मजदुरी गर्न जाँदा बन्धक बनेका महतो २५ वर्षपछि घर फर्के

सामाजिक फीड– जनकपुरधाम, कात्तिक १८ गते । २५ वर्षदेखि बेपत्ता रहेका धनुषा, बटेश्वर गाउँपालिका-१ लक्ष्मीनिवास सोनापुरका ५८ वर्षीय चलितर महतो गाउँ फर्किएका छन्। युवा अवस्थामा मजदुरी गर्न भारतको पञ्जाब गएका उनी वृद्ध अवस्थामा घर फर्किएका हुन्। वर्षौंसम्म घर नफर्किएकाले उनको मृत्यु भइसकेको अनुमान परिवार र गाउँलेहरूले गरेका थिए। तर, २५ वर्षपछि अचानक गाउँ आइपुग्दा सबै […]
आज भाइटीका, मिथिलाञ्भलमा भरदुतिया

सामाजिक फीड-जनकपुरधाम, कार्तिक १८ गते । यमपञ्चकको पाँचौं दिन आज भाइटीका दाजुभाइलाई दिदीबहिनीले सप्तरंगी टीका लगाएर मनाइँदैछ। प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने तिहार, नेपालीहरूको दोस्रो ठूलो चाड, आज दिदीबहिनीहरूले दाजुभाइलाई टीका लगाएर मुख्य दिनका रूपमा मनाइन्छ। टीकाको लागि शुभ साइत बिहान ११ बजेर ३७ मिनेट तोकिएको छ। टीकापछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने […]
आज तिहारको तेस्रो दिन : लक्ष्मी पूजा र कुकुर पूजा गरिँदै

सामाजिक फीड-जनकपुरधाम, कार्तिक १५ गते । आज तिहारको तेस्रो दिन कुकुर पूजा र लक्ष्मी पूजा मनाइँदैछ। यो वर्ष तिथिको हेरफेरका कारण, दोस्रो दिन पर्ने कुकुर तिहार तेस्रो दिनमा आएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। आज बिहान कुकुर पूजा गरिनेछ भने साँझ लक्ष्मी पूजा हुनेछ। धर्मशास्त्रविद् प्रा.डा. रामचन्द्र गौतमका अनुसार कुकुर तिहारमा यमराजका द्वारपालका […]
आज काग तिहार मनाइँदै

सामाजिक फीड-जनकपुरधाम, कार्तिक १४ गते । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपालीको चाड यमपञ्चक अर्थात् तिहार आजदेखि सुरु हुँदैछ । कार्तिक कृष्ण त्रयोदशी तिथि परेकाले आज बुधबार बेलुकी यमदीपदान सुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । यमपञ्चकको पहिलो दिन आज काग तिहार परेको समितिले जानकारी दिएको छ । समितिले यमदीपदान […]
सिरहाबाट ठगी आरोपमा मलेसियन नागरिकसहित चारजना पक्राउ

सामाजिक फीड-जनकपुरधाम, कार्तिक १३ गते । सिरहा प्रहरीले वैदेशिक रोजगारीमा पठाउने निहुँमा ठगी गरेको आरोपमा एक मलेसियन नागरिकसहित चारजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ५१ वर्षीय मलेसियन नागरिक मोहम्मद रिजुआन बिन अब्दुल्लाह र सिरहाको लहान नगरपालिका-२३ निवासी ४२ वर्षीय रामाशंकर यादव, २५ वर्षीय राम भरत यादव, र ३९ वर्षीय सुर्य नारायण यादव रहेको प्रहरीले जनाएको […]
महोत्तरीको आँप बगैंचामा अनुहार जलेको अवस्थामा महिलाको शव

सामाजिक फीड-जनकपुरधाम, कार्तिक १२ – महोत्तरीको पिपरा गाउँपालिका–७ दनौली चौरीमा एक महिलाको अनुहार जलेको अवस्थामा शव फेला परेको छ। स्थानीय अशोक ठाकुरको आँप बगैंचामा करिब २५-३० वर्ष उमेरकी महिलाको शव फेला परेको हो । महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी सन्तुलाल जयसवारका अनुसार मृतकको पहिचान अझै खुल्न सकेको छैन। बिहान साढे ८ बजे शव देखेपछि स्थानीयले प्रहरीलाई […]
इँटा उद्योगमा काम गर्न ल्याइएका ४४ मजदुर राजविराजमा अलपत्र

रासस-सप्तरी, कार्तिक १२ गते । सप्तरीको विष्णुपुर गाउँपालिका मलेकपुरस्थित सीता इँटा उद्योगमा काम गर्न ल्याइएका ४४ मजदुर अलपत्रमा परेका छन् । उनीहरु हाल राजविराज नगरपालिका–३ स्थित कल्टुपोखरी नजिकै निर्माणाधीन एक घरको भुइँमा बसेका छन् । भारतको उत्तरप्रदेशस्थित सम्भल जिल्लाबाट १५ दिनअगाडि उनीहरुलाई ल्याइएको थियो । उनीहरुलाई ल्याउने ठेकेदार नै भागेपछि मजदुरहरु अलपत्र परेका हुन् । […]
जनकपुरबाट दुई क्वीन्टलबढी गाँजासहित चालक पक्राउ

सामाजिक फीडजनकपुरधाम, कार्तिक ११ गते । जनकपुरधाममा दुई सय २१ किलो गाँजासहित मकवानपुरको भीमफेदी गाउँपालिका–२ का २४ वर्षीय प्रकाश लुङ्गवा पक्राउ परेका छन्। प्रहरी टोलीले शनिबार साँझ बाबा आयलस सेन्टर नजिक उनलाई नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार, ना. ५ ख १७७ नम्बरको मिनी ट्रकको तल फल्स बटन बनाएर १६ वटा पोकामा लुकाएर […]
बारामा अज्ञात समूहद्वारा धारिलो हतियार प्रहार गरी एकजनाको हत्या

सामाजिक फीड-जनकपुरधाम, कार्तिक ११ गते । बारामा अज्ञात समूहले धारिलो हतियार प्रहार गरी एकजनाको हत्या गरेको छ । महागढीमाई नगरपालिका–१ नैकाटोलमा स्थानीय ५० वर्षीय श्रीनारायण यादवको अज्ञात हतियारधारीले हत्या गरेको प्रहरीले जनाएको छ । बाराका प्रहरी प्रवक्ता डिएसपी प्रकाश सापकोटाका अनुसार शनिबार राति करिब ८ बजे घर नजिकैको सडकमा उनीमाथि गर्धनमा धारिलो हतियार प्रहार भएको […]
मिर्चैयाको नालामा एक युवक मृत फेला

सामाजिक फीड-जनकपुरधाम, कार्तिक १० गते । सिरहाको मिर्चैयामा निर्माणाधीन नालामा एक युवकको शव फेला परेको छ । सिराहाकै कल्याणपुर नगरपालिका १ अर्नमाका २८ वर्षीय नितेश कामती मृत फेला परेका हुन् । मिर्चैया नगरपालिका ६ स्थित निर्माणाधीन नालामा शुक्रबार उनको शव फेला परेको सिराहाका प्रहरी प्रवक्ता डिएसपी वीरेन्द्रकुमार पासमानले जानकारी दिए । मृतकको शव पोस्टमार्टमका लागि […]