Samajik Feed – News Portal from Nepal

सिरहामा ट्याक्टर पल्टिँदा काका र भतिजको ज्यान गयो

सामाजिक फीड-जनकपुरधाम, मंसिर २३ गते । सिरहामा ट्याक्टर पल्टिँदा काका र भतिजको घटनास्थलमै ज्यान गएको छ । मृत्यु हुनेमा सिरहाको औरही गाउँपालिका २ तुल्सीपुरका ४० वर्षीय सुरेन्द्र यादव र उनकै भतिजा ७ वर्षीय चन्दन यादव छन् । शनिबार दिउँसो खेत जोतेर फर्किने क्रममा गागन नदीको तटबन्धबाट स १ त ७४५८ नम्बरको ट्र्याक्टर पल्टिँदा ईन्जिनमा च्याम्पिएर […]

रौतहटमा बिजुलीको तार चुडिएर खस्दा खेत जोतिरहेका किसानको मृत्यु

सामाजिक फीड –जनकपुरधाम, मंसिर २३ गते । रौतहटमा एघार हजार भोल्टको बिजुलीको तार चुडिएर खस्दा हलोले खेत जोतिरहेका किसानको मृत्यु भएको छ । मृत्यु हुनेमा माधवनारायण नगरपालिका- ७ लौकहाका ५५ वर्षीय बैजुलाल पण्डित छन् ।हलो जोतिरहेका एक गोरु पनि मरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी निरीक्षक झलक शर्माका अनुसार बिहान ११:४५ बजेको समयमा […]

धनुषामा अत्यधिक मदिरा सेवनबाट रायको मृत्यु

सामाजिक फीड-जनकपुरधाम, मंसिर २१ गते । धनुषाको सबैला नगरपालिका ३ मा बुधबार साँझ मृत फेला परेका व्यक्तिको अत्यधिक मदिरा सेवनको कारण मृत्यु भएको प्रहरी पुष्टि गरेको छ । सबैला नगरपालिका ९ सतोखरका ३५ वर्षीय रामशंकर राय बुधबार साँझ साढे ६ बजेतिर मृत फेला परेका थिए । दिउँसोदेखि अत्यधिक मदिरा सेवन गरेका राय साँझ सबैला नगरपालिका […]

सबैलामा एक पुरुष मृत फेला

सामाजिक फीड-जनकपुरधाम, मंसिर २० गते । धनुषाको सबैलामा एकजना मृत फेला परेका छन् । सबैला नगरपालिका ९ सतोखरका ४५ वर्षीय रामशंकर राय आज राति करिब ८ बजे मृत फेला परेका हुन् । स्थानीयका अनुसार उनी सबैला नगरपालिका २ स्थित नालामा मृत भेटिएका हुन् ।इलाका प्रहरी कार्यालय सबैलाको टीम घटनास्थल पुगेर मुचुल्का तयार गरि शवलाई पोस्टमार्टमका […]

नगराइन नगरपालिकामा आज शोक बिदा

टुडेपाटी-जनकपुरधाम, मंसिर १८ गते एक शिक्षकको असमायिक निधन भएपछि धनुषाको नगराइन नगरपालिका कार्यालयले आज शोक बिदा घोषणा गरेको छ । आइतबार नगराइन नगरपालिका वडा नं. १ स्थित राष्ट्रिय आधारभूत विद्यालय खड्काका शिक्षक दिपक कुमार झो असमायिक निधन भएको हो ।उनको निधनपछि नगरपालिकाले आज बिहान (सोमबार) एक सूचना जारी गर्दै शोक बिदाको घोषणा गरेको हो । […]

धनुषामा एक महिलाको शव फेला

सामाजिक फीड-जनकपुरधाम, मंसिर १७ गते । धनुषाको मिथिला नगरपालिकामा एक महिलाको शव फेला परेको छ । मिथिला नगरपालिका–५ स्थित श्रीपुर गाउँबाट पाँच सय मिटर पूर्वमा रहेको औरही खोलाको बाँध छेउमा आईतबार अन्दाजी ३५ वर्षीया महिलाको शव फेला परेको हो । मृतक महिलाको पहिचान खुल्न नसकेको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ । अनुसार आइतबार बेलुकी […]

स्रोत नखुलेको आठ लाख रुपैयाँसहित सिरहाबाट एकजना पक्राउ

सामाजिक फीडजनकपुरधाम, मंसिर १७ गते । स्रोत नखुलेको आठ लाख रुपैयाँसहित सिरहाबाट एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बडियारपट्टी गाउँपालिका २ श्रीपुरका ४२ वर्षीय मोहम्मद फिरोज छन् । सशस्त्र प्रहरीले उनलाई भारतबाट नेपालतर्फ साइकलमा पैसा बोकेर आउँदै गरेको अवस्थामा बरियारपट्टी गाउँपालिका ३ महरा टोलबाट पक्राउ गरेको हो ।उनको साथबाट स्रोत नखुलेको आठ लाख […]

सर्लाहीमा बसले किचेर एकजनाको मृत्यु

सामाजिक फीड-जनकपुरधाम, मंसिर १७ गते । सर्लाहीको बागमतीमा बसको ठक्करबाट एक युवकको मृत्यु भएको छ। पूर्वपश्चिम राजमार्ग अन्तर्गत बागमती नगरपालिका ४ पुरानो चौकीमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा बसले किचिएर एकजनाको मृत्यु भएको हो । अन्दाजी ३५ वर्षीय मृतकको पहिचान नखुलेको प्रहरीले जनाएको छ । सर्लाहीका प्रहरी प्रवक्ता दिपेन्द्र सिंह पजियारका अनुसार शनिबार साँझ करिब ७ […]

वीरगञ्जबाट नक्कली प्रहरी सक्कली प्रहरीको फन्दामा

रासस-वीरगञ्ज, मंसिर १७ गते । आफूलाई नेपाल प्रहरीको घुमुवा भन्दै व्यापारीसँग रकम उठाइरहेको अवस्थामा प्रहरीले वीरगञ्जबाट एक जनालाई पक्राउ गरेको छ । गैरकानुनी गतिविधि गरेको अभियोगमा बाराको आदर्शकोतवाल गाउँपालिका–८ लक्ष्मीटोल निवासी ५५ वर्षीय गोविन्द महतो कोइरीलाई पक्राउ गरिएको हो । ‘मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरबाट बारा, पर्सा र रौतहट जिल्लामा घुमुवा प्रहरीको जिम्मेवारीमा रहेको’ बताउँदै […]

महोत्तरीमा एक विघा जग्गामा लगाइएको ३० हजार गाँजाको बोट प्रहरीद्वारा नष्ट

सामाजिक फीड-जनकपुरधाम, मंसिर १६ गते । महोत्तरीमा एक विघा अवैध गाँजा खेती प्रहरीले फडानी गरी नष्ट गरेको छ । महोत्तरीको एकडारा गाउँपालिका वडा नं. ३ अजमरपट्टी र वडा नं. ५ बहेरामा खेतबारीमा लगाइएको अवैध गाँजा खेती प्रहरीले नष्ट गरेको हो । जिल्ला प्रहरी कार्यालय महमोत्तरीबाट गएको २५ जना प्रहरीको टोलिले २० कठ्ठामा लगाइएको गाँजा खेती […]

error: Content is protected !!