सीताराम विवाहपञ्चमी महोत्सवमा दुई हजार प्रहरी परिचालन गरिने

रासस-महेन्द्रनगर,मंसिर १३ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाममा यही मंसिर १६ गतेदेखि सुरु हुने श्री सीताराम विवाह पञ्चमी महामहोत्सवलाई व्यवस्थित तथा शान्तिपूर्ण रूपमा सम्पन्न गर्न दुई हजार भन्दाबढी सुरक्षाकर्मी परिचालन गरिने प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले बताएका छन् । प्रमुख जिल्ला अधिकारी कडरियाले भने, ‘विवाह पञ्चमीमा सहभागी हुन आउने लाखौँ तीर्थयात्रीहरूको सुरक्षाका लागि नेपाल प्रहरीले […]
सप्तरीको मुतनी खोलामा बन्न लागेको आठवर्षमा पनि पुल अधुरै

रासस-प्तरी, मंसिर १२ गते । सप्तरीको राजगढ गाउँपालिका–३ स्थित नर्घो–फकिरा जोड्ने मुतनी नदीमा पुल निर्माण सुरु भएको आठ वर्ष बितिसक्दा पनि काम अधुरै छ । नदीमा पुल नहुँदा फकिरा, कुपही, रम्पुरा, इनरूवा, झुटकीलगायत गाउँका बासिन्दालाई आवतजावतमा समस्या भइरहेको छ । स्थानीय रघुविर खङ्गले पुल नहुँदा गाउँसम्म बिरामी र केही समस्या पर्दा हुँदा एम्बुलेन्स पनि जानसक्ने […]
थमन बिक हत्या प्रकरणका एक अभियुक्त जेल चलान

सामाजिक फीड- मंसिर ७, जनकपुरधाम । सशस्त्र प्रहरीका सई थमन बिकको हत्या प्रकरणमा संलग्न एक फरार अभियुक्त पुर्पक्षका लागि जेल चलान भएका छन्। महोत्तरीको जलेश्वर नगरपालिका-६ निवासी ५५ वर्षीय देवेन्द्र चौधरीलाई महोत्तरी जिल्ला अदालतको आदेशअनुसार जलेश्वर कारागार पठाइएको छ। कर्तव्य ज्यान मुद्दामा संलग्न रहेको आरोपमा अदालतले बिहीबार उनलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो। […]
सर्लाहीमा खाना पकाउने क्रममा आगोमा जलेकी महिलाको मृत्यु

रासस-सर्लाही, मंसिर ४ गते ।खाना पकाउने क्रममा आगोले पोलेर घाइते भएकी एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ । जिल्लाको ईश्वरपुर नगरपालिका–६, झन्झट टोल निवासी ३८ वर्षीया नैमुन खातुनको उपचारको क्रममा आज मृत्यु भएको हो । खातुनको १९ वर्षकी छोरी आशो खातुन भने उपचारपछि घर फर्किएकी छन् । गत कात्तिक २५ गते बिहान खाना पकाउने […]
क्रिकेटर पूजा महतोलाई ‘जनकपुर बोल्टस्’ को सम्मान

सामाजिक फीड-जनकपुरधाम, मंसिर ३ गते । यु–१९ महिला क्रिकेट टिमकी कप्तान पूजा महतोलाई नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली जनकपुर बोल्टस्ले फेस अफ बोल्ट्स् घोषणा गरेको छ । जनकपुरधाममा सोमबार साँझ आयोजित जर्सी अनावरण कार्यक्रममा बोल्टस्ले कप्तान महतोलाई फेस अफ बोल्ट्स् घोषणा गरेको हो । जनकपुर बोल्ट्सले कप्तान महतोलाई नगद ५० हजार रुपैयाँसहित सम्मानसमेत […]
कमला नदीमा आज भूत मेला

सामाजिक फीड-जनकपुरधाम, कार्तिक ३० गते । धनुषा र सिराहाको सीमावर्ती कमला नदीमा आज कात्तिक पूर्णिमाको अवसरमा भूत मेला लागेको छ । भोरैदेखि श्रद्धालुहरूको भीड कमला नदीमा स्नान गर्न जम्मा भएको छ। हिजो साँझदेखि नै विभिन्न गाउँका धामी–झाँक्रीहरू र गाउँवासीहरू धनुषा र सिराहाको सीमामा पर्ने सारश्वर, चिकना, बनिनिया, बसपिट्टा, बरेरबा, फूलबरिया, उतरवाहिनी, इनर्वालगायत घाटहरूमा पुगेका छन्। […]
ईशनाथ नगरपालिका–१ का वडाध्यक्षको निधन

सामाजिक फीड-जनकपुरधाम, कार्तिक ३० गते । रौतहटको ईशनाथ नगरपालिका–१ का वडाध्यक्ष बिगु साहको निधन भएको छ । मिर्गौला रोगबाट पीडित साहको उपचारका क्रममा बिहीबार निधन भएको हो। २०७९ सालको स्थानीय तह निर्वाचनमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बाट निर्वाचित भएका साह त्यस अघि २०७४ मा नेपाली कांग्रेसबाट वडाध्यक्ष बनेका थिए । वडाध्यक्ष साहको निधनप्रति रौतहट क्षेत्र नम्बर […]
विश्वकपमा स्थान बनाउन पाउँदा अत्यन्तै खुसी लागेको छ : पूजा महतो

सामाजिक फीड-जनकपुरधाम, कार्तिक २९ गते । नेपाली यू–१९ महिला क्रिकेट टोलीकी कप्तान पूजा महतोले नेपालको नेतृत्व गर्दै इतिहास बनाउन पाउँदा गर्व महसुस भएको बताएकी छन्। यू–१९ महिला टी२० विश्वकपमा पहिलो पटक छनोट भएर बिहीबार स्वदेश फर्किएपछि त्रिभुवन विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले यो सफलताले महिला क्रिकेटमा नयाँ अध्याय थपिएको बताइन्। पूजाले नेपाली टोलीलाई विश्वकपमा स्थान […]
जनतमत आफ्नै नेतृत्वको मधेश सरकारसँग असन्तुष्ट, सत्ता गठबन्धन बैठक बोलाएर छलफल

सामाजिक फीड-जनकपुरधाम, कार्तिक २९ गते । मधेश प्रदेशमा सत्ता गठबन्धनले जनमत पार्टीको नेतृत्वमा रहेको सरकारको कार्यप्रति असन्तोष जनाउँदै प्रभावकारिताको अभाव भएको निष्कर्ष निकालेको छ। बिहीबार गठबन्धनको बैठकमा लोसपा संसदीय दलका उपनेता उपेन्द्र महतोले सतिशकुमार सिंह नेतृत्वको सरकार बजेट खर्च गर्न नसकेको र कार्यक्षमतामा कमजोरी देखिएको बताए । यो विषयमा मुख्यमन्त्री, मन्त्री, र गठबन्धन दलका नेताहरूले […]
सर्लाहीबाट ११ किलो गाँजासहित दुई युवक पक्राउ

सामाजिक फीड-जनकपुरधाम, कार्तिक २९ गते । सर्लाहीबाट ११ किलो लागूऔषध गाँजासहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सिन्धुलीको हरीहरपुर गढी गाउँपालिका–८, पाँचत निवासी २९ वर्षीय वाङ दोर्जे थिङ र सर्लाही हरीवन नगरपालिका–४ का ३० वर्षीय सागर लामा रहेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय मलंगवाका अनुसार उनीहरूलाई बरहथवा नगरपालिका–१६ गंगापुरस्थित बागमती नहर क्षेत्रमा […]