Samajik Feed – News Portal from Nepal

महोत्तरीबाट श्रोत नखुलेको ८ लाख रुपैयाँसहित दुईजना पक्राउ

सामाजिक फीड- जनकपुरधाम, मंसिर ८ गते । महोत्तरीबाट श्रोत नखुलेको आठ लाख भन्दा बढी रकमसहित दुईजना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा महोत्तरीकै सम्सी गाउँपालिका ३ बस्ने वर्ष २८ का रमेशकुमार साह र रामगोपालपुर नगरपालिका सहसौलाका ३२ वर्षीय अनिल चौधरी छन् । बिहीबार सशस्त्र प्रहरी बल, नेपाल बोर्डर ओउट पोष्ट पोखरभिण्डाबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ आउँदै […]

जनकपुर न्यूरो हस्पिटलमा ४ वर्षीय बालकको मृत्यु, धर्ना बसेका ६ आफन्त पक्राउ

सामाजिक फीड-जकपुरधाम, मंसिर ७ गते । जनकपुरमा दुई वर्षदेखि अवैधरुपमा संचालनमा रहेको जनकपुर न्यूरो हस्पिटलमा लापरबाहीले पुनः एक चारवर्षीय बालकको मृत्यु आरोप लागेको छ । हस्टिलले बिहीबार बिहान डिस्चार्ज गरेकै बेला धनुषाको धनुषाधाम नगरपालिका ६ मालटोल बस्ने विक्रम कालिकोटेका ४ वर्षीय छोरा जेम्स कालिकोटेको मृत्यु भएको हो । हस्पिटलले उपचारमा लापरबाही गर्दा बालकको मृत्यु भएको […]

सर्लाहीमा स्कुल बसको ठक्करबाट एक बालकको ज्यान गयो

सामाजिक फीड-जनकपुरधाम, मंसिर ७ गते । सर्लाहीमा स्कुल बसले ठक्करबाट बालकको ज्यान गएको छ । हरिपुर नगरपालिका ८ घर भई लालबन्दी नगरपालिका २ बस्ने वीरेन्द्र पासवानका ६ वर्षीय आदित्य पासवानको मृत्यु भएको हो । नवलपुर–मलंगवा सडकखण्डमा पर्ने हरिपुर नगरपालिका वडा नम्बर ८ जुटपानीमा जिआईएस स्कूलको ना. २ क. ११० नम्बरको स्कुल बसको ठक्करबाट मंगलबार साँझ […]

सिरहाको मिर्चैयामा लाग्ने कमलदह मेलाको तयारी पूरा

सामाजिक फीड-सिरहा, मंसिर ६ गते । सिरहाको मिर्चैया नगरपालिका-९ मा अवस्थित पौराणिक तथा धार्मिक पर्यटकीय स्थल कमलदहमा लाग्दै आएको ऐतिहासिक ‘कमलदह मेला’को सम्पूर्ण तयारी पुरा भएको छ । दशकौंदेखि प्रत्येक वर्ष हरिबोधिनी एकादशीको दिनदेखि तीन दिनसम्म लाग्दै आएको कमलदह मेलाका लागि आवश्यक सम्पूर्ण तयारी पुरा भएको मेला समितिले जनाएको छ । मेलाको भोलि बिहीबार उद्घाटन […]

जिल्ला प्रहरी कार्यालय महोत्तरीको हिरासतमा पुस्तकालय स्थापना

सामाजिक फीड-जनकपुरधाम, मंसिर ५ गते । जिल्ला प्रहरी कार्यालय महोत्तरीको हिरासतमा पुस्तकालय स्थापना गरिएको छ । थुनुवाहरुको आचरण, व्यबहार र सोचमा परिवर्तन ल्याउने उद्देश्यले मंगलबारदेखि हिरासतमा पुस्तकालय संचालनमा ल्याइएको हो । पुस्तकालयको मंगलबार मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक जनक भट्टराईले उदघाटन गरेका छन् । २९ साउन मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला […]

पिकपमा लैजान लागिएको अवैध काठसहित दुईजना पक्राउ

सामाजिक फीड-जनकपुरधाम, मंसिर ५ गते । सशस्त्र प्रहरीले रौतहटको गुजरा नगरपालिका–३ पशुपति टोलबाट अबैध काठसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने २२ बर्षको बुद्ध थिङ र २३ बर्षको सन्दिप लामा रहेको सशस्त्र प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी सुरक्षा वेश जंगल सहियाबाट सशस्त्र प्रहरी नायव निरीक्षक संजय बरालको नेतृत्वमा रहेको टोलिले अबैध रुपमा फडानी […]

बटेश्वरमा खुल्ला हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

सामाजिक फीड-जनकपुरधाम, मंसिर ५ गते । धनुषाको बटेश्वर गाउँपालिका–२ कार्तिककुमरमा खुल्ला हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । दिपावली तथा छठ पर्वको अवसर सोमबार बटेश्वर युवा संजालले आयाजना गरेको प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगितामा उत्तम बाल युवा क्लव, बटेश्वर–३ प्रथम भएको छ । यस्तै मिथिला नगर युवा संजाल दोश्रो र महोत्तरीको भंगहा नगरपालिका स्थित […]

हृदयघातबाट धनुषाका एक शिक्षकको निधन

सामाजिक फीड-जनकपुरधाम, मंसिर २ गते । धनुषामा हृदयघात एक शिक्षकको मृत्यु भएको छ । बटेश्वर गाउँपालिका –२ स्थित श्री मटुक महतो रंकी देवी आधारभूत विद्यालयमा कार्यरत्त शिक्षक दिलीप कुमार सिंहको निधन भएको छ । ५२ वर्षीय शिक्षक सिंहको मध्यराति हृदयबाट मृत्यु भएको उनका दाईसमेत रहेका विद्यालयका प्रधानाध्यापक रामवृक्ष महतोले जानकारी दिए । राहत शिक्षकको रुपमा […]

सर्लाहीमा बसको ठक्करबाट एक वृद्धको मृत्यु

सामाजिक फीड-जनकपुरधाम, कार्तिक ३० गते । सर्लाहीमा बसको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा हरिवन नगरपालिका ११, कडरियाका ८० वर्षीय मानबहादुर राई छन् । प्रहरीका अनुसार बुधबार राति हरिपूर्वाबाट काठमाडौंका लागि छुटेको ना६ख ९११७ नम्बरको बसले हरिवनको कडरिया चोकमा राईलाई ठक्कर दिएको थियो । बुधबार साँझ सडक पार गर्ने क्रममा बसको ठक्करबाट […]

जनकपुरमा छठ घाट श्रृङ्गार्ने काम सुरु

रासस-धनुषा, कार्तिक २९ गते । दीपावली सकिएसँगै जनकपुरधाममा छठको तयारी शुरु भएको छ । छठ पर्व नजिकिँदै गएपछि जनकपुरधामको विभिन्न पोखरीलाई स्थानीयवासी र क्लबहरूको सहयोगमा विशेषरूपमा श्रृङ्गार्न थालिएको छ । कतिपय पोखरीका घाटमा सरसफाइ पनि गरिएको छ । तराईमा छठको छुट्टै महत्त्व रहेको डा राजेन्द्र बिमलले बताए । मिथिलाञ्चलको पौराणिक महत्त्व बोकेको जनकपुरधामका गङ्गा सागर […]

error: Content is protected !!