस्पतालमा […]

जनकपुरधाममा विद्यालयस्तरीय वत्तृत्वकला प्रतियोगिता सम्पन्न

जनकपुरधाम, २८ पुष । जनकपुरधाममा विद्यालयस्तरीय वत्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । शनिबार श्री महावीर युवा कमिटीको ३३ औँ वार्षिकोत्सव समारोहको अवसरमा भएको वत्तृत्वकला प्रतियोगितामा संकट मोचन विद्यालयकी सिम्रन पूर्वे प्रथम भएकी हुन् । उनले पाँच हजार एक सय रुपैयाँ नगद पुरस्कार पनि पाएकी छिन् । त्यस्तै, याज्ञवल्क्य ज्ञानकुप विद्यालयकी डेजी मिश्र द्वितीय र मोनास्टिक […]

काठमाडाैँको चन्द्रागिरिमा जिप दुर्घटना, पाँच जनाको मृत्यु

काठमाडौँ, २८ पुस । काठमाडाैँको चन्द्रागिरिमा जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । शनिबार दिउँसाे चन्द्रागिरि नगरपालिका-४ पानीघाटनजिक हिमचुली सेतोपहरामा प्र. ३-०१-२३ च ६९८५ नम्बरको जिप दुर्घटना भएको हो । दुर्घटनामा काठमाडौँ मैतिदेवीका ६७ वर्षीय ओमकार निधि तिवारी, ६४ वर्षीया कल्पना तिवारी, काठमाडौँ लाजिम्पाटका डा. महेशकुमार गौतम, ४ वर्षीय प्रियान्स गौतम र ६ […]

बझाङमा ४.४ म्याग्निच्यूडको भूकम्प

काठमाडौँ, २८ पुष । बझाङमा गएराति पुनः भूकम्प गएको छ । भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार शुक्रबार राति ११ः३२ मा छविसपाथिभेरा गाउँपालिकाको पतालचौर आसपास केन्द्र भएर ४.४ म्याग्निच्यूडको भूकम्प गएको हो । बझाङमा गत असोज १६ गतेको शक्तिशाली भूकम्पपछि लगातार परकम्प गइरहेको छ । samajik_feedsamajikfeed.com

दाङको राप्ती नदीमा बस खस्यो, १२ जनाको मृत्यु

दाङ, २८ पुष । दाङको भालुवाङस्थित राप्ती नदीमा बस खस्दा १२ जनाको मृत्यु भएको छ । गएराति नेपालगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको भे. १ ख ३९१२ नम्बरको बस राप्ती गाउँपालिका–१ स्थित राप्ती पुलबाट तल खसेको हो । दुर्घटनामा १२ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी जनकबहादुर मल्ल जानकारी दिएका छन् । मृतकमध्ये २ भारतीय […]

जसपाको महाधिवेशन जेठ २८ मा हुने

काठमाडौँ, २७ पुस । जनता समाजवादी पार्टीको महाधिवेशन जेठ २८ मा सुरु हुने भएको छ । शुक्रबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले जेठ २८, २९ र ३० गते धनुषामा पार्टीको महाधिवेशन गर्ने निर्णय गरेको हो । जसपाले माघ ३ गते मधेश दिवस र ५ गते बलिदान दिवस मनाउने निर्णयसमेत गरेको छ । दुई दिनसम्म चलेको राजनीतिक […]

आज फेरि बढ्यो सुनको मूल्य, तोलाको १ लाख १८ हजार ६ सयसम्म पुग्यो भाउ

समाजिक फीड जनकपुरधाम, पुस २७ गते । सुनको मूल्यमा फेरि वृद्धि भएको छ । चाँदीको मूल्य भने घटेको छ। पुस १८ गतेदेखि घट्न थालेको सुनको मूल्य शुक्रबार तोलामा तीन सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। शुक्रबार छापावाल सुनको प्रतितोला मूल्य १ लाख १८ हजार ६ सय र तेजावी सुनको मूल्य १ लाख […]

श्रीमती पछि हटेपछि रेशम चौधरी निर्विरोध बने नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष

समाजिक फीड कैलाली, पुस २७ गते । रेशम चौधरी नागरिक उन्मुक्ति पार्टी (नाउपा) को अध्यक्षमा निर्विरोध चयन भएका छन्। कैलालीको टीकापुरमा जारी पार्टीको महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि भएको निर्वाचन प्रक्रियाका क्रममा अध्यक्षका लागि उनको मात्रै उम्मेदवारी परेपछि रेशम निर्विरोध चुनिएका हुन् । अध्यक्षका लागि रेशमपत्नी रञ्जिता श्रेष्ठ पनि दौडमा थिइन्। तर वर्तमान अध्यक्ष रञ्जिताले निर्धारित […]

जसपाको केन्द्रीय समिति बैठक सुरु

काठमाडौँ, २७ पुष । जनता समाजवादी पार्टीको केन्द्रीय समितिको बैठक सुरु भएको छ । बैठकमा सरकारमा आफ्नो दलबाट सहभागी मन्त्रीको कामकाजको साथै सरकारको समग्र समीक्षा हुने बताइएको छ । पार्टीका वरिष्ठ नेता राजेन्द्र श्रेष्ठले हिजो सम्पन्न राजनीतिक समितिमा प्रस्तुत भएको राजनीतिक तथा साङ्गठनिक प्रतिवेदनको बारेमा केन्द्रीय समितिमा पनि छलफल हुने बताइएको छ । सो प्रतिवेदन […]

नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशम चौधरी निर्वाचित

कैलाली, २७ पुष । नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशम चौधरी सर्वसम्मत निर्वाचित भएका छन् । कैलालीको टीकापुरमा शुक्रबार भएको पार्टीको पहिलो महाधिवेशनले चौधरीलाई अध्यक्षमा चयन गरेको हो । यद्यपी निर्वाचन समितिले औपचारिक घोषणा गर्न बाँकी छ। अध्यक्षमा चौधरीको मात्रै उम्मेदवारी परेको थियो । त्यस्तै वरिष्ठ उपाध्यक्षमा दामोदर पण्डित निर्विरोध निर्वाचित भएका छन् भने कोषाध्यक्षमा टीकालक्ष्मी […]