Samajik Feed – News Portal from Nepal

मकवानपुरबाट सर्लाही आउँदै गरेको वीङ्गर दुर्घटना हुँदा १४ जना घाइते

सामाजिक फीड-जनकपुरधाम, जेठ ६ गते । मकवानपुरको उत्तरी क्षेत्र चित्लाङबाट सर्लाही आउँदै गरेको वीङ्गर भ्यान दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । आज दिउँसो भीमफेदी गाउँपालिका–९ त्रिभुवन राजपथको छैसठ्ठी मोडमा प्रदेश २–०३–००१ ज ०१४७ नम्बरको विङ्गर गाडी सडकबाट करिब २० मिटर तल खसेर दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार दुर्घटना भएको […]

ढल्केवरमा किसान आन्दोलनका शहीद मुंगालाल र मोहनको भवन र शालिक

सामाजिक फीड-जनकपुरधाम, जेठ ६ गते । धनुषाको मिथिला नगरपालिका–६, ढल्केबरचोकमा किसान आन्दोलनका शहीद मुंगालाल महतो र मोहन महतोको शालिक अनावरण तथा स्मृति भवनको उद्घाटन गरिएको छ । मंगलबार शहीद द्वय महतोको ४६ औं स्मृति दिवसको अवसरमा नगरपालिकाका मेयर महेन्द्र महतो, नागरिक समाजका अगुवा तथा लेखक रामरिझन यादवसहितका विशिष्ट व्यक्तिहरूको उपस्थितिमा शालिक अनावरण र सभाहल उद्घाटन […]

सर्लाहीमा बसले म्याजिकलाई ठक्कर दिँदा युवतीको मृत्यु, ८ घाइते

सामाजिक फीड-जनकपुरधाम, जेठ ५ गते। सर्लाहीको लालबन्दीमा यात्रुबाहक बसले म्याजिकलाई ठक्कर दिँदा एक युवतीको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् । मृतक लालबन्दी नगरपालिका–१७ रानिगञ्जकी २२ वर्षीया सोना पन्त हुन् । घाइते अवस्थामा मोडल अस्पतालमा लगिएकोमा चिकित्सकले उनलाई साँझ ४:५० बजे मृत घोषणा गरेका थिए । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार पूर्व–पश्चिम […]

सिरहाबाट ७१ लाख नगद र लागूऔषधसहित पाँच जना पक्राउ

सामाजिक फीड-जनकपुरधाम, जेठ ४ गते । सिरहाका विभिन्न स्थानबाट प्रहरीले ठूलो परिमाणको नगद रकम र लागूऔषधसहित पाँच जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाले आइतबार पत्रकार सम्मेलन गरी पाँचजनालाई सार्वजनिक गरेको हो । प्रहरीका अनुसार लहान नगरपालिका–२२ लवटोलीबाट दाजु–बहिनीसहित दुईजनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा २६ वर्षीया किरणकुमारी यादव र उनका ३२ […]

मधेशका पूर्व अर्थमन्त्री यादवसहित ८ जनाविरुद्ध २९ करोडको भ्रष्टाचार मुद्दा

सामाजिक फीडजनकपुरधाम, जेठ ४ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेश सरकारका पूर्वअर्थमन्त्री विजयकुमार यादवसहित आठ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। बागमती नगरपालिकामा माछापोखरी निर्माणको नाममा अनियमितता गर्दै २९ करोड रुपैयाँको हानी नोक्सानी पुर्‍याएको अख्तियारले दावी गरेको छ । यादव आर्थिक वर्ष २०७५/७६ देखि २०७९/८० सम्म अर्थमन्त्री थिए। अख्तियारले यादवसँगै बागमती […]

प्रादेशिक अस्पताल जनकपुरमा मुटुरोगको उत्कृष्ट उपचार सुरु

सामाजिक फीड-जनकपुरधाम, जेठ २ गते। जनकपुर प्रादेशिक अस्पतालमा मुटुरोगको अत्याधुनिक उपचारका लागि आवश्यक ‘क्याथ ल्याब’ सेवा अब नियमित रूपमा सञ्चालनमा आएको छ। अस्पतालका निर्देशक डा. जामुन प्रसाद सिंहका अनुसार क्याथ ल्याबमार्फत अन्जियोग्राफी, एञ्जियोप्लास्टी, कार्डियाक पेसमेकरलगायत मुटुसम्बन्धी अत्यावश्यक सेवा नियमित रूपमा प्रदान गरिन थालेको छ। उनले यो सेवा प्रदेश सरकारको सहयोगमा सुरु गरिएको जानकारी सामाजिक सञ्जालमार्फत […]

महोत्तरीमा भारतीय बसको ठक्करबाट एक महिलाको मृत्यु

सामाजिक फीड-जाकपुरधाम, जेठ २ गते । महोत्तरीको जलेश्वरमा भारतीय टुरिस्ट बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । मृत्युु हुनेमा जलेश्वर नगरपालिका– सारी निवासी ५० वर्षीया संजु ठाकुर छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार उनलाई आज दिउँसो जलेश्वर नगरपालिका – २ सिनेमा हल चोकमा एमपी १३ पी ७७३३ नम्बरको भारतीय टुरिस्ट बसले ठक्कर दिँएको […]

मधेश सरकारले गम्भीर बिरामीलाई दिने आर्थिक सहायता रोकियो, ५० करोड बजेट अभाव

सामाजिक फीड-जनकपुरधाम, जेठ २ गते । मधेश सरकारले गम्भीर प्रकृतिका बिरामीलाई प्रदान गरिँदै आएको आर्थिक सहायता बजेट अभावका कारण प्रभावित भएको छ। रकम अभावको कारण सहायता वितरण रोकिएको हो । चार हजारभन्दा बढी बिरामीको भुक्तानी अझै बाँकी रहेको छ। मधेश प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले क्यान्सर, मुटु, मृगौला, पार्किन्सन, एल्जाइमर, सिकलसेल एनिमिया, थालेसेमिया, मस्तिष्कघात, अर्थराइटिस […]

डाक्नेश्वरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित आठ जनामाथि भ्रष्टाचार मुद्दा दायर

सामाजिक फीड-जनकपुरधाम, जेठ १ गते । सप्तरीको डाक्नेश्वरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित आठ जनामाथि भ्रष्टाचारको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख प्रशासकीय अधिकृत रामकिशुन यादव, इन्जिनियर कुलानन्द बिराजी र रामाकान्त चौधरी, सव–इन्जिनियर संजय कुमार यादव, योजना शाखाका शाखा अधिकृत विनोद कुमार ठाकुर, सहायकस्तर पाँचौकी निकिता चौधरी, लेखापाल अनिता […]

पत्रकार फणि महतको निधन

सामाजिक फीड-जनकपुरधाम, बैशाख ३१ गते । रौतहटका पत्रकार फणि महतको निधन भएको छ । करिब दुईवर्षदेखि ब्रेनट्युमर रोगबाट ग्रसित पत्रकार महतको उपचारको क्रममा काठमाडौंको माइतीघर स्थित अन्नपूर्ण न्यूरो अस्पतालमा मंगलबार राति साढे १० बजे निधन भएको हो । रौतहटको चन्द्रपुर नगरपालिका ४ का ४० वर्षीय बासिन्दा पत्रकार महत दुई दशकदेखि पत्रकारितामा सक्रिय थिए । चन्द्रपुरको […]