Samajik Feed – News Portal from Nepal

नश्लीय व्यवहारप्रति प्रहरीलाई संवेदनशील बनाउन आईजीपीलाई मधेशी आयोगको निर्देशन

काठमाडाैँ, १० माघ । मधेशी आयोगका अध्यक्ष डा. विजयकुमार दत्तले नश्लीय व्यवहारप्रति प्रहरीलाई संवेदनशील बनाउन प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरलाई निर्देशन दिएका छन् । आयोगको कार्यालयमा बुधबार अध्यक्ष डा. दत्त र प्रहरी महानिरीक्षक कुँवरबीच भएको भेटमा अध्यक्ष डा. दत्तले यस्तो निर्देशन दिएका हुन् । उनले मधेशीलाई गाली गलौज, अपमानजनक शब्द प्रयोग गर्ने, नश्लीय व्यवहार गर्ने व्यक्ति […]

टेलिकमका पूर्वप्रबन्ध निर्देशक पौडेलसहित दुई जना पक्राउ

काठमाडौँ, १० माघ । नेपाल टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेल र सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक विकल पौडेल पक्राउ परेका छन् । भ्रष्टाचारको मुद्दामा अनुसन्धानको सिलसिलामा बयानका लागि बोलाउँदा उपस्थित नभएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूलाई पक्राउ गरेको हो । दुवै जनामाथि गैरकानूनी सम्पत्तिआर्जनको उजुरीसमेत परेको थियो । अख्तियारले दुवै जनालाई भोलि विशेष अदालतमा उपस्थित […]

याैन व्यवसायमा लगाइएका दुई नाबालिकाको उद्धार

काठमाडौँ, १० माघ । काठमाडाैँका गेष्टहाउसबाट दुई नाबालिकालाई प्रहरीले उद्धार गरेको छ । जडिबुटीस्थित टिमुरे क्याफे र चरिकोट गेष्टहाउसमा विभिन्न प्रलोभनमा पारेर यौन व्यवसायमा लगाइएका दुई बालिकाको मानव बेचबिखन अनुसन्धान ब्युरोले उद्धार गरेको हो । नाबालिकालाई यौन व्यवसायमा लगाएको आरोपमा क्याफे र गेष्टहाउस सञ्चालक धनकुटा घर भई काठमाडौँको जडिबुटी बस्ने ३६ वर्षीया आशा लामा भन्ने […]

एनसेलको बिक्री सेयर दर्ता नगर्न दिइएको अन्तरिम आदेशको निरन्तरता

ललितपुर, ९ माघ । पाटन उच्च अदालतले एनसेलको खरिद बिक्री भएको सेयर दर्ता नगर्नू/नगराउनू भनी जारी गरेको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको छ । सोमबार उच्च अदालतका न्यायाधीशहरू शालिग्राम कोइराला र श्यामकुमार भट्टराईको इजलासले एनसेलका बिक्री भएका शेयर दर्ता किताबमा दर्ता नगर्नू/नगराउनू भनी कम्पनी रजिष्ट्रार कार्यालयलाई दिएको आदेशलाई निरन्तरता दिन अन्तरिम आदेश जारी गरेको हो […]

संघीय संसद् अधिवेशन आह्वान गर्न सरकारको सिफारिस

काठमाडाैँ, ९ माघ । सरकारले संघीय संसदको हिउँदे अधिवेशन आह्वानको सिफारिस गरेको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले हिउँदे अधिवेशन माघ २२ गते आह्वान गर्नसरकारले संघीय संसदको हिउँदे अधिवेशन आह्वानको सिफारिस गरेको छ रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । सरकारकी प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले माघ २२ गते प्रतिनिधि र […]

भिजिट भिसामा विदेश जान लागेका ८४ जनालाई विमानस्थलबाटै फर्काइयो

काठमाडाैँ, ७ माघ । भिजिट भिसामा विदेश जान लागेका ८४ जनालाई त्रिभुवन विमानस्थलबाटै फिर्ता गरिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले पछिल्लो २४ घण्टामा कतार, दुबई र बहराइन जान लागेका ८४ जनालाई फिर्ता पठाइदिएको हो । उनीहरूका भिजिटको उद्देश्य पूरा नभएका र कागजात नपुगेकाले विदेश जानबाट रोक लगाइएको अध्यागमन कार्यालयका प्रमुख प्रमुख गोगनबहादुर हमालले […]

दुई करोड २० लाख भ्रष्टाचार गरेको आरोप लागेका मधेशका यी सहायक सिडियोले पाए सफाइ

समाजिक फीड जनकपुरधाम, माघ ९ गते । दुई करोडभन्दा बढी रुपैयाँ भ्रष्टाचार गरेको अभियोग लागेका बाराका तत्कालीन सहायक प्रमुख जिल्ला अधिकारी सफाइ पाएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई वटा फरकफरक भ्रष्टाचारको मुद्दा लगाएका बाराका तत्काली सहायक सिडियो शिवराज सेढाइले सफाइ पाएका हुन् । सेढाईले बाराको जितपुर सिमरा उपमहानरपालिको प्रमुख प्रशासकीय अधिकृत भएको बेला […]

एमालेले प्रधानमन्त्री दाहाललाई बुझायो ७ सय ५१ बुँदे ज्ञापन पत्र

काठमाडौँ, ९ माघ । नेकपा एमालेले विभिन्न क्षेत्रसँग सम्बन्धित मागसहित ७ सय ५१ बुँदे ज्ञापन पत्र सरकारलाई बुझाएको छ । नेकपा एमालेका अध्यक्ष केपीशर्मा ‌ओलीले मंगलबार बालुवाटारमा जनताका मागहरू भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाललाई ध्यानाकर्षण पत्र बुझाएका हुन् । गत मंसिर १४ गतेदेखि पुस १ गतेसम्म झुलाघाटदेखि चिवाभञ्ज्याङसम्मको संकल्प यात्राका क्रममा स्थानीयहरूले उठान गरेका विषय, एमालेको […]

अगामी चैत १५ देखि २७ गतेसम्म एसईई परिक्षा हुने, यस्तो छ परिक्षा तालिका

समाजिक फीड जनकपुरधाम, माघ ८ गते । अगामी चैत १५ गतेदेखि माध्यमिक शिक्षा परीक्षा (एसईई) परिक्षा संचालन हुने भएको छ । माध्यमिक शिक्षा परिक्षा बोर्डको बैठकले चैत २७ गतेसम्म परिक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । परीक्षा समय बिहान ८ बजेदेखि ११ बजेसम्म तोकिएको छ। बोर्डले परीक्षा तालिकासमेत प्रकाशित गरिसकेको छ। परीक्षाका लागि चार लाख […]

काठमाडौंमा आज यसवर्षकै सबैभन्दा धेरै जाडो, तापक्रम ३.२ डिग्री सेल्सियस झर्यो

समाजिक फीड काठमाडौं, माघ ८ गते । काठमाडौंमा यस वर्षकै कम तापक्रम रेकर्ड गरिएको छ । सोमवार विहान ३.२ डिग्री सेल्सियस तापक्र रेकर्ड गरिएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सोमबार न्यूनतम तापक्रम ०.२ डिग्रीले झरेको हो। यसअघि गएको डिसेम्बर ५ तारिखमा न्यूनतम तापक्रम ३.५डिग्री रेकर्ड गरिएको थियो। उक्त रेकर्ड […]