एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र संसद सचिवालयमा

समजिक फीड जनकपुरधाम, असार २१ नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दिएको समर्थन फिर्ता लिएको जानकारी संघीय संसद् सचिवालयलाई गराएको छ । पार्टी संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले संघीय संसद् महासचिवलाई पत्र लेख्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराएको सभामुख देवराज घिमिरेको सचिवालयले जानकारी दिएको छ । पत्रमार्फत […]
हार स्वीकार गर्दै ऋषि सुनकले भने- ‘बेलायतका जनताले सम्मानजनक निर्णय गरे’

समजिक फीड जनकपुरधाम, असार २१ बेलायती प्रधानमन्त्री तथा कन्जरभेटिभ पार्टीका नेता ऋषि सुनकले आफ्नो हार स्वीकार गरेका छन् । उनले लेबर पार्टीका नेता कियर स्टारमरलाई विजयको लागि बधाई दिएका छन् । उनले भने, ‘बेलायतका जनताले सम्मानजनक निर्णय गरेका छन् । यसबाट धेरै कुरा सिक्न आवश्यक छ । हारको जिम्मेवारी लिन्छु । ऋषि सुनकले योर्कशायरको रिचमण्ड सिटबाट […]
राष्ट्रियसभाको बैठक आज बस्दैम यस्तो छ कार्यसूची

समजिक फीड जनकपुरधाम, असार २१ सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ । अहिले बिहान ११: १५ बजे बस्ने आजको बैठकमा बजेटका विभिन्न शीर्षकमाथि उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यसूची रहेको छ । आज श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, गृह मन्त्रालय, अर्थ मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक […]
धनुषाको बअुहर्वामा पोखरीमा डुबेर तीन बालिकाको मृत्यु

समजिक फीड जनकपुरधाम, असार २० धनुषा, बअुहर्वाको एक सार्वजनिक पोखरीमा डुबेर तीन बालिकाको मृत्यु भएको छ। मृतक बालिकाहरू १० देखि १२ वर्ष उमेरका मुस्कान खातुन, जिनत खातुन र अजमेरी खातुन रहेको प्रहरी प्रवक्ता डीएसपी रञ्जन अवालेले जानकारी दिएका छन्। घटना बिहीबार दिउँसो सवा १२ बजेतिर घटेको हो। स्थानीयहरूले पोखरीमा बालिकाहरूलाई डुबिरहेको देखेपछि तत्काल उद्धार गरेका […]
प्रचण्डको अस्थिर चरित्रका कारण नै नयाँ गठबन्धन बन्यो- गगन थापा

समजिक फीड जनकपुरधाम, असार २० नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अहिलेको राजनीतिक घटनाक्रम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अस्थिर चरित्रका कारण भएको बताएका छन् । बिहीबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री थापाले नयाँ गठबन्धन बनेको चार महिनामा नै अर्को गठबन्धन बन्ने सम्भावना नै नरहेको बताउदै प्रचण्डको अस्थीर चरित्रका कारण नै नयाँ गठबन्धन बनेको बताएका हुन् […]
बालुवाटार पुगेका रास्वपाका मन्त्रीहरु राजीनामा नदिई फर्किए

समजिक फीड जनकपुरधाम, असार २० राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मन्त्रीहरुले तत्काल राजीनामा नदिने भएका छन् । राजीनामा बोकेर बालुवाटार पुगेका रास्वपाका मन्त्रीहरुले प्रधानमन्त्रीसँगको छलफल पछि राजीनामा नदिई फर्किएका छन् । प्रधानमन्त्रीसँगको भेटपछि पत्रकारसँग कुरा गर्दै रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले प्रधानमन्त्रीले संसद सामना गर्ने आफ्नो संवैधानिक अधिकार रहेकाले त्यतिबेला सम्म साथ दिन आग्रह गरेकोले […]
रास्वपाका मन्त्रीहरुले राजीनामा दिदै

समजिक फीड जनकपुरधाम, असार २० राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट सरकारमा सहभागी मन्त्रीहरुले आज राजीनामा दिने भएका छन् । उनीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर राजीनामा बुझाउन लागेका हुन् । प्रचण्ड नेतृत्वको सरकारमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसहित शिक्षामन्त्री सुमन श्रेष्ठ, श्रममन्त्री डिपी अर्याल र खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ रहेका छन् । यस अघि बुधबार साँझ […]
एमालेका मन्त्रीले आजै राजीनामा दिने

समजिक फीड जनकपुरधाम, असार १९ नेकपा एमालेले आजै सरकार छोड्ने तयारी गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तत्काल राजीनामा नदिने बताएपछि एमालेले आज सरकार छोड्ने भएको हो । यस अघि मंगलबार बसेको एमालेको सचिवालय बैठकले प्रधानमन्त्रीलाई मार्ग प्रशस्त गर्न आग्रह गरेको थियों । कांग्रेससँग नयाँ सरकार बनाउने सहमति भएको भन्दै एमालेले आजसम्मको समय दिएर […]
नशालु ईन्जेक्सनसहित दुई भारतीय नागरिक पक्राउ

समजिक फीडजनकपुरधाम, असार १९ ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषध नशालु ईन्जेक्सनसहित दुईजना भारतीय नागरिक लाई रौतहटमा सशस्त्र प्रहरीको टोलीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहार सीतामढी जिल्ला बखरी ग्राम पञ्चायत ४ राघोपुरका २० बर्षीय रौशन कुमार र सोही ठाउँ वडा ३ का १८ बर्षीय अमीत कुमार रहेको सशस्त्र प्रहरी ११ नम्बर हेक्वा रौतहटका डिएसपी […]
नौवटा गाई बाच्छो सहित रौतहटमा तस्कर पक्राउ

समजिक फीड जनकपुरधाम, असार १९ रौतहटस्थित प्रहरी गस्ती टोलीले तस्करी मार्फत जिल्लाबाट भारततर्फ लागिरहेको ९ थान गाई, बाच्छोसहित एकजना तस्करलाई पक्राउ गरेको छ । विशेष सुराकीको आधारमा मंगलवार साँझ जिल्ला प्रहरी कार्यालय गौरबाट खटिएको गस्ती टोलीले माधव नारायण नगरपालिका १ दिपहीबाट अबैध रुपमा गाई र बाछो भारततर्फ लैजादै गरेको अबस्थामा देवाहीगोनाही नगरपालिका २ करुनिया टोलका […]