Samajik Feed – News Portal from Nepal

पहिचान र अधिकारका लागि मुक्ति अभियान आवश्यक: राजेन्द्र महतो

सामाजिक फीडजनकपुरधाम, चैत्र ८ गते । राष्ट्रिय मुक्ति क्रान्ति अभियानका संयोजक राजेन्द्र महतोले पहिचान र अधिकारका लागि मुक्ति अभियान आवश्यक भएको बताएका छन् । आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उनले पहिचान र अधिकारका लागि एकीकृत आन्दोलनको आवश्यकता भएको दोहोर्याए । मधेसी,थारू आदिवासी जनजातिका छुट्टाछुट्टै सङ्घर्षले जनताले दुःख मात्रै पाए । अधिकार र पहिचान पाएन। अब […]

इजाजत पाएका हतियारको विवरण जिल्ला प्रशासन कार्यालयलाई पठाउन गृहको निर्देशन

समाजिक फीड जनकपुरधाम, चैत ६ गते । गृह मन्त्रालयले इजाजत दिइएका हतियारको विवरण पठाउन मातहतका निकायलाई निर्देशन दिएको छ । गृह मन्त्रालयले मंगलबार हालसम्म इजाजत लिएका हतियारको विवरण २४ घण्टाभित्र उपलब्ध गराउन सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको हो । हिजो सर्वोच्च अदालतबाट इजाजत लिइएको हतियारसहित दुई व्यक्ति पक्राउ परेपछि गृह मन्त्रालयले हालसम्म इजाजत दिइएका […]

मधेश सरकारमा एमाले पनि सामेल, सरोज यादव बने भौतिक पुर्वाधारमन्त्री

समाजिक फीड जनकपुरधाम, चैत ५ गते । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले मन्त्रीपरिषद विस्तार गरेका छन् । नेकपा एमालेलाई सरकारमा सहभागी गराएर उनले मन्त्रीपरिषद विस्तार गरेका हुन् । एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्रीले भौतिक पुर्वाधार विकासमन्त्री नियुक्त गरेका हुन् । मुख्यमन्त्री सरोजकुमार यादवकै सरकारमा यसअघि पनि उनी भौतिक पुर्वाधारमन्त्री बनेका थिए । […]

मधेश स्वास्थय विज्ञान प्रतिष्ठानका उपकुलपति डा.अंकुर साहले लिए पद तथा गोपनियताको शपथ

सामाजिक फीडजनकपुरधाम, चैत ५ गते । मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपति डा.अंकुर साहले पद तथा गोपनियताको शपथ लिएका छन् । कुलपतिसमेत रहेका मुख्यमन्त्री सरोजकुमार यादवले उनलाई शपथ खुवाएका हुन् । मुख्यमन्त्री यादवले नवनियुक्त उपकुलपतिलाई गर्व गर्न लायक काम गर्न समेत निर्देशन दिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरेन्द्रप्रसाद सिंहले डा साहको कार्यकाल अब्बल र […]

बाबुराम पक्षले खारेज गर्‍यो नेसपाका अध्यक्ष महेन्द्र यादव पक्षले माओवादीसँग गरेको एकता

समाजिक फीड जनकपुरधाम, चैत ४ गते । नेपाल समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी समिति बैठकले माओवादीसँग गरेको पार्टी एकता खारेज गरेको छ । आइतबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले यस्तो निर्णय गरेको हो । अध्यक्ष बाबुराम भट्टराईको अध्यक्षतामा बसेको बहुमत सदस्यको बैठकले यस्तो निर्णय गरेको भट्टराईको सचिवालयको भनाइ छ । नेसपा दोस्रो वर्यताका अर्का अध्यक्ष महिन्द्रराय […]

महोतरीमा ६ प्रजातन्त्र सेनानीलाई सम्मान

साजिक फीड-जलेश्वर, चैत ३ गते । नेपाल प्रजातन्त्र सेनानी संघले महोतरीले ६ प्रजातन्त्र सेनानीलाई सम्मान गरेको छ । प्रजातन्त्र प्राप्तिकालागि योगदान दिएका योद्धाहरुलाई शनिबार जलेश्वरमा एक समारोहबीच सम्मान गरिएको हो । जलेश्वर स्थित नेपाली काग्रेसको पार्टी कार्यालयमा आयोजित कार्यक्रममा नेपाली काँग्रेसका सहमहामन्त्री महेन्द्र यादवले प्रजातन्त्र प्राप्तिकालागि योगदान दिएका योद्धाहरुलाई सम्मान गरेका हुन् । महामन्त्री यादवले […]

मधेशमा काँग्रेसका मन्त्रीहरुलाई हटाउने मुख्यमन्त्री यादवको तयारी

सामाजिक फीड-जनकपुरधाम, चैत १ गते । मधेशका मुख्यमन्त्री सरोजकुमार यादव नेपाली काँग्रेसका मन्त्रीहरुलाई सरकारबाट हटाउने तयारी गरेका छन् । काँग्रेसलाई सरकारबाट हटाएर नेकपा एमालेलाई सरकारमा लैजाने मुख्यमन्त्रीको तयारी छ । जसको लागि मुख्यमन्त्री यादवले काँग्रेसका मन्त्रीहरुलाई राजिनामा गर्न लगाउने मुख्यमन्त्री सचिवालयय स्रोतले जनाएको छ । स्रोतका अनुसार काँग्रेसलाई हटाएपनि केन्द्रमा गठबन्धनमा नरहेका लोकतान्त्रिक समाजवादी पार्टी […]

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत प्राप्त

सामाजिक फीड-काठमाडौँ, फागुन ३० गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सदनबाट विश्वासको मत प्राप्त भएको छ । प्रतिनिधिसभामा आज भएको मतविभाजनमा जम्मा २६८ मध्ये विश्वासको पक्षमा १५७ मत उनले प्राप्त गरेका हुन् । विपक्षमा ११० मत परेको छ भने मत दिन्न भन्नेमा एक मत परेको छ । नेकपा (एमाले), नेकपा(माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा), जनता […]

गृहमन्त्री रविले प्रहरीलाई भने-अपराधीलाई कारबाही गर्न कसैको आदेश कुर्नु पर्दैन

 समाजिक फीड काठमाडौं, फागुन २९ गते । गृहमन्त्री रवि लामिछानेले अपराधीलाई कारबाही गर्न प्रहरीले कसैको आदेश कुर्न नपर्ने बताएका छन् । सार्वजनिक रुपमा अपिल गर्दै गृहमन्त्री लामिछानेले गैरकानुनी काम, कर छली, गुण्डागर्दी, धाकधम्की, तस्करीलगायतका अपराध गर्ने व्यक्ति र समूहलाई कारबाही गर्न आदेश कुर्न नपर्ने बताएका हुन् । ऐनअनुसार कारबाही गरेर कानुनी राज्य भनेको के हो […]

मधेशका स्थानीय तहमा बिजोग : सुब्बाले चलाउँछन् पालिका, अधिकृत आउनै मान्दैनन्

समाजिक फीड जनकपुरधाम, फागुन २८ गते । मधेश प्रदेशका सबैभन्दा धेरै पालिकाहरु निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा चलेको पाइएको छ । शाखा अधिकृतको दरबन्दी रहेको ठाउँमा नायब सुब्बाले नै निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी निर्वाह गरिरहेका छन् । मधेश प्रदेशमा जम्मा १३६ वटा स्थानीय तह रहेका छन् । तीन उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ वटा […]