Samajik Feed – News Portal from Nepal

जनकपुरमा धुमधामकासाथ सीताराम विवाहपञ्चमी मनाइँदै

सामाजिक फीड जनकपुरधाम, मंसिर २१ गते । जनकपुरधाममा धुमधामसंग सीताराम विवाहपञ्चमी महोत्सव मनाइदै छ । मंसिर शुक्ल पञ्चमी तिथि अर्थात आजकै दिन त्रेता युगमा भग्वान राम र सीताबीच विवाह भएको स्मरणमा प्रत्येक जनकपुरमा सीताराम विवाहपञ्चमी भव्यताका साथ मनाउने गरिन्छ । मंसिर १६ गतेबाट सुरु भएको सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवको आज छैठौं अर्थात आज मुख्य दिन  हो […]

आज जानकीको मटकोर, भोलि विवाहपञ्चमी

सामाजिक फीड-जनकपुरधाम, मंसिर २० गते सप्ताहव्यापी विवाहपञ्चमी महोत्सव अन्तर्गत आज पाँचौं दिन जानकीको मटकोर रहेको छ । आज दिउँसो जानकी मन्दिरबाट बाजागाजासहित पुगेर ऐतिहासिक गंगासागरमा मटकोर गरिने कार्यक्रम छ। मिथिलाको परम्परागत प्रचलनअनुसार गंगासागरमा मटकोर गरिन्छ। मटकोरमा जानकीको प्रतीकका रूपमा बालबालिकालाई सहभागी गराई परम्परागत विधिअनुसार पूजा–अर्चना गरिन्छ। साथै, उपस्थिति सयौँ नरनारीले मटकोर गीत गाउने गर्छन्। यसै […]

विवाहपञ्चमी महोत्सवको तेस्रो दिन आज धनुषयज्ञ मनाइँदै

सामाजिक फीड-जनकपुरधाम, मंसिर १८ गते । जनकपुरधाममा जारी सप्ताहव्यापी सीताराम विवाहपञ्चमी महोत्सवको तेस्रो दिन आज धनुषयज्ञ आयोजना हुँदैछ। धार्मिक मान्यता अनुसार, त्रेता युगमा भगवान रामले धनुषयज्ञमा भाग लिँदा, कसैले पनि उठाउन नसकेको शिवधनुष भाँचेपछि मिथिलाका राजा जनकले छोरी सीताको विवाह रामसँग गराएका थिए। यसै स्मृतिमा, जनकपुरधाममा हरेक वर्ष धनुषयज्ञको आयोजना गरिन्छ। आज अपराह्नमा जानकी मन्दिर […]

काँग्रेसको विरासत भत्काउँदै धनुषाधाम -१ को वडाध्यक्षमा माओवादी केन्द्र विजयी

सामाजिक फीड-जनकपुरधाम, मंसिर १७ गते । काँग्रेसको विरासत भत्काउँदै धनुषाको धनुषाधाम नगरपालिका–१ को वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका सुनिल कापर केवट निर्वाचित भएका छन् । उनी ६८४ मत ल्याएर वडाध्यक्षमा विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार अशोक कुमार मण्डल ६०२ मत प्राप्त गरेका छन् । यस्तै जनता समाजवादी पार्टी नेपालका अजयकुमार यादवले ४९९, […]

जनकपुरधाममा सीताराम विवाहपञ्चमी महोत्सव सुरु, आज पहिलो दिन नगरदर्शन

सामाजिक फीड-जनकपुरधाम, मंसिर १६ गते । जनकपुरधाममा हरेक वर्ष सप्ताहव्यापी रूपमा मनाइने सीताराम विवाहपञ्चमी महोत्सव आजदेखि औपचारिक रूपमा सुरु भएको छ। त्रेतायुगमा भगवान् राम र आदर्श नारी सीताको विवाहको सम्झनामा मनाइने यो महोत्सवमा धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरूको श्रृंखला आयोजना गरिन्छ। महोत्सवको पहिलो दिन आज नगरदर्शन कार्यक्रम रहेको छ । दोस्रो दिन सोमबार फूलबारी लीला, तेस्रो […]

धनुषामा विवाह विवादले ‘गर्लफ्रेन्ड’को हत्या

सामाजिक फीड-जनकपुरधाम, मंसिर १५ गते । धनुषामा विवाहको विषयलाई लिएर भएको विवादले एक युवतीको ज्यान गएको छ। जनकनन्दिनी गाउँपालिका–५ उधाटोलकी २० वर्षीया रेखा कुमारी मण्डलको हत्या भएको हो। रेखाको शव मंसिर ८ गते दिउँसो जनकनन्दिनी गाउँपालिका–४ खजुरीस्थित आमा खोलामा प्लास्टिकको बोरामा राखेर फालिएको अवस्थामा फेला परेको थियो। घटनाको अनुसन्धानपछि धनुषा प्रहरीले मुख्य अभियुक्तसहित तीन जनालाई […]

उखुको समर्थन मूल्यमा प्रतिक्विन्टल २० रुपैयाँ थप, ५८५ रुपैयाँ निर्धारण

सामाजिक फीड-जनकपुरधाम, मंसिर १४ गते । सरकारले यस वर्ष उखुको समर्थन मूल्य बढाएको छ। गत वर्षको तुलनामा प्रतिक्विन्टल २० रुपैयाँले वृद्धि गर्दै नयाँ मूल्य ५८५ रुपैयाँ तोकिएको छ। मन्त्रिपरिषद्को बिहीबारको बैठकले उद्योगीले किसानलाई तिर्नुपर्ने यो नयाँ दर स्वीकृत गरेको हो। उखु किसानलाई अनुदानस्वरूप प्रदान गरिने रकमबारे भने सरकारको निर्णय हुन बाँकी छ। कृषि तथा पशुपक्षी […]

बारामा क्याम्पस प्रमुखको हत्या गर्ने मुख्य आरोपी सेनाका भगौडा सुरेन्द्र पक्राउ

सामाजिक फीड-जनकपुरधाम, मंसिर १३ गते । बाराको कलैया स्थित रामराजा मोहन विक्रम शाह बहुमुखी क्याम्पसका तत्कालीन प्रमुख हरिभुषण कुशवाहाको हत्यामा संलग्न मुख्य आरोपी सुरेन्द्र प्रसाद कुशवाहालाई प्रहरीले पक्राउ गरेको छ । सात महिनादेखि फरार बारा आदर्शकोतवाल गाउँपालिका–२ निवासी ४१ वर्षीय सुरेन्द्र कुशवाहालाई मोरङबाट प्रहरीको विशेष टोलिले पक्राउ गरेको हो । प्रहरीका अनुसार नेपाली सेनाका भगौडा […]

सीताराम विवाहपञ्चमी महोत्सवमा दुई हजार प्रहरी परिचालन गरिने

रासस-महेन्द्रनगर,मंसिर १३ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाममा यही मंसिर १६ गतेदेखि सुरु हुने श्री सीताराम विवाह पञ्चमी महामहोत्सवलाई व्यवस्थित तथा शान्तिपूर्ण रूपमा सम्पन्न गर्न दुई हजार भन्दाबढी सुरक्षाकर्मी परिचालन गरिने प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले बताएका छन् । प्रमुख जिल्ला अधिकारी कडरियाले भने, ‘विवाह पञ्चमीमा सहभागी हुन आउने लाखौँ तीर्थयात्रीहरूको सुरक्षाका लागि नेपाल प्रहरीले […]

सप्तरीको मुतनी खोलामा बन्न लागेको आठवर्षमा पनि पुल अधुरै

रासस-प्तरी, मंसिर १२ गते । सप्तरीको राजगढ गाउँपालिका–३ स्थित नर्घो–फकिरा जोड्ने मुतनी नदीमा पुल निर्माण सुरु भएको आठ वर्ष बितिसक्दा पनि काम अधुरै छ । नदीमा पुल नहुँदा फकिरा, कुपही, रम्पुरा, इनरूवा, झुटकीलगायत गाउँका बासिन्दालाई आवतजावतमा समस्या भइरहेको छ । स्थानीय रघुविर खङ्गले पुल नहुँदा गाउँसम्म बिरामी र केही समस्या पर्दा हुँदा एम्बुलेन्स पनि जानसक्ने […]