जनकपुरमा छठ घाट श्रृङ्गार्ने काम सुरु

रासस-धनुषा, कार्तिक २९ गते । दीपावली सकिएसँगै जनकपुरधाममा छठको तयारी शुरु भएको छ । छठ पर्व नजिकिँदै गएपछि जनकपुरधामको विभिन्न पोखरीलाई स्थानीयवासी र क्लबहरूको सहयोगमा विशेषरूपमा श्रृङ्गार्न थालिएको छ । कतिपय पोखरीका घाटमा सरसफाइ पनि गरिएको छ । तराईमा छठको छुट्टै महत्त्व रहेको डा राजेन्द्र बिमलले बताए । मिथिलाञ्चलको पौराणिक महत्त्व बोकेको जनकपुरधामका गङ्गा सागर […]
तिहारको मुख्यदिन आज भाइटिका, मिथिलाञ्चलमा भरदुतिया मनाइँदै

सामाजिक फीड-जनकपुरधाम, कार्तिक २९ गते । तिहारको मुख्य दिन आज भाइटीका र भरदुतिया पर्व मनाइँदै छ । दाजुभाइ दिदीबहिनीले एकअर्कालाई टीका लगाइदिएर भाइटीका पर्व मनाइँन्छ ।दिन दाजुभाइ–दिदीबहिनीहरुले एकअर्कालाई टीका लगाइदिएर येश, ऐश्वर्य, दीर्घायु र समृद्धिको कामना गर्दछन् । टीका लगाइदिइसकेपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मरमसला एवं सेलरोटीलगायतका खानेकुरा दिन्छन् । दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार सौभाग्यका […]
महोत्तरी प्रहरीले पक्राउ गरेका दुई डाँका भाग्न खोजेपछि पुनः गोली दागेर नियन्त्रणमा

सामाजिक फीडजनकपुरधाम, कार्तिक २९ गते । महोत्तरीमा हतियार देखाएर आक्रमण गरी लखौंको धनमाल लुटेर फरार भएका मध्ये दुईजना डाकालाई पक्राउ गरेको छ । मंगलबार रौतहटबाट डाँका आरोपी सर्लाहीको लालबन्दी नगरपालिका—२ बस्ने ३२ वर्षीय शक्ति पासवान र ३३ वर्षीय अजय पासवानलाई महोत्तरी प्रहरीले पक्राउ गरेको हो । पक्राउ गरेर ल्याउने क्रममा हतकडीसहित भाग्न खोज्दा दुबैजनामाथि प्रहरीले […]
राष्ट्रिय क्रिकेट खेलाडी गुल्सन झालाई गृह जिल्ला सर्लाहीमा अभिनन्दन

सामाजिक फीड-जनकपुरधाम, कार्तिक २८ गते । नेपाली राष्ट्रिय क्रिकेट खेलाडी गुल्सन झालाई गृह जिल्ला सर्लाहीमा अभिनन्दन गरिएको छ।नेपाल पत्रकार महासंघ सर्लाही शाखाले सोमवार सदरमुकाम मलंगवामा एक समारोहका बिच अभिनन्दन गरेको हो। सर्लाहीको चक्रघट्टा गाउँपालिका ७ सगरदिना स्थायी घर भई मलंगवा नगरपालिका ८ मा बस्दै आएका क्रिकेटर गुल्सन झालाई जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख कौशलकिशोर सिंह, […]
आज गोवर्द्धन पर्वत, बली र हलि पूजा गरिँदै

सामाजिक फीड-जनकपुरधाम,कार्तिक २८ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि, गोरु र हलीको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । कात्तिक शुक्ल प्रतिपदाका दिन गोवर्द्धन पर्वत, बलि, गोरु र हलिको पूजा आजा गरी सम्मान प्रकट गर्ने गरिन्छ । वर्षभर कृषि कर्ममा जोतिएर मानव हितका लागि सेवा गर्ने गोरुलाई आज पूजा […]
नेपालमा टिकटक बन्द गर्ने सरकारको निर्णय

सामाजिक फीड-जनकपुरधाम, कार्तिक २७ गते । सरकारले नेपालमा सामाजिक सञ्जल टिकटक बन्द गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको हो । टिकटकबाट सामाजिक सद्भाव विगार्ने काम गरेकाले त्यसलाई बन्द गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन्। टिकटक बन्द गर्ने निर्णय […]
आज गाई पूजा गरिँदै

रासस- जनकपुरधाम, कार्तिक २७ गते । कात्तिक शुक्ल प्रतिपदा एवम् यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज गाईको पूजाआजा गरी मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको परम्परा हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र […]
आज दिपावली धनधान्यकी देवी लक्ष्मीको पूजाआराधना गरी मनाइँदै

सामाजिक फीड-जनकपुरधाम, कार्तिक २६ गते । यमपञ्चक एवं तिहारको दोस्रो दिन आज ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ । आज एकै दिन नरकचतुर्दशी, कुकुरतिहार, लक्ष्मी पूजा दीपमालिका परेको छ । सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफासुग्घर र लिपपोत गरी दीपावली […]
जनकपुरधाम स्थित गुगल प्रिमियर पार्टनर IMT ले मनायो आफ्नो १०औं वार्षिकोत्सब

सामाजिक फीड- जनकपुरधाम, कार्तिक २५ गते । जनकपुरधाम स्थित प्रतिष्ठित डिजिटल एजेन्सी इन्टरनेट मार्केट टुडे (IMT) ले १० औं वार्षिकोत्सब मनाएको छ । एक दशक सफलतासाथ पूरा गरेको IMT ले आफ्नो कार्यालयमा शुक्रबार वार्षिकोत्सव मनाएको हो । फाउण्डर अमित झासहित संस्थामा कार्यरत कर्मचारी एवं शुभचिन्तकहरु जनकपुरको शिवचोक स्थित रहेको कार्यालयमा केक काटेर खुसी साट्दै वार्षिकोत्सब […]
जाजरकोटका भूकम्प प्रभावितको घाउमा जनकपुरका मेडिकल टिमको मलमपट्टी

सामाजिक फीड-जनकपुरधाम, कार्तिक २४ गते । जनकपुरका डाक्टरसहितको टोलि औषधिसहित पुगेर जाजरकोटका भूकम्प प्रभावितहरुको उपचार गरेका छन् । नाक कान तथा घाटी रोग विशेषज्ञ डा. सुनिल सिंह नेतृत्वको मेडिकल टिमले जाजरकोटको नलगढ नगरपालिकाको विभिन्न वडामा भूकम्प प्रभावित बिरामीहरुलाई स्वास्थ्य सेवा दिएका हुन् । नालगढा प्राथमिक उपचार केन्द्र मै पुगेर बिरामीको स्वास्थ्य जाँच गर्दै औषधि सामग्री […]