Samajik Feed – News Portal from Nepal

इरानमा २९ जनालाई फाँसी

सामाजिक फीड जनकपुरधाम, श्रावन २४ इरानमा बुधबार २९ जनालाई मृत्युदण्ड दिइएको छ । २६ जनालाई तेहरान बाहिरको गेजलहसार जेलमा र बाँकी ३ जनालाई काराज सहरको जेलमा फाँसी दिइएको मिडिया रिपोर्टमा उल्लेख छ । नर्वेको मानवअधिकार संगठनले दिएको जजानकारी अनुसार फाँसी दिइएका मध्ये दुई अफगान नागरिक पनि थिए । उनीमाथि हत्या, लागुऔषध ओसारपसार र बलात्कारको आरोप […]

टीआरसी विधेयकमा भएको सहमतिले नेपालको प्रगतिको बाटोमा कोशेढुंगाको काम गर्नेछ- प्रचण्ड

सामाजिक फीड जनकपुरधाम, श्रावन २३ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकमा भएको सहमतिले नेपालको शान्ति, स्थायित्व र प्रगतिको बाटोमा महत्त्वपूर्ण कोशेढुंगाको काम गर्ने बताएका छन् । प्रचण्डले राजनीतिक सहमति कानुनी वैधतामा रूपान्तरण भएपश्चात् द्वन्द्वसँग सम्वन्धित विषयहरू, राहत, परिपूरण […]

रौतहटमा डुबेर बेपत्ता दुई जनाको शव बरामद

सामाजिक फीड जनकपुरधाम, श्रावन २३ रौतहट स्थित छुट्टाछुट्टै नदी खोलामा डुबेर बेपता भएको दुईजनाको शव प्रहरीले बरामद भएको छ । मंगलवार साँझ ५ बजेदेखि गरुडा नगरपालिका ९ स्थित डोरा खोलामा  डुबी बेपता भएकि बालिकाको शव बुधवार दिउँसो २ बजे बरामद भएको हो । मंगलवार साँझ स्थानिय ४ जना बालिकाहरु घाँस काट्नको लागी डोरा खोलाको पारीपट्टी […]

नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर ७ सूर्यचौरमा हेलिकप्टर दुर्घटना: ५ जनाको मृत्यु

सामाजिक फीड जनकपुरधाम, श्रावन २३ नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर ७ सूर्यचौरमा हेलिकप्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ। बुधबार दिउँसो काठमाडौंबाट रसुवाको स्याप्रुवेशीतर्फ उडेको एयर डाइनेस्टीको नाइन एन-एजेडी कलसाइन भएको हेलिकप्टर दुर्घटनामा परेको हो। यो हेलिकप्टर काठमाडौंबाट १ बजेर ५४ मिनेटमा उडेको थियो। उडेको तीन मिनेटपछि हेलिकप्टर सम्पर्कविहीन भएको थियो। जिल्ला प्रहरी कार्यालय […]

काभा महिला भलिबलको फाइनलमा आज नेपाल र भारत भिड्दै

सामाजिक फीड जनकपुरधाम, श्रावन २३ नेपालले आज काभा महिला भलिबल नेसन्स लिगको फाइनलमा भारतको सामना गर्दै छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा हुने फाइनल खेल साँझ ५ बजेदेखि शुरु हुने छ ।   मंगलबार सम्पन्न सेमिफाइनल खेलमा नेपालले इरानलाई सोझो सेटमा ३-० ले पराजित गरेको थियो । त्यस्तै पहिलो सेमिफाइनलमा भारतले श्रीलंकालाई […]

रौतहटमा डुबेर बेपत्ता युवकको शव फेला 

सामाजिक फीड जनकपुरधाम, श्रावन २३ रौतहट स्थित लालबकैया नदीमा नुहाउने क्रममा बेपत्ता भएको स्थान बाट ४ किलोमीटर टाढा युवकको शव  सशस्त्र प्रहरीले बरामद गरेको छ। नुहाउने क्रममा डुबेर बेपत्ता भएका परोहा नगरपालिका ४ का सर्वजीत रायको छोरा बर्ष १६ को सचिन कुमार रायको शव घटनास्थल बाट ४ किलोमीटर टाढा सशस्त्र प्रहरीले मंगलवार अबेर साँझ फेला […]

मधेशका मुख्यमन्त्री सिंहले प्रधानमन्त्री ओलीलाई बुझाए २२ बुँदे माग

सामाजिक फीड जनकपुरधाम, श्रावन २२ मधेश प्रदेशका मुख्यमन्त्री सतिसकुमार सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छ्न । मंगलबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा प्रधानमन्त्ती ओलीलाई भेटेर मुख्यमन्त्री सिंहले मधेशको विकासका लागि २२ बुँदे माग पेश गरेका छन् । मुख्यमन्त्री सिंहले मधेशको समग्र विकासका लागि संघीय सरकारले दीर्घकालिन योजना ल्याउन आवश्यक रहेको बताएका छन् । यस्तै जनकपुरधामस्थित […]

गुल्मीमा पहिरोमा परेर चार जनाको मृत्यु

सामाजिक फीड जनकपुरधाम, श्रावन २२ गुल्मीको मुसिकोटमा सोमबार रातिदेखि परेको अविरल वर्षासंगै आएको पहिरोमा पुरिएर चार जनाको ज्यान गएको छ । मुसिकोट नगरपालिका वडा नं- १ बिसौनामा पहिरोले २ वटा घर पुरिँदा ४ जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन् । पहिरोमा परेर ४६ वर्षीय गोरे विक, ६७ वर्षीय हुकम विक, ६६ […]

बंगलादेशमा रोकिएन लुटपाट, कैयौं प्रहरी चौकीमा आगलागी

सामाजिक फीड जनकपुरधाम, श्रावन २२ बंगलादेशमा जारी प्रदर्शन लुटपाटमा परिणत भएको छ । शेख हसिनाले प्रधानमन्त्रीबाट राजीनामा दिएर भारतको शरणमा पुगेपछि अहिले देशको शासन सेनाले जिम्मा लिएको भएपनि लुटपाट र हिंसात्मक घटना रोकिएका छैनन् । राजधानी ढाकाका कैयौं क्षेत्रमा रातभर लुटपाट र आक्रमण भएको स्थानीय मिडियाहरुले जनाएका छन् । त्यस्तै प्रदर्शनकारीले ५० भन्दा बढी प्रहरी […]