महोत्तरी सिडिओ कार्यालयका नायब सुब्बा घुससहित पक्राउ

सामाजिक फीड, जनकपुरधाम,७ मंसिर २०८१, शुक्रवार जिल्ला प्रशासन कार्यालय महोत्तरीबाट एक कर्मचारी २० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्ला प्रशासन कार्यालयको मुद्दा शाखामा कार्यरत नायब सुब्बा अशोककुमार यादव छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासको टोलीले उनलाई आज सेवाग्राहीबाट लिएको २० हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ गरेको हो । सवारी […]
पूर्व राजा ज्ञानेन्द्र शाहद्वारा लुम्बिनीमा हजार बुद्ध मन्दिरको पूजा सम्पन्न

सामाजिक फीड, जनकपुरधाम,७ मंसिर २०८१, शुक्रवार पूर्वराजा ज्ञानेन्द्र शाहले रुपन्देहीको लुम्बिनीस्थित हजार बुद्ध मन्दिरमा पुजाअर्चना गरेका छन्। मन्दिर उदघाटन अवसरमा त्यहाँ पूजाआजा कार्यक्रम राखिएको छ । शुक्रबार बिहान चार्टर विमानमा भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आएका उनका समर्थक, शुभेच्छुक, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता, कार्यकर्तालगायतले स्वागत गरेका थिए । पूर्व राजा ज्ञानेन्द्र शुक्रबार दिउँसो चार […]
सर्वसाधारणलाई जुत्ताको माला लगाउनेलाई कानूनी कारबाही

सामाजिक फीड, जनकपुरधाम,७ मंसिर २०८१, शुक्रवार रौतहट स्थित विभिन्न पूर्वाग्रह राखेर सर्वसाधारण लाई जुत्ताको माला लगाएर घुमाउने वडाध्यक्ष सहित ४ जनामाथि मुद्दा दर्ता गरिएको छ। जुत्ताको माला लगाएर सर्वसाधारणलाई घुमाउने गढीमाई नगरपालिका ९ का वडा अध्यक्ष हरिश्चन्द्र सहनीसहित ४ जनामाथि इलाका प्रहरी कार्यालय गरुडामा मुद्दा दर्ता गरिएको हो। गरूडा नगरपालिका ३ मलाही बस्ने परीक्षण सहनीले […]
विदेश पठाउने निहुँमा ५ युवती बेचबिखन प्रयास, एक युवक पक्राउ

सामाजिक फीड, जनकपुरधाम, ७ मंसिर २०८१, शुक्रवार विदेश पठाउने बहानामा ५ युवतीलाई बेचबिखन गर्न लागेको आरोपमा एक युवक पक्राउ गरेका छन् । पक्राउ पर्नेमा मकवानपुरको हेटौडा उपमहानगरपालिका–१४ का ४४ वर्षीय राजु तामाङ भनिने राजकुमार थिङ छन् । थिङलाई जिल्ला प्रहरी कार्यालय चितवनको टोलीले पक्राउ गरेको हो । उनले गाउँका ५ युवतीलाई ललाइफकाई भारत पुर्याएर बेच्न […]
देशभर ३२ हजार ७ सय जनामा डेंगु संक्रमण

सामाजिक फीड, जनकपुरधाम,७ मंसिर २०८१, शुक्रवार देशभर ३२ हजार ७ सय जनामा डेंगु संक्रमण पुष्टि भएको छ । जसमध्ये १३ जनाको मृत्यु भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले जनाएको छ । ईडीसीडीको पछिल्लो तथ्यांक अनुसार सङ्क्रमितमध्ये सबैभन्दा बढी गण्डकी प्रदेशमा १५ हजार ३३४ जनामा सङ्क्रमण पुष्टि भएको छ । यस्तै, सबैभन्दा कम सङ्क्रमित कर्णाली प्रदेशमा छन् । उक्त प्रदेशमा ३ सय ४७ जना सङ्क्रमित छन् […]
बिआरआई : अनुदान स्वीकार्य, तर ऋण अस्वीकार्य : बिमलेन्द्र निधि

सामाजिक फीड, जनकपुरधाम, ७ मंसिर २०८१, शुक्रवार शुक्रबार गृह जिल्ला धनुषा आएका प्रतिनिधीसभा सदस्य समेत रहेका निधीले जनकपुरधाम विमानस्थलमा पत्रकारहरुसंग कुराकानी गर्दै, ‘बिआरआई अनुदानको रुपमा मान्ने ऋणको रुपमा हुदैन यो कांग्रेसको अडिग धारणा हो’ बताए । केहि दिन अगाडि मात्र चिनिया राजदुतले आमन्त्रणा गरि निधीलाई डिनर सहित पारिवारिक स्वागत गरेका थिए । नेता निधीले प्रधानमन्त्री […]
शिव मन्दिरमा तोडफोड, स्थानीयहरु सडकमा

सामाजिक फीड- मंसिर ७, जनकपुरधाम । महोत्तरीको पिपरा गाउँपालिकास्थित शिव मन्दिरमा तोडफोड गर्नेलाई कारबाहीको माग गर्दै सडकजाम गरी स्थानीयवासीहरु आन्दोलनमा उत्रेका छन् । शिव मन्दिरको शिवलिङ तोडफोड गर्नेलाई तत्काल कारबाहीको माग गर्दै स्थानीयवासीहरुले जनकपुरधाम– जलेश्वर सडकखण्ड अवरुद्ध गरी आन्दोलन उत्रेका हुन् । अज्ञात समूहले शिवलिङ तोडफोड गरेको विरोधमा स्थानीयहरुले आज बिहानदेखि नै सडक अवरुद्ध गरेका […]
काठमाडौँमा वुमेन अफ द वर्ल्ड (वाउ) महोत्सव: लैङ्गिक समानताको दिशामा नयाँ कदम

सामाजिक फीड, जनकपुरधाम,६ मंसिर २०८१, बिहिवार काठमाडौँको नक्साल नन्दीकेशर वगैँचा (नारायण चौर) मा मंसिर ८ र ९ गते वुमेन अफ द वर्ल्ड (वाउ), को सातौँ संस्करण आयोजना हुँदैछ । महिला र बालिकाहरुले भोगिरहेका समस्या समाधान गर्न आपसी सिकाइ र भोगाइबाट उपाय खोज्ने प्रयास यसको मुख्य ध्येय हो । लैङ्गि उत्तरदायी समाज निर्माण गर्न सार्वजनिक सरोकारको […]
राजश्व संकलनमा १७ प्रतिशतले वृद्धि भएको पुष्टि

सामाजिक फीड, जनकपुरधाम,६ मंसिर २०८१, बिहिवार चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो चौमासिकको राजस्व संकलन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब १७ प्रतिशतले वृद्धि भएको छ । अर्थ मन्त्रालय उच्च व्यवस्थापन समितिको बिहीबार बसेको बैठकमा प्रस्तुत गरिएको विवरण अनुसार गत वर्ष यही अवधिमा रु दुई खर्ब ७६ अर्ब राजस्व संकलन भएको थियो । चालु आर्थिक वर्षको […]
विश्व बैंकको साझेदारीमा सडक सुधार योजना सुरु

सामाजिक फीड, जनकपुरधाम,६ मंसिर २०८१, बिहिवार । सरकारले विश्व बैंकसँगको सहकार्यमा प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम सुरु गरेको छ ।यो कार्यक्रमको पहिलो चरणको काम बिहीबारदेखि सुरु भएको विश्व बैंकले जनाएको छ । नेपाल सरकार र विश्व बैंकको १२ करोड ८० लाख अमेरिकी डलर (करिब १७ अर्ब १५ करोड रुपैयाँ) मा लगानीमा यो कार्यक्रम सुरु […]