Samajik Feed – News Portal from Nepal

सरकारमा दाबी पेश गर्न देउवा र ओली हस्ताक्षर गरेर तयारी अवस्थामा

सामाजिक फीड जनकपुरधाम, आसार २८ जनकपुरधाम। नेपाली कांग्रेस र नेकपा एमालेका सांसदहरुले नयाँ सरकारका लागि हस्ताक्षर गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले सरकार गठनको आव्हान गर्नासाथ सरकारको दाबि पेश गर्न दुवै दलका सांसदहरुले हस्ताक्षर गरेका हुन् । कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीले आ-आफ्नो पार्टीको तर्फबाट सरकारमा दाबि पेश गर्ने निवेदनमा […]

पदमुक्त भए प्रधानमन्त्री प्रचण्ड

सामाजिक फीड जनकपुरधाम, आसार २८ काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पदमुक्त भएका छन् । शुक्रबार प्रतिनिधि सभाको बैठकमा पेश गरेको विश्वासको मतको प्रस्तावको पक्षमा केवल ६३ मत मात्र परेपछि प्रधानमन्त्रीले संसदको विश्वास गुमाएसँगै पदमुक्त भएका हुन् । विश्वासको मतसम्बन्धि प्रस्तावको विपक्षमा १९४ मत परेको थियो । त्यस्तै मत दिन्न भन्ने पक्षमा एक सांसदले मत […]

जन्ती बोकेको स्कार्पियो नहरमा खस्यो, दुई जनाको मृत्यु

सामाजिक फीड जनकपुरधाम, आसार २८ रौतहट जिल्लाको पूर्विभेग गढिमाई नगरपालिकाको ६ सिंगारमन धर्मपुरमा जन्ति बोकेको भारतीय नम्बरको स्कार्पियो नहरमा खसेर दुई जना जन्तीको मृत्यु भएको छ भने अन्य कैयौं जन्ती घाईते भएका छन । मृत्यु हुनेमा काठमाडौं घर भएका ५५ बर्षीय कुल बहादुर श्रेष्ठ र सर्लाही चक्रघट्टा गाउँपालिका ३ सुन्दरपुर बस्ने रबिन्द्र पंडितको छोरी बर्ष ७ […]

कास्कीमा पहिरोले पुरिँदा सात जनाको मृत्यु 

सामाजिक फीड जनकपुरधाम, आसार २८ कास्कीमा पहिरो खसेर घर पुरिँदा सात जनाको मृत्यु भएको छ। बिहीबार राति सवा १० बजे पोखरा महानगरपालिका वडा नम्बर १९ तल्नाकोट टाढीमा पहिरोले पुरिँदा सात जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । मृतक एकै परिवारका रहेको प्रहरीले जनाएको छ । पहिरोमा मृत्यु हुनेमा ४६ वर्षीय कुलबहादुर परियार, […]

पहिरोमा बेपता गणपती डिलक्स बसको टिकट काटेका १४ यात्रुको नाम सार्वजनिक

सामाजिक फीड जनकपुरधाम, आसार २८  काठमाडौं बाट गौर तर्फ आउने क्रममा आज बिहान पहिरोमा परेर बेपता भएको गणपती डिलक्स बसमा यात्रा गरिरहेका ३१ जना यात्रु मध्ये १४ जना यात्रुको नाम लिस्ट प्राप्त भएको छ। काठमाडौं बाट गौर आईरहेको बागमती प्रदेश ०३ -० ०१ख २४९५ नम्बरको बसमा सवार ३१ जना मध्ये रौतहट देवाही गोनाही  नगरपालिका १ […]

बाढी-पहिरो लगायतका विपद्‍मा परी हालसम्म ८८ जनाको मृत्यु

सामाजिक फीड जनकपुरधाम, आसार २७  अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‍मा परी बिहीबार दिउँसोसम्म ८८ जनाको मृत्यु भएको छ । बाढी, पहिरो लगायतका विपद्‍मा परी काठमाडौं उपत्यकामा १ जना, कोशी प्रदेशमा १९ जना, मधेश प्रदेशमा ४ जना, बागमती प्रदेशमा ५ जना, गण्डकी प्रदेशमा २५ जना, लुम्बिनी […]

बालेनसँग श्रीलंकाका राजदुत पाथिरानाको शिष्टाचार भेट

समजिक फीड जनकपुरधाम, असार २७ काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) सँग नेपालका लागि श्रीलंकाका राजदूत एअर चिफ मार्सल सुदर्शन पाथिरानाले शिष्टाचार भेट गरेका छन् । भेटका लागि राजदूत पाथिराना बुधबार प्रमुखको कार्य कक्षमा आएका थिए ।   भेटका क्रममा आपसी सम्बन्धलाई औपचारिकता दिन काठमाडौँ र कोलम्बो बिच भगिनी सम्बन्धको सम्भावना, बौद्ध इतिहासमा लुम्बिनी र […]

एनसेलका ग्राहकलाई ब्यालेन्स नभए पनि इन्टरनेट र फेसबुक चलाउन मिल्ने

समजिक फीड जनकपुरधाम, असार २७ एनसेलका ग्राहकहरूले अब डेटा प्याक वा ब्यालेन्स नभएको अवस्थामा पनि इन्टरनेट र फेसबुक चलाउन सक्ने भएका छन्। एनसेल र फेसबुकको मातृ संस्था मेटाले यसलाई सम्भव बनाउँदै साझेदारी गरेका छन्। मंगलबारदेखि लागू हुने गरी, एनसेलले फेसबुक बेसिक मोड र डिस्कभर नामक दुई नयाँ प्रोडक्ट सञ्चालनमा ल्याएको छ। डिस्कभरले टेक्स्ट मात्र हेर्न […]

आँप टिपेको विषयमा विवाद, थप्पडको बदला हत्या

समजिक फीड जनकपुरधाम, असार २७ रौतहटमा अनौठो घटना प्रकाशमा आएको छ। आँप टिपेको विषयमा विवाद हुँदा दुई-चार थप्पड हानेको बदलामा योजना बनाएर एक जना किशोरको हत्या गरिएको छ। जिल्लाको दक्षिणीभेग भारतीय सिमानासँग जोडिएको इशनाथ नगरपालिकामा आँप टिपेको विषयमा भएको विवादमा १७ वर्षीय किशोरको हत्या गरिएको प्रहरीले खुलासा गरेको छ। घटनालगत्तै प्रहरीले गरेको अनुसन्धानपछि प्राप्त प्रमाणको […]

बुढानिलकण्ठमा ओली-देउवा भेटवार्ता, सरकार गठन केन्द्रित छलफल

समजिक फीड जनकपुरधाम, असार २७ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता भएको छ । बुधबार साँझ देउवा निवास बुढानिलकण्ठ पुगेका ओलीले देउवासँग दुई घण्टाभन्दा लामो छलफल गरेका हुन् । ओलीसँग महासचिव शंकर पोखरेल र उपाध्यक्ष विष्णु पौडेल पनि छलफलमा सहभागी थिए भने कांग्रेसबाट सभापति देउवासहित उनकी पत्नी आरजु राणा र रमेश […]