Samajik Feed – News Portal from Nepal

पोखराबाट जनकपुर आउँदै गरेको बस दुर्घटना हुँदा १२ यात्रु घाइते

सामाजिक फीड-जनकपुरधाम, कार्तिक २७ गते रौतहटको चन्द्रनिगाहपुरमा जनकपुर आउँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा १२ जना यात्रु घाइते भएका छन् । पोखराबाट जनकपुरतर्फ जाँदै गरेको ग.१ ख.५८०७ नम्बरको बस आज बिहान पूर्वपश्चिम लोकमार्गको चन्द्रपुर नगरपालिका–२, लचका नजिक दुर्घटनामा परेको हो । बाटो काट्दै गरेको स्याललाई बचाउन खोज्दा बस अनियन्त्रित भएर सडकमा पल्टिएर दुर्घटना भएको प्रहरीले […]

जनकपुरका शैक्षिक संस्था अनिश्चितकालीन बन्द गर्ने चेतावनी

सामाजिक फीड-जनकपुरधाम, कात्तिक २६गते । धनुषाका संस्थागत विद्यालयहरूको संगठन हिसान, प्याब्सन, र एनप्याब्सनले छात्रवृत्ति सम्बन्धी जनकपुरधाम उपमहानगरपालिकाको निर्णयप्रति असहमति जनाउँदै विद्यालयहरू अनिश्चितकालका लागि बन्द गर्ने चेतावनी दिएका छन् । सोमबार जनकपुरमा पत्रकार सम्मेलन गरी संगठनहरूले छात्रवृत्तिमा अध्ययनरत कक्षा ११ र १२ का विद्यार्थीहरूका लागि शुल्कको विषयमा उपमहानगरपालिकाले गरेको निर्णय मान्य नहुने बताएका हुन् । हिसान […]

हनुमाननगर कंकालिनी नगरपालिका कार्यालयमा शिक्षक र कर्मचारीद्वारा तालाबन्दी

सामाजिक फीड– जनकपुरधाम, कार्तिक २६ गते । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा तलब भत्ताको माग गर्दै शिक्षक र कर्मचारीले अनिश्चितकालीन तालाबन्दी गरेका छन्। चालू आर्थिक वर्ष २०८१/८२ को साउन महिनादेखि हालसम्म तलब भत्ता नपाएको भन्दै आइतबार उनीहरूले नगरपालिकाको मुख्य गेटमा ताला लगाएका हुन्। साथै, कार्यालय अगाडि धर्ना पनि दिएका छन्। तालाबन्दीका संयोजक अशोक कुमार यादवले मेयर, […]

मधेस प्रदेशका युवा उद्यमीहरूलाई लक्ष्यित गर्दै पहिलो पटक स्टार्टअप नवउद्यमी सम्मेलन

वीरगञ्ज, कार्तिक २४ गते । शनिबार देखि  बिरगंजको  क्लार्क रिसोर्ट होटलमा मधेस प्रदेशका युवा उधमीहरूलाई लक्ष्यित गर्दै पहिलो पटक स्टार्टअप नवउद्यमी सम्मेलनको आयोजना गरिएको छ । यो कार्यक्रम वीरगंजको गण्डक स्थित क्लार्क रिसोर्ट होटलमा आयोजना गरिएको थियोे । एकदिने नवउद्यमी सम्मेलनको मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले उदघाटन गरेका थिए । उदघाटनमा बोल्दै मुख्यमन्त्री सिंहले नवउद्यमशिलताको […]

आज महापर्व छठ मनाइँदै

सामाजिक फीड-जनकपुरधाम, कार्तिक २२ गते । लोक आस्थाको महापर्व छठ आज हर्सोल्लासपूर्वक मनाइँदै छ । आदिदेव सूर्यको उपासना गरी चारदिनसम्म अत्यन्त नियमनिष्ठासंग मनाइने छठ पर्वको तेश्रो दिन आज मुख्यदिन सौझकारक रहेको छ । आज साँझ अस्ताउँदो सूर्य अर्थात् दिनानाथलाई अर्घ्र्य दिइन्छ । पारिवार एवं सन्तानको सुख समृद्धिको कामना गर्दै छठ पर्व मनाइन्छ । आज साँझ […]

सात सय छठ ब्रतालुलाई वडा अध्यक्षले बाँडे सारी

महोत्तरी , कार्तिक २१ गते । छठको अवसर पारेर महोत्तरीका एक जना वडा अध्यक्षले ७ सय जना महिलाहरुलाई सारी वितरण गरेका छन् । दोश्रो दिन खरनामाको अवसरमा  बर्दिवास-९ का वडा अध्यक्ष घुरन महतोले गृहणी महिलाहरुलाई सारी वितरण गरेका हुन् । महिलाहरुको मुख्य पर्वकोरुपमा चिनिने छठमा नँया र सफा कपडा लगाउनु पर्ने हुँदा सवै जनाले खरिद गरेर […]

छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै

सामाजिक फीड– जनकपुरधाम, कार्तिक २१ गते । छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै छ। आदिदेव सूर्यको उपासना गरेर विशेष नियम र श्रद्धाका साथ मनाइने यस पर्वमा, आज साँझ चामल, सक्खर, र दूधबाट बनाइएको खीर प्रसादको रूपमा ग्रहण गरेर खरना मनाइन्छ। दिनभर उपवास बसेका छठ ब्रतालुले साँझ खीर बनाएर विशेष विधिपूर्वक प्रसादको रूपमा ग्रहण गर्छन्। […]

छठ पर्व सुरु, आज नहाय खाय

सामाजिक फीड-जनकपुरधाम, कार्तिक २० गते । जनकपुरधाम, कात्तिक २० गते – सूर्यदेवको उपासना गरी अत्यन्त श्रद्धा र निष्ठासाथ मनाइने छठ महापर्व आजदेखि विधिवत् रूपमा सुरु भएको छ। चार दिनसम्म मनाइने यस पर्वको पहिलो दिनलाई “नहाय–खाय“ भनिन्छ । आजको दिन ब्रतालुहरूले स्नान गरी अरबा–अरबाइन भोजन ग्रहण गर्छन् । पारिवारिक सुख–समृद्धिको कामना गर्दै मनाइने छठको दोस्रो दिन […]

ब्रेकफेल बसले देउसीभैलो खेलिरहेका भीडलाई किच्यो : दुईजनाको मृत्यु, १८ जना घाइते

सामाजिक फीड-जनकपुरधाम, कार्तिक १९ गते । अर्घाखाँचीको भूमिकास्थान नगरपालिकास्थित जयठाटीमा देउसीभैलो खेलिरहेका भीडलाई बसले ठक्कर दिँद दुईजनाको मृत्यु भएको छ । अन्य १८ जना घाइते भएका छन् । आज साँझ ५ बजेतिर वडा नं ५ र ६ को सिमानामा रहेको जयठाटीमा देउसीभैलो नाचिरहेको ठाउँमा ना ३ ख २४७१ नम्बरको बस ‘ब्रेक फेल’ भएर दुर्घटनामा परेको […]

रौतहटमा भारतीय नागरिक पेस्तोल र गोलीसहित पक्राउ

सामाजिक फीड– जनकपुरधाम, कार्तिक १९ गते । रौतहटमा एक भारतीय नागरिकलाई पेस्तोल र गोलीसहित पक्राउ गरिएको छ । पक्राउ पर्नेमा भारतीय नागरिक ४२ वर्षीय राजेश सिंह छन् । सशस्त्र प्रहरीको टोलीले विशेष सूचनाको आधारमा सोमबार बिहान २ बजे राजदेवी नगरपालिका–९ ब्रहमपुरी गाउँमा सञ्जीव सिंहद्वारा सञ्चालित पसलमा चेकजाँच गरेको थियो । चेकजाँचका क्रममा शौचालयको माथिल्लो भागमा […]