बटेश्वर गाउँपालिकाले पुरे ज्यानमारा खाल्डो

सामाजिक फीड-जनकपुरधाम, मंसिर १३ गते । बटेश्वर गाउँपलिकाले बालक डुबेको ज्यानमारा खाल्डो आंसिक रुपमा पुरेको छ । बुधबार गाउँपालिका अध्यक्ष रामअशिष महतोको निर्देशनमा कार्यालयको डोजरले बिगही खोलामा रहेको गहिरो खाल्डोमा छेउछाउको माटो हालेर आंशिक रुपमा पुरेको हो । जोखिमयुक्त रहेको ठाउँमा माटो भने पुरिएको छ । बालबालिकाका लागि जोखिमयुक्त रहेको उक्त गहिरो खाल्डोमा आंशिक माटो […]
बटेश्वर गाउँपालिकाले अझै पुरेन आफै खनेको ज्यानमारा खाल्डो

सामाजिक फीड-जनकपुरधाम, मंसिर १३ गते । बटेश्वर गाउँपालिका कार्यालयले आफैले खनेको ज्यानमारा खाल्डो अझै पुरको छैन । बटेश्वर गाउँपालिका १ धुमासन नजिक बिगही खोलामा पालिकाले ठेक्का लगाएर माटो झिकेको खाल्डोमा गत असोज ६ गते स्थानीय बिनोद महतोका ११ वर्षीय छोरा धिरज कुमार महतोको डुबेर ज्यान गएको थियो । बटेश्वर गाउँपालिका कार्यालयले तीन वर्ष अघि सो […]
महोत्तरीमा पेस्तोल खेलाउँदा प्रहरी जवानलाई गोली लागेको घटनामा असई यादव निलम्बित

सामाजिक फीड-जनकपुरधाम, मंसिर ११ गते । महोत्तरीमा प्रहरी जवानलाई गोली लागेर घाइते भएको घटनामा संलग्न असई बच्चा भन्ने रामेश्वर प्रसाद यादव निलम्बित भएका छन् । डाँका समातेको खुसीमा पेस्तोल खेलाउँदा प्रहरी जवान राजेशकुमार साहलाई गोली लागेर घाइते भएको घटनामा उनलाई मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरले निलम्बन गरेको हो । उनी महोत्तरीको हलखोरी प्रहरी चौकीका इन्चार्जको […]
धनुषामा करेन्ट लागेर एक वृद्धको मृत्यु

सामाजिक फीड-जनकपुरधाम, मंसिर ११ गते । धनुषामा खेतमा मोटरबाट सिँचाई गर्न गएका एकवृद्धको करेन्ट लागेर मृत्यू भएको छ । मृत्यु हुनेमा धनुषाको हँसपुर नगरपालिका ८ झटियाहीका ६५ बर्षिय राजेन्द्र राउत छन् । धनुषा प्रहरीका अनुसार सोमबार विहान ११ बजेको समयमा आफ्नै खेतमा पानी सिँचाई गर्न पुगेका उनको नांगो तरमा करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको हो […]
एक घरमा आगलागी हुँदा तीन बालबालिकासहित चारजनाको जलेर मृत्यु

सामाजिक फीड-जनकपुरधाम, मंसिर ८ गते । बर्दियाको एक घरमा आगलागी हुँदा तीन बालबालिकासहित चार जनाको मृत्यु भएको छ । गम्भीर घाइते भएका छन् । शुक्रबार राति बर्दियाको गुलरिया नगरपालिका–४ तुलापुरस्थित भरतचन्दको घरमा आगलागी हुँदा घरमा सुतिरहेका १८ महिनाका कार्तिक चन्द, ७ वर्षीय बालक कृष चन्द, ९ वर्षीया बाललिका मानसी बुढा र ३६ वर्षीया राधा बुढाको […]
महोत्तरीबाट श्रोत नखुलेको ८ लाख रुपैयाँसहित दुईजना पक्राउ

सामाजिक फीड- जनकपुरधाम, मंसिर ८ गते । महोत्तरीबाट श्रोत नखुलेको आठ लाख भन्दा बढी रकमसहित दुईजना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा महोत्तरीकै सम्सी गाउँपालिका ३ बस्ने वर्ष २८ का रमेशकुमार साह र रामगोपालपुर नगरपालिका सहसौलाका ३२ वर्षीय अनिल चौधरी छन् । बिहीबार सशस्त्र प्रहरी बल, नेपाल बोर्डर ओउट पोष्ट पोखरभिण्डाबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ आउँदै […]
जनकपुर न्यूरो हस्पिटलमा ४ वर्षीय बालकको मृत्यु, धर्ना बसेका ६ आफन्त पक्राउ

सामाजिक फीड-जकपुरधाम, मंसिर ७ गते । जनकपुरमा दुई वर्षदेखि अवैधरुपमा संचालनमा रहेको जनकपुर न्यूरो हस्पिटलमा लापरबाहीले पुनः एक चारवर्षीय बालकको मृत्यु आरोप लागेको छ । हस्टिलले बिहीबार बिहान डिस्चार्ज गरेकै बेला धनुषाको धनुषाधाम नगरपालिका ६ मालटोल बस्ने विक्रम कालिकोटेका ४ वर्षीय छोरा जेम्स कालिकोटेको मृत्यु भएको हो । हस्पिटलले उपचारमा लापरबाही गर्दा बालकको मृत्यु भएको […]
सर्लाहीमा स्कुल बसको ठक्करबाट एक बालकको ज्यान गयो

सामाजिक फीड-जनकपुरधाम, मंसिर ७ गते । सर्लाहीमा स्कुल बसले ठक्करबाट बालकको ज्यान गएको छ । हरिपुर नगरपालिका ८ घर भई लालबन्दी नगरपालिका २ बस्ने वीरेन्द्र पासवानका ६ वर्षीय आदित्य पासवानको मृत्यु भएको हो । नवलपुर–मलंगवा सडकखण्डमा पर्ने हरिपुर नगरपालिका वडा नम्बर ८ जुटपानीमा जिआईएस स्कूलको ना. २ क. ११० नम्बरको स्कुल बसको ठक्करबाट मंगलबार साँझ […]
सिरहाको मिर्चैयामा लाग्ने कमलदह मेलाको तयारी पूरा

सामाजिक फीड-सिरहा, मंसिर ६ गते । सिरहाको मिर्चैया नगरपालिका-९ मा अवस्थित पौराणिक तथा धार्मिक पर्यटकीय स्थल कमलदहमा लाग्दै आएको ऐतिहासिक ‘कमलदह मेला’को सम्पूर्ण तयारी पुरा भएको छ । दशकौंदेखि प्रत्येक वर्ष हरिबोधिनी एकादशीको दिनदेखि तीन दिनसम्म लाग्दै आएको कमलदह मेलाका लागि आवश्यक सम्पूर्ण तयारी पुरा भएको मेला समितिले जनाएको छ । मेलाको भोलि बिहीबार उद्घाटन […]
जिल्ला प्रहरी कार्यालय महोत्तरीको हिरासतमा पुस्तकालय स्थापना
सामाजिक फीड-जनकपुरधाम, मंसिर ५ गते । जिल्ला प्रहरी कार्यालय महोत्तरीको हिरासतमा पुस्तकालय स्थापना गरिएको छ । थुनुवाहरुको आचरण, व्यबहार र सोचमा परिवर्तन ल्याउने उद्देश्यले मंगलबारदेखि हिरासतमा पुस्तकालय संचालनमा ल्याइएको हो । पुस्तकालयको मंगलबार मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक जनक भट्टराईले उदघाटन गरेका छन् । २९ साउन मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला […]