पत्रकार मिश्र बने युनापको अध्यक्ष

टुडेपाटी-जनकपुरधाम, असोज १३ गते । नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष अनिल मिश्र धनुषाको युवा नाट्यकला परिषद् (युनाप) को अध्यक्षमा चयन भएका छन् । शनिबार सम्पन्न युनापको ३९ औं साधारणसभाले कान्तिपुर टेलिभिजनका मधेश प्रदेश प्रमुख समेत रहेका पत्रकार मिश्रलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । यस्तै नवगठित कार्यसमितिको उपाध्यक्षमा सुजित मिश्र, सचिवमा नवलकिशोर मिश्र, सहसचिवमा बृषेश […]
चीन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री प्रचण्ड

टुडेपाटी-जनकपुरधाम, असोज १३ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चीनको औपचारिक भ्रमण सकेर आज काठमाडौं आइपुगेका छन्। गत शनिबारदेखि चीनको औपचारिक भ्रमणमा रहेका प्रचण्ड आज स्वदेश फर्केका हुन् । उनलाई चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्डलाई छेन्दुबाट नेपाल फर्किएका हुन् । उनलाई सिचुवान प्रान्तका उप गभर्नर यांग जिङपिङ, नेपालका लागि चिनिया राजदुत, बेइजिङ र सिचुवानका […]
सप्तरीको शम्भुनाथ नपाका मेयर र इन्जिनियर भ्रष्टाचारी ठहर, ६ महिना कैद

सामाजिक फीड–सप्तरी ,असोज १२ । सप्तरीको शम्भुनाथ नगरपालिकाका मेयर जितेन्द्र गुप्ता भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालतको शुक्रबारको इजलासले उनीसहित नगरपालिकाका इन्जिनियर रामचन्द्र साहलाई पनि दोषी ठहर गरेको हो । दबुैजनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित पक्राउ गरेको थियो । इन्जिनियर साहको बयान र मेयर गुप्ताको घूस माग गरेको अडियो फेला परेपछि […]
सप्तरीको एक घरमा आगलागी हुँदा लाखौंको क्षति

सामाजिक फीड-जनकपुरधाम, असोज १२ गते । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाको दलित वस्तीको एक घरमा आगलागी हुँदा लाखौंको क्षति भएको छ । बिहीबार राति वडा नम्बर–५ योगिनियांकै रामवस्तीका रोहित रामको घरमा आगलागी भएको हो ।आगलागिबाट खाद्यान्न सामग्री, लुगा कपड़ा, गाई थान–२, साइकल थान–२ सहित ४ कोठा पूर्ण रुपमा जलेर नष्ट भएको हो । आगलगीबाट करीब १० […]
भारतबाट मोटरसाइकलको डिकीमा पेस्तोल लिएर आउँदै गर्दा महोत्तरीमा पक्राउ

सामाजिक फीड-जनकपुरधाम, असोज ११ गते । महोत्तरीबाट पेस्तोललगायतका हतियारसहित एकजना भारतीय युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत बिहार राज्य सितामढी जिल्ला जयनगर ग्रामपंचायत ११ बस्ने रामचन्द्र महतोको छोरा बर्ष २४ का बलबिन्द्र महतोको रहेको प्रहरीले जनाएको छ । बीर.आर. ३० के ३४२९ नम्बरको मोटसाईकलमा भारततिरबाट आउँदै गर्दा चेकजाँच गरेपछि उनको डिक्कीमा कटुवा पेस्तोल, […]
जनकपुरधामबाट पक्राउ परेका चिकित्सक रिहा

सामाजिक फीड-जनकपुरधाम, असोज ११ गते । मधेशका मुख्यमन्त्रीलाई समाजिक संजालमा कालोमोसो दल्ने चेतावनी दिने जनकपुरका चिकित्सक अरुण झा रिहा भएका छन् । गल्ती स्वीकार गरेको र आयिन्दा यस्तो गल्ती नदोहरिने सर्तमा उनलाई रिहा गरिएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिए । मुख्यमन्त्रीलाई कालोमोसो दल्ने चेतावनीसहितको स्टेटस फेसबुकमा लेखेपछि मौखिक उजुरीको आधारमा उनलाई प्रहरीले […]
मधेश प्रदेशमा आज सार्वजनिक बिदा

सामाजिक फीड-जनकपुरधाम, असोज ११ गते । मधेश प्रदेशमा आज सार्वजनिक बिदा रहेको छ । मुस्लिम समुदायको विशेष पर्व पैगम्बर मोहम्मदको जन्म दिनको अवसरमा मधेश प्रदेश सरकारले आज (बिहीबार) सार्वजनिक बिदा दिएको हो । मधेश प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयका निमित्त प्रदेश सचिव उत्तमप्रसाद खरेलले बुधबार नै एक सूचना जारी गर्दै आजको लागि सार्वजनिक […]
बाराको जंगलमा रुखमा झुण्डेको अवस्थामा मानव कंकाल फेला

सामाजिक फीड-जनकपुरधाम, असोज १० गते । बाराको जंगलमा झुण्डेर सडेगलेको अवस्थामा मानव कंकाल फेला परेको छ । बुधबार सवा ६ बजेको समयमा बाराको जितपुरसिमरा उप–महानगरपालिका १४ स्थित हलखोरीया साझेदारी वनमा अन्दाजी ५० वर्षीय पुरुषको कंकाल फेला परेको हो । सिन्दुेरेको रुखको गहाँगामा नाईलनको डोरी बाधी पासो लगाई झुण्डी सडीगली गएको अवस्थामा शव फेला परेको क्षेत्रीय […]
महोत्तरीको एक गेष्टहाउसमा यौनधन्दा चलाएको आरोपमा तीन महिलासहित ६ जना पक्राउ

सामाजिक फीड-जनकपुरधाम, असोज १० गते । महोत्तरीको एक गेष्ट हाउसमा यौन धन्दामा संलग्न रहेको आरोपमा ६ जना प्रहरीको फन्दामा परेका छन् । सम्सी गाउँपालिका ६ सम्सी बजारमा संजिवकुमार झाले संचालन गरेको संगम होटल एण्ड गेष्ट हाउसबाट उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । सम्सी प्रहरीचौकीले खानतलासी गरी गेष्ट हाउस संचालक झासहित ६ जनालाई पक्राउ गरेको महोत्तरीका […]
नेपाल भारत सीमा क्षेत्रमा गोली दागेर एक युवकको हत्या

सामाजिक फीड-जनकपुरधाम, असोज ९ गते । बारा स्थित नेपाल भारत सीमा दशगजा क्षेत्रमा गोली दागेर एक युवकको हत्या भएको हो । भारतबाट दुईवटा मोटरसाइकलमा आएका युवाहरूको समूहले भारत दारपा थानाअन्तर्गत सुकलैयाका २२ वर्षीय अजितकुमार सिंहको हत्या गरेको इलाका प्रहरी कार्यालय सिम्रौनगढले जनाएको छ । बाराको चरौता नगरपालिका ६ पकडीया गाउँको लक्ष्मीनिया पोखरीको डिलमा आज साँझ […]