रातु नदीको बहाव बढ्यो

समजिक फीड जनकपुरधाम, असार २५ महोत्तरीको रातु नदीको बहाव बढेको छ । गएरातीबाट परेको अविरल बर्षाका कारण महोत्तरीको रातु नदीको सतह बढेको हो । जिल्लाको उत्तरवर्ती क्षेत्र धनुषाको तुलसी र महोत्तरीको पाटु क्षेत्रमा नदीको पानीले डुबानमा परेको छ । स्थानीय प्रशासनले नदीका तटीय क्षेत्रमा रहेकालाई सुरक्षित रहन र सचेत हुन आग्रह गरेको छ । गतिमान […]
मुकुललाई साधारण सदस्य नरहने गरी कारबाही गर्न अनुशासन आयोगको सिफारिस

समजिक फीड जनकपुरधाम, असार २५ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अनुशासन आयोगले निलम्बित महामन्त्री डा. मुकुल ढकाललाई साधारण सदस्य समेत नरहने गरी कारबाही गर्न सिफारिस गरेको छ । अनुशासन समितिले उनलाई साधारण सदस्य समेत नरहने गरी सिफारिस गरेपछि यसबारे निर्णय गर्न केन्द्रीय समिति बैठक अहिले बसिरहेको छ । रास्वपाको केन्द्रीय समिति बैठकमा आयोगको सिफारिसमाथि छलफल […]
भारतको जम्मु कश्मीरमा भिडन्त, पाँच सैनिकको मृत्यु

समजिक फीड जनकपुरधाम, असार २५ भारतको जम्मु कश्मीरको कठुआमा भएको आतंकवादी हमलामा एक जूनियर कमिसन्ड अफिसर (जेसीओ) सहित पाँच सैनिकको मृत्यु भएको छ । आक्रमणमा परी घाइते भएका पाँच सैनिकलाई मिलिटरी अस्पतालमा रिफर पुर्याइएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । सुरक्षा बल लोहाई मल्हार ब्लकको मछेदी क्षेत्रको बडनोटामा खोजी गरिरहेको बेला आतङ्ककारीले हमला गरेको बताइएको […]
राष्ट्रपति पौडेलद्वारा लगानी सहजीकरण सम्बन्धी विधेयक प्रमाणीकरण

समजिक फीड जनकपुरधाम, असार २४ राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन् । राष्ट्रपति पौडेलले संघीय संसदको दुवै सदनको बैठकबाट पारित भएको उक्त विधेयक प्रमाणीकरण गरेका हुन् । राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम उक्त विधेयक प्रमाणीकरण भएको […]
जसपाका मन्त्रीहरुको राजीनामा स्वीकृत

समजिक फीड जनकपुरधाम, असार २४ जसपाका मन्त्रीहरुले दिएको राजीनामा स्वीकृत भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले मौजुदा मन्त्रिपरिषद्का स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादव, वन तथा वातावरण मन्त्री नवलकिसोर साह सुडी र स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री हसिना खानले प्रधानमन्त्रीसमक्ष दिएको राजीनामा स्वीकृत गरेका हुन् । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ७७ को उपधारा (२) को खण्ड […]
रौतहटमा दुई जनाको शव फेला, एक जना बेपत्ता

समजिक फीड जनकपुरधाम, असार २४ रौतहटका छुट्टाछुट्टै स्थानको नदी किनारमा एक महिला एक पुरुष गरी दुई जनाको शव फेला परेको छ। एक जना पुरुष तलाउको पानीमा बेपत्ता भएकाले खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। गरुडा नगरपालिका-५ महमदपुरका २२ वर्षीय अनिल कुमार यादव गाउँछेउकै तलाउमा डुबेको आशंकामा प्रहरीले खोजी कार्य सुरू गरेको छ। क्षारे […]
नयाँ सरकार धारा ७६ को उपधारा २ अनुसार नै बन्छ- बर्तौला

समजिक फीड जनकपुरधाम, असार २४ नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले नयाँ सरकार गठनमा संवैधानिक बाध्यता नरहेको टिप्पणी गरेका छन् । सोमबार प्रतिनिधि सभाको बैठकको विशेष समयमा बोल्दै सांसद बर्तौलाले संविधानको धारा ७६ को उपधारा २ अनुसारको सरकार बनाउन कुनै पनि संवैधानिक अड्चन नरहेको बताउदै यसअघिका विभिन्न नजिर, सर्वोच्च अदालतले गरेको व्याख्या अनुसार नयाँ सरकार […]
सप्तकोशीमा पानीको बहाव घट्यो

समजिक फीड जनकपुरधाम, असार २४ सप्तकोशीमा पानीको बहाब घटेको छ । सप्तकोशी ब्यारेजमा अहिले पानीको बहाब २ लाख ६० हजार क्युसेक रहेको जानकारी दिइएको छ । सप्तकोशी ब्यारेजमा आइतबार सर्बाधिक ३ लाख ९५ हजार क्यूसेकसम्म पानीको बहाब पुगेको थियो । सप्तकोशीका यस अघि सबै ५६ ढोका खोलिएकोमा पानीको बहाब घट्न थालेपछि अहिले ४२ ढोका खोलिएको […]
अन्तर्राष्ट्रिय विमानस्थलको संसदीय अनुगमन उपसमिति पोखरामा

समजिक फीड जनकपुरधाम, असार २४ समजिक फीडजनकपुरधाम, असार २४ पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको संसदीय अनुगमन समिति अध्ययनको क्रममा पोखरा पुगेको छ । २०७९ पुस १७ गते उद्घाटन भएको विमानस्थलबाट हालसम्म अन्तर्राष्ट्रिय उडान हुन नसकेको र निर्माणको क्रममा नियमितता भएको उजुरी सार्वजनिक लेखा समितिमा परेको थियो । त्यसपछि समितिले असार १३ गते राजेन्द्र लिङ्देनको अध्यक्षतामा उपसमिति गठन […]
जेठ २८ गतेदेखि हालसम्म बाढी र पहिरोमा परी ४८ जनाको मृत्यु

समजिक फीड जनकपुरधाम, असार २४ अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी र पहिरोमा परी आइतबार दिउँसोसम्म ४८ जनाको मृत्यु भएको छ । बाढी, पहिरोमा परी काठमाडौं उपत्यकामा १ जना, कोशी प्रदेशमा ११ जना, मधेश प्रदेशमा २ जना, बागमती प्रदेशमा २ जना, गण्डकी प्रदेशमा १९ जना, लुम्बिनी प्रदेशमा १० जना, […]