Samajik Feed – News Portal from Nepal

राष्ट्रियसभा अध्यक्षमा कांग्रेसबाट शर्मा र माओवादीबाट दाहालको उम्मेदवारी, को कसको साथमा ?

समाजिक फीड जनकपुरधाम, फागुन २८ गते । राष्ट्रियसभा अध्यक्षमा नेपाली कांग्रेसका सांसद युवराज शर्मा र नेकपा माओवादीका नारायण दाहालले उम्मेदवारी दर्ता गरेका छन्। सोमबार बिहान संघीय संसद भवन नयाँ बानेश्वरमा शर्माले उम्मेदवारी दर्ता गरेका हुन्। कांग्रेस सांसद आनन्दप्रसाद ढुंगाना शर्माको प्रस्तावक हुन भने कांग्रेसकै सांसद किरणबाबु श्रेष्ठ समर्थक छन्। कांग्रेसलाई राष्ट्रिय सभामा लोकतान्त्रिक समाजवादी पार्टीले […]

मिथिला मध्यमा परिक्रमा आज कल्ना पुग्दै

सामाजिक फीड-जनकपुरधाम, फागुन २८ गते । मिथिला मध्यमा परिक्रमा आज दोश्रो जनकपुरको हनुमान नगरबाट भारत बिहारको कल्ना प्रस्थान गरेको छ । आइतबार बिहान मिथिला बिहारी नगरपालिकाको कचुरि स्थित मिथिला बिहारी मन्दिरबाट सुरु भएको परिक्रमा राति हनुमाननगरमा बिश्राम गरेको थियो । आज बिहानैदेखि परिक्रमा यात्री भारत बिहारको कल्नाको लागि प्रस्थान गरेका हुन् । साधु सन्त, किशोरी […]

जनमत, जनता प्रगतिशील र तमलोपाबीच सहकार्य

सामाजिक फीड, काठमाडाैँ, २७ फागुन । जनमत पार्टी, जनता प्रगतिशील पार्टी र तमलोपा सहकार्य गरी अघि बढ्ने भएका छन् । आइतबार डा‍. सीके राउत नेतृत्वको जनमत पार्टी, हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी र वृशेषचन्द्र लाल नेतृत्वको तमलोपा सहकार्य गरी अघि बढ्ने निणर्य गरेका हुन् । देश र जनताको हितका लागि भन्दै उनीहरूले सातबुँदे प्राथमिकताहरू […]

उपेन्द्र यादवलाई उपप्रधानमन्त्री बनाइएको भन्दै आपत्ति

सामाजिक फीड, काठमाडौँ, २७ फागुन । गौर हत्याकाण्ड पीडित संघर्ष समितिले जसपाका अध्यक्ष उपेन्द्र यादवलाई उपप्रधान एवम् स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री बनाइएको भन्दै आपत्ति जनाएको छ । समितिको संयोजक रूपसागर उपाध्यायले आइतबार विज्ञप्ति जारी गर्दै आपत्ति जनाएका हुन् । उनले विज्ञप्तिमा भनेका छन्, ‘नेपाल सरकारले हामी पीडितसँग गरेको लिखित सम्झौता एवं प्रतिबद्धता विपरित उल्टै मुख्य […]

उपप्रधानमन्त्रीको अन्तिम वरियतामा यादव

सामाजिक फीड, काठमाडौँ, २७ फागुन । आइतबार उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री बनेका उपेन्द्र यादव वरियताको पुछारमा रहेका छन् । यादव मन्त्रिपरिषद्मा पाचौँ वरियतामा छन् । पहिलोमा प्रधानमन्त्री रहेका छन् । चार उपप्रधानमन्त्रीमध्ये पहिलोमा एमालेका रघुवीर महासेठ, दोस्रोमा माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ, तेस्रोमा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने र अन्तिममा यादव छन् । त्यस्तै २२ […]

राप्रपा नेता श्रेष्ठमाथि पार्टी कार्यालयमै कुटपिट

सामाजिक फीड, काठमाडौँ, २७ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता ठाकुरमोहन श्रेष्ठमाथि पार्टी केन्द्रीय कार्यालयमै कुटपिट भएको छ । आइतबार धुम्बाराहीस्थित पार्टीको केन्द्रीय कार्यालयमा भएको कार्यासम्पादन समितिको बैठकबाट बहिरिँदै गर्दा उनीमाथि कुटपिट भएको हो । कुटपिटको भिडियो सार्वजनिकसमेत भएको छ । कुटपिट घटनाको कारण खुल्न बाँकी रहेको छ । कुटपिटमा परेका श्रेष्ठ एपीएफका […]

मिथिला माध्यमा परिक्रमा शुरु

सामाजिक फीड-जनकपुरधाम , फागुन २७ गते । मिथिलाञ्चलको महाकुम्भ भनिने धार्मिक तथा ऐतिहासिक महत्वको  १५ दिने मिथिला माध्यमिकी परिक्रमा  शुरु भएको छ । आजको दिन धनुषाको मिथिला विहारी नगरपालिका ८ कचुरी स्थित मिथिला विहारी मन्दिरबाट झाकी किर्तनसहित रामजानकीको डोला जनकपुरधामको रत्नसाग मठ हुदै जानकी मन्दिर ल्याउने गरिन्छ । र यहाँबाट जानकीको डोला र जनकपुरका  अन्य […]

सप्तरीमा एक जना मृत फेला

सामाजिक फीड, सप्तरी, २६ फागुन । सप्तरीको तिलाठी कोइलाडीमा मोटरसाइकलसहित एक जनाको शव फेला परेको छ । शनिबार तिलाठी कोइलाडी गाउँपालिका–१ स्थित पुलमुनि राजविराज नगरपालिका–१६ का राजेशकुमार यादव मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको हो । शवसँगै मोटरसाइकल पनि भेटिएकाले दुर्घनामा परेर मृत्यु भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । शव राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल […]

कास्कीमा भूकम्पको धक्का महसुस

सामाजिक फीड, कास्की, २६ फागुन । कास्कीमा भूकम्पको धक्का महसुस गरिएको छ । शनिबार बिहान कास्कीको पर्चे आसपास केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो । बिहान ७ः३० बजे ४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । samajik_feedsamajikfeed.com

आगलागीमा परी एक बालकको मृत्यु

सामाजिक फीड, तनहुँ, २५ फागुन । तनहुँको दाउन्नेमा भएको आगलागीमा परी पाँच वर्षीय बालकको मृत्यु भएको छ । शुक्रबार ऋषिङ गाउँपालिका–६ को दाउन्नेमा भएको आगलागीमा परी बालक शिशिर थापाको हो । स्थानीय ऋषिराम थापामगरको घरमा कोही नभएका बेला गोठमा निजका नातिले पराल, काठ दाउरा रहेको स्थानमा लाइटर खेलाउँदा आगलागी भएको हो । बालकको निजको घटनास्थलमा […]