एसइईको नतिजा आज सार्बजनिक गर्ने तयारी

समजिक फीड जनकपुरधाम, असार १२ राष्ट्रिय परीक्षा बोर्ड,परीक्षा नियन्त्रण कार्यालयले यस वर्षको एसइई परीक्षाको नतिजा आज सार्वजनिक गर्ने तयारी गरेको छ । कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले नतिजा सार्वजनिक गर्ने अन्तिम तयारीमा पुगेको जानकारी दिएका छन् । कार्यालयले तयार पारेको कार्ययोजनाअनुसार उत्तरपुस्तिका परीक्षण, अङ्कभार प्रविष्ट र ‘मिस म्याच’को काम सकेर नतिजा प्रकाशनको […]
प्रतिनिधिसभाबाट आगामी आर्थिक वर्षको बजेट बहुमतले पारित

समजिक फीड जनकपुरधाम, असार ११ आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट बहुमतले पारित भएको छ । उपसभामुख इन्दिरा राना मगरले बहुमत पुगेकाले प्रतिनिधिसभाबाट बजेट पारित भएको घोषणा गरेकी हुन् । सरकारका तर्फबाट अर्थमन्त्री वर्षमान पुनले जेठ १५ गते संघीय संसदको संयुक्त बैठकमा १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट पेश गरेका थिए। उक्त बजेटलाई […]
विदेशबाट आएका कामतको होटलमा शंकास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार

समजिक फीड जनकपुरधाम, असार ११ सिरहाको धनगढीमाई नगरपालिका १० स्थित धनगढीमाई होटल एण्ड लजमा आज अपरान्ह एक युवकको शंकास्पद मृत्यु भएको छ। मृत्यु हुनेमा धनगढीमाई नगरपालिका ३ का करिव ३२ वर्षीय प्रमोद कुमार कामती रहेको प्रहरीले जनाएको छ। होटल संचालक धर्मा महतोका अनुसार विहान ९.३० बजे एक जना महिलासँगै आएका कामती होटलमा प्रवेश गरेको जानकारी […]
नदीमा बाढी आएपछि मेलम्ची खानेपानी बन्द

समजिक फीड जनकपुरधाम, असार ११ मेलम्ची नदीमा बाढी आएपछि काठमाडौँ आउँने खानेपानी आयोजनाको मुख्य द्वार बन्द गरिएको छ। मेलम्ची नदी धमिलिन थालेपछि सोमबार साँझदेखि पानी आपूर्ति बन्द गरिएको हो । माथिल्लो तटीय क्षेत्रमा पानी परिरहेको र मेलम्ची नदीमा आएको बाढीले आयोजनाको बाँधमा क्षति पुर्याएको थियो । साथै आयोजनासम्म जाने पुल बगाएपछि सुरक्षित गर्न आपूर्ति बन्द […]
अस्ट्रेलियालाई हराउदै भारत टी- २० विश्वकपको सेमिफाइनलमा

समजिक फीड जनकपुरधाम, असार ११ भारत जारी टी- २० विश्वकपको सेमिफाइनलमा पुगेको छ । सुपर आठको अन्तिम खेलमा अस्ट्रेलियालाई २४ रनले पराजित गर्दै भारत प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो । भारतले दिएको २०६ रनको लक्ष्य पछाएको अस्ट्रेलियाले २० ओभरमा ७ विकेट गुमाउदै १८१ रन बनाएको थियो । अस्ट्रेलियाका लागि ट्राभिस हेदले सर्बाधिक ७६ रन बनाएका थिए […]
बहिनीको हत्या गर्ने पक्राउ

समजिक फीड जनकपुरधाम, असार १० रौतहट । पारिवारिक विवादको कारण टाउकोमा बाँसको मुँगडी प्रहार गरी आफ्नै बिहिनिको हत्या गरेको आरोपमा रौतहटको परोहा नगरपालिकाका एकजना युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा परोहा ८ नरकटीया गाउँका २२ बर्षीय दीपेन्द्र कुमार राम रहेको जिल्ला प्रहरी प्रवक्ता डिएस्पी एलिजा गिरीले बताएकी छिन्। राम माथि ज्यान सम्बन्धी कर्तब्य ज्यान […]
साउदी अरबमा हज यात्रामा मृत्यु हुनेको संख्या १३ सय नाघ्यो

समजिक फीड जनकपुरधाम, असार १० साउदी अरेबियाको प्रशासनले हज यात्रामा मारिएका व्यक्तिको आधिकारिक तथ्यांक सार्वजनिक गरेको छ । साउदी प्रशासनका अनुसार हजका क्रममा १३०१ तीर्थयात्रीले ज्यान गुमाएका छन् । साउदी प्रशासनले चर्को गर्मी र अवैध यात्रालाई यसको कारण भनेको छ । गर्मीले कीर्तिमान तोडिरहेको र तापक्रम ५२ डिग्री सेल्सियस नजिक पुगेको बेला यस वर्षको हजयात्रा […]
रौतहटबाट भारतीय नागरिक पेस्तोलसहित पक्राउ

समजिक फीड जनकपुरधाम, असार १० सशस्त्र प्रहरी सीमा सुरक्षा गण रौतहटबाट खटिएको टोलीले गएराती हतियारको कारोवारी एकजना भारतीय नागरिक लाई एकथान पेस्तोल सहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहार सीतामढी जिल्ला बैरगनिया ३ असोगी टोल बस्ने बर्ष २१ को राहुल राम रहेका छन । उसको साथबाट एकथान घरेलु नलकटुवा पेस्तोल बरामद भएको सशस्त्र […]
वैवाहिक बन्धनमा बाँधिए सोनाक्षी र जहीर

समजिक फीड जनकपुरधाम, असार १० बलिवुड अभिनेत्री सोनाक्षी सिन्हा र अभिनेता जहीर इकबालले मुम्बईमा एक निजी समारोहमा विवाह गरेका छन् । सोनाक्षी र जहीरले मुम्बईको बान्द्रास्थित आफ्नो समुन्द्र किनारको अपार्टमेन्टमा आइतबार विवाह गरेका हुन् । सोनाक्षी र जहीरको परिवारले न हिन्दू र मुस्लिम रितिरिवाज अनुसार विवाह गर्ने निर्णय गरेका थिए, त्यसैले उनीहरुले कोर्ट म्यारिज गरेका थिए […]
NEB अन्तिम चरणमा, यस हप्ता नतिजा प्रकाशन हुने सम्भावना

समजिक फीड जनकपुरधाम, असार ९ राष्ट्रिय परीक्षा बोर्ड (NEB) अहिले विद्यार्थीहरूको अंक पुन:जाँचको अन्तिम चरणमा छ। यदि सबै योजना अनुसार भयो भने, बोर्डले यस हप्ता नै नतिजा प्रकाशन गर्ने तयारी गरिरहेको छ। बोर्डका एक अधिकारीका अनुसार, “हामीले पुन:जाँचको कार्य लगभग सकिसकेका छौँ। सबै प्रक्रिया समयमा सम्पन्न भएमा, नतिजा यसै हप्ता प्रकाशित गर्ने योजना बनाएका छौँ।” […]