Samajik Feed – News Portal from Nepal

सिरहा प्रहरीको नियन्त्रणबाट फरार थुनुवा २४ घण्टाभित्रै पक्राउ

सामाजिक फीड-जनकपुरधाम, पुस ७ गते । सिरहा प्रहरीको नियन्त्रणबाट भागेको थुनुवा पक्राउ परेका छन् । सिरहा प्रहरीले २४ घण्टा भित्रै फरार थुनुवा लहान नगरपालिका २१ बस्ने वर्ष ३० का छोटु सदायलाई पक्राउ गरेको सिरहाका प्रहरी प्रवक्ता डिएसपी रविन्द्र राज पाण्डेले जानकारी दिए । गत बिहीबार बालय यौनदुव्र्यबहार आरोपमा पक्राउ परेका सदायलाई शुक्रबार जिल्ला सरकारी वकिलको […]

महोत्तरीमा नजवात शिशुको शव फेला

सामाजिक फीड-जनकपुरधाम, पुस ७ गते । महोत्तरीमा सालनालसहित नवजात शिशुको शव फेला परेको छ । शुक्रबार सोनमा गाउँपालिका ३ मरहा खोलामा सालनाल सहितको छोरा नवजात शिशुको शव फेला परेको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी दिलीपकुमार गिरीले जानकारी दिए । शिशुको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जलेश्वरमा राखिएको छ । कसले शिशु फालेको भन्ने नखुलेको र थप […]

मधेशमा गत वर्षभन्दा ९२ हजार मेट्रिकटन कम धान उत्पादन

सामाजिक फीड-जनकपुरधाम, पुस ७ गते । अन्नको भण्डार मानिने मधेश प्रदेशम गत वर्षको तुल्नामा तुलनामा ९२ हजार मेट्रिकटनले कम धान उत्पादन भएको छ । यो वर्ष प्रदेशमा १२ लाख ९६ हजार ९०७ मेट्रिकटन मात्रै धान उत्पादन भएको मधेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ । गत वर्ष १३ लाख ८८ हजार मेट्रिकटन धान […]

मण्डल मृत्यु प्रकरणकाआरोपी इप्रका सुगानिकासका ईन्चार्ज जिल्ला तानिए

सामाजिक फीड-जनकपुरधाम, पुस ६ गते । धनुषाको इलाका प्रहरी कार्यालय सुगानिकासका ईन्चाज सई बालमुकुन्द ठाकुर जिल्ला तानिएका छन् । धनुषाको हंसपुर नगरपालिका– ५ का दीपनारायण मण्डलको मृत्यु प्रकरणमा उनलाई कारबाही स्वरुप जिल्ला तानिएको हो । उनलाई कारबाही स्वरुप जिल्ला तानिएको धनुषाका प्रवक्ता डिएसपी रञ्जन अवाले बताए ।छिमेकसंगको समान्य बिबादमा बिहीबार साँझ पक्राउ गरी लगेर कुटपिट […]

जनकपुरमा रक्तदान गरी सिद्धार्थ बैंकले मनायो आफ्नो २१ औं स्थापना दिवस

सामाजिक फीड-जकपुरधाम, पस ६ गते । सिद्धार्थ बैंकले आफ्नो एकाइसौ स्थापना दिवस जनकपुरधाममा रक्तदान कार्यक्रम गरी मनाएको छ ।जनकपुरमा रहेको सिद्धार्थ बैंकको शाखाहरुले नेपाल रेडक्रस सोसाइटीसँग समन्वय गरी शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न गरेको हो । मिल्स एरिया स्थित शाखामा भएको रक्तदान कार्यक्रममा बैंकका कर्मचारी, ग्राहक तथा स्थानीयहरु गरी ५० जनाले रकतदान गरेको जनाएको छ । […]

अन्तरविद्यालय टी—२० क्रिकेटको फाइनलमा मिट र सिद्धार्थ

सामाजिक फीड-जनकपुरधाम, पुस ६ गते । जनकपुरधाममा जारी दोस्रो अन्तरविद्यालय टी—२० क्रिकेट प्रतियोगिताको फाइनलमा मिथिला इन्सटिच्यूट अफ टोक्नोलोजी (मिट) र सिद्धार्थ शिशु सदन पुगेको छ । शुक्रबार भएको सेमिफाइनल खेलमा विजयी भई दुबै टिम फाइनलमा पुगेको हो । उपाधीको लागि यी दुबै टिम शनिबार प्रतिस्पर्धा गर्ने छन् । शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा मदर टे«शा […]

धनुषामा प्रहरी हिरासतमै एकजनाको मृत्यु , स्थानीयले गरे तोडफोड

सामाजिक फीड- जनकपुरधाम, पुस ६ गते । समातेर ल्याएका एकजनाको इलाका प्रहरीमै मृत्यु भएको छ । धनुषाको हंसपुर नगरपालिका स्थित सुगा निकास इलाका प्रहरी कार्यालयमा गए राति स्थानीय अन्दाजी ४५ वर्षीय दीपनारायण मणडलको मृत्यु भएको स्थानीयले जनाएका छन् । प्रहरीले कुटपिट गर्दा मृत्यु भएको भन्दै बिहानैदेखि स्थानीय आक्रोशितले प्रहरीले इलाकामाथि ढुंगामुढा गरेका छन् । त्यस […]

मधेश प्रदेश क्रिकेट टिमका कप्तान साह सम्मानित

सामाजिक फीड-जनकपुरधाम, पुस ५ गते । मधेश प्रदेश क्रिकेट टिमका कप्तान तथा राष्ट्रिय खेलाडी हरिशंकर साह सम्मानित भएको छ । विहीबार रमान्नद युवा क्लवले ३८ औं वार्षिकोत्सवको अवसरमा वशिष्ट चन्द्रकला स्मृति खेल पुरुस्कार—२०८० ले उनलाई सम्मान गरेको हो । मधेश प्रदेश तथा राष्ट्रिय खेलमा साहले दिएको योगदानलाई मूल्यांकन गर्दै आयोजक संस्थाले नगद रु २१ हजार […]

देशमा कुशासनले जनता रिसाएका छन् : गगन थापा

सामाजिक फीड-नकपुरधाम, पुस ५ गते । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले देशमा बढेको भ्रष्टाचार, कुशासनको कारणले जनता रिसाएको बताएका छन् । काँग्रेसको प्रथम मधेश प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै नेता थापाले गणतन्त्र र संघीयता विरोधीहरु कुशासन र भ्रष्टाचारकै कारणले जनतातिर फर्केर शक्ति पाइरहेको बताए ।‘जनता रिसाउनुको मुख्य कारण मौलाउँदो भ्रष्टाचार, कुशासन हो’ उनले भने ‘बिहानै उठ्दा […]

करिब पाँच कठ्ठामा लगाएको झण्डै ४ हजार गाँजाको बोट सिरहा प्रहरीद्वारा नष्ट

सामाजिक फीड-जनकपुरधाम, पुस ५ गते । सिरहामा करिब पाँच कठ्ठामा लगाएको अवैध गाँजा खेती प्रहरीले फडानी गरी नष्ट गरेको छ । बुधबार सिरहाको कर्जन्हा नगरपालिका ५ प्रहरी चौकी कर्जन्हा सिरहाबाट खटेको प्रहरी टोलिले बिभिन्न स्थानहरुमा लगाएको करिब ५ कठ्ठा गाँजा खेती फडानी गरेको हो । करिब ५ कठ्ठामा लगाएको अन्दाजी ४ हजार गाँजाको बोट फडानी […]