Samajik Feed – News Portal from Nepal

सप्तरीमा खेतबाट फर्किरहेका श्रीमान् श्रीमतीको करेन्ट लागेर मृत्यु

सामाजिक फीड-जनकपुरधाम, भदौ १ गते । सप्तरीमा करेन्ट लागेर श्रीमान श्रीमतीको मृत्यु भएको छ । मृत्यु हुनेमा कञ्चनरुप नगरपालिका–५ पिपराका ५० वर्षीय बद्रि सरदार र उनकी ४५ वर्षीया पत्नी विमला देवी सरदार रहेका छन् । ईलाका प्रहरी कार्यालय कञ्चनरुपका प्रहरी प्रमुख डिएसपी माधव प्रसाद काफ्लेका अनुसार शनिबार ८ बजे आफ्नै खेतमा काम सकेर घर फर्कने […]

सर्लाहीमा घर अगाडि नै गोली प्रहार गरी शिक्षकको हत्या

सामाजिक फीड-जनकपुरधाम, साउन ३० गते । सर्लाहीमा गोली प्रहार गरी एक शिक्षकको हत्या भएको छ। हरिपुर्वा नगरपालिका–६ का अन्दाजी ४० वर्षीय रामपुकार यादवको हत्या भएको हो । उनी स्थानीय एक निजी स्कुलमा कार्यरत थिए । सर्लाहीका प्रहरी प्रवक्ता डीएसपी सरोज राईका अनुसार राति साढे ८ बजेतिर घर अगाडि उनीमाथि अज्ञात समूहबाट गोली प्रहार भएको थियो […]

सिरहामा वृद्धको हत्या चोरले गरेको खुलासा, दुई जना पक्राउ

सामाजिक फीड-सिरहा, साउन २८ गते । सिरहाको धनगढीमाई नगरपालिका–११ आमचौकका ८५ वर्षीय फनिलाल यादवको आफ्नै घरभित्र हत्या चोरले गरेको खुलेको छ । घटनामा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।पक्राउ पर्नेमा धनगढीमाई नगरपालिका–२ भवानीपुर टोलका ३३ वर्षीय महेश चौधरी र १९ वर्षीय प्रशान्त कुमार मण्डल रहेका छन्। सिरहा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी विरेन्द्रकुमार पासवानका […]

मधेश प्रदेशमा ७७ प्रतिशत धान रोपाइँ

सामाजिक फीड-जनकपुरधाम, साउन मधेश प्रदेशका खडेरी प्रभावित आठ जिल्लामा अहिलेसम्म करिब ७७ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । कृषि विकास निर्देशनालयका निर्देशक जितेन्द्र यादवका अनुसार सबैभन्दा बढी रोपाइँ बारामा ९५ प्रतिशत पुगेको छ भने सबैभन्दा कम महोत्तरीमा ६१.५ प्रतिशत मात्र भएको हो । प्रदेशको कुल पाँच लाख ४२ हजार ५८१ हेक्टर खेतीयोग्य क्षेत्रमध्ये तीन […]

आज जनै पूर्णिमा र रक्षाबन्धन मनाइँदै

सामाजिक फीड जनकपुरधाम, साउन २४ गते । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् । गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं […]

सर्लाहीमा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु

सामाजिक फीडजनकपुरधाम, साउन २३ गते । सर्लाहीमा भारतीय नम्बर प्लेटको मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाही बलरा नगरपालिका ११ की ५५ वर्षीया चन्दा देवी बैठा रहेको सर्लाही प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार वडा कार्यालय नजिक बी.आर.३० के.४६९४ नम्बरको मोटरसाइकलले आज बिहान साढे १० बजे पैदल यात्री […]

सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु

सामाजिक फीड-जनकपुरधाम, साउन २३ गते । सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको रुपनी गाउँपालिका–३ कटैयाका ४२ वर्षीय शम्भुकुमार इसर रहेका छन् । जिल्ला प्रहरीका प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतका अनुसार आज बिहान इसर गाउँकै धान खेतमा लगाइएको विद्युत् मोटर खोल्ने क्रममा करेन्ट लागेको थियो । उनको घटनास्थलमै मृत्यु भएको […]

मधेशमा बढ्दै ट्रान्सफर्मर चोरी घटना, पक्राउ पर्दैनन् चोर

सामाजिक फीड-जनकपुरधाम, साउन २२ गते । धनुषाको बटेश्वर गाउँपालिका–३ का रामचन्द्र शाहको खेतमा पोल गाडेर ट्रान्सफर्मर राखिएको थियो । विद्युत् प्रवाह गर्न तार मात्र जडान गर्न बाँकी थियो । विद्युत जडान गरेर बोरिङ चलाउने सुरसार गरिरहेको बेला साउन १० गते राति ट्रान्सफर्मर नै चोरी भयो । पाँच वर्षअघि बटेश्वर गाउँपालिकाले गाडेको बोरिङ यसपालिको खडेरीका कारण […]

सप्तरीमा मदिरा नियन्त्रणमा लिन प्रहरीले चलायो गोली, लागेर एकजनाको मृत्यु

सामाजिक फीड-जनकपुरधाम, साउन २१ गते । भारततर्फ तस्करी गर्न राखिएको मदिरा नियन्त्रणमा लिन खोज्दा प्रहरीको चलाएको गोली लागेर सप्तरीमा एक युवकको मृत्यु भएको छ । राजगढ गाउँपालिका–२ कमलपुर निवासी ३५ वर्षीय लालु यादवको प्रहरीको गोली लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी जितेन्द्र बस्नेतले जानकारी दिए। डिएसपी बस्नेतका अनुसार सोमबार राति करिब १० […]

सप्तरीमा हवाई फायर गर्दै दुई लागुऔषध कारोबारी पक्राउ

सामाजिक फीड-जनकपुरधाम, साउन १८ । सप्तरीको छिन्नमस्ता गाउँपालिका–१ बरहीबिरपुरबाट लागुऔषध खैरो हेरोइनसहित दुई जना पक्राउ परेका छन् । पक्राउ गर्ने क्रममा भाग्न खोजेपछि प्रहरीले हवाई फायर गर्नुपरेको हो । पक्राउ पर्नेमा छिन्नमस्ता गाउँपालिका–१ का विशाल राय र डाक्नेश्वरी नगरपालिका–७ का मनोज राय रहेका छन् ।सप्तरीका प्रहरी उपरीक्षक गौतम कुमार केसीका अनुसार उनीहरुको साथबाट सय ग्रामभन्दा […]