उपेन्द्र यादवको रिटमाथि आज सुनुवाइ हुँदै

सामाजिक फीड, काठमाडौँ, २७ गते । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले दायर गरेको मुद्दाको सुनुवाइ आज हुँदैछ । यादवले पार्टी फुटाएको विषयमा अशोक राई पक्षको कदम र निर्वाचन आयोगले दिएको मान्यताविरुद्ध अदालतमा दायर गरेको रिटमा आज न्यायाधीशद्धय हरिप्रसाद फुयाल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासा सुनुवाई हुदै छ । योप रिट शुक्रबार सुनुवाइ […]
नरेन्द्र मोदीले आज शपथ लिँदै

सामाजिक फीड, नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज शपथ लिने भएका छन् । मोदी यस अघि शुक्रबार प्रधानमन्त्री पदमा तेस्रो पटक नियुक्त भएका थिए । एनडीए गठबन्धनबाट सरकार बनाउने दाबी पेश गरेपछि राष्ट्रपति द्रौपदी मुर्मुले मोदीलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन् । शपथ ग्रहण समारोह आइतबार साँझ ७: १५ बजे हुने राष्ट्रपतिको कार्यालयले जानकारी […]
नापी कार्यालय चन्द्रौटाका सर्वेक्षक घुससहित पक्राउ

काठमाडौँ, २५ जेठ । कपिलवस्तु नापी कार्यालय चन्द्रौटाका सर्वेक्षक बेचनप्रसाद गुप्ता घुस रकम सहित पक्राउ परेका छन् । अख्तियारले जग्गा कित्ताकाट गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचनाका आधारमा आयोगको कार्यालय बुटवलबाट खटिई गएको टोलीले सर्वेक्षक गुप्तालाई पक्राउ गरेको हो । उनले सेवाग्राहीबाट ३५ हजार घुस लिइसकेको अवस्थामा उक्त रकम र स्रोत नखुलेको ५० […]
मधेशका नवनियुक्त मुख्यमन्त्रीसहित मन्त्रीहरूले लिए सपथ

सामाजिक फीड, जनकपुरधाम, २५ जेठ । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सतिशकुमार सिंहले पद तथा गोपनीयताको शपथ लिएका छन् । शुक्रबार सिंहले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीसँग पद तथा गोपनीयताको शपथ लिएका हुन् । त्यस्तै मुख्यमन्त्री सिंहसँगै नवनियुक्त मन्त्रीहरूले पनि शपथ लिएका छन् । अर्थमन्त्रीमा माओवादीका भरतप्रसाद साह, उद्योग, वाणिज्य र पर्यटन मन्त्रीमा माओवादीकै युवराज भट्टराई […]
सहकारीको बचत ठगी छानबिन गर्न समितिको बैठक बस्दै

काठमाडौँ । सहकारीको बचत अपचलन, हिनामिना, दुरूपयोग तथा ठगी छानबिन गर्न गठित समितिको बैठक आज बस्दैछ । सिंहदबारमा आज दिउँसो ३ बजे बैठकमा छानबिन समितिको कार्यविधि लगायतका विषयमा छलफल हुने समितिका सभापति सूर्यकुमार थापाले जानकारी दिएका छन् । सहकारीहरूको बचत अपचलनबारे छानबिन गर्न जेठ १५ गते सात सदस्यीय समिति बनेको छ । समितिले सहकारी संस्थाहरूमा […]
सतिश सिंह बने मधेश प्रदेशका मुख्यमन्त्री

सामाजिक फीड, जनकपुरधाम, २५ जेठ । जनमत पार्टीका प्रदेशसभा सदस्य सतिशकुमार सिंह मधेश प्रदेशका मुख्यमन्त्रीमा नियुक्त भएका छन् । प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८ को उपधारा २ अनुसार मधेश प्रदेशसभामा प्रतिनिधित्व गर्ने बहुमत सदस्यको समर्थन दाबी पेश गरेपछि सिंहलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् । जसपा नेपालको संसदीय दलका नेता सरोजकुमार यादवले मुख्यमन्त्रीका […]
आईटी आर्मीले असार २ गतेदेखि वैदेशिक रोजगार विभाग घेराउ गर्ने

काठमाडौँ, २४ जेठ । आम जनता पार्टी (आजपा) निकट आईटी आर्मीले विभिन्न माग राख्दै आउँदो असार २ गतेदेखि बैदेशिक रोजगार विभाग अगाडि धर्ना तथा घेराउ गर्ने घोषणा गरेको छ । आईटी आर्मीका अध्यक्ष चन्द्रभुषण साहले बिहिबार विज्ञप्ति जारी गर्दै वैदेशिक रोजगार विभाग अगाडि धर्ना एवं घेराउ गर्ने जनाएका छन् । ‘वैदेशिक रोजगारीमा गएकाहरूको रगत र […]
दक्षिणकालीमा महिला र पुरुषको शव फेला

सामाजिक फीड, काठमाडौँ, २४ जेठ । काठमाडौँको दक्षिणकाली नगरपालिकामा २ जनाको शव फेला परेको छ । केराबारीस्थित भिरमा एक महिला र एक पुरुषको शव फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। प्रहरीका अनुसार घटनास्थलमा मोटरसाइकल पनि फेला परेको थियो । नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालय सामाखुसीबाट टोलीले शव निकालेको हो । बुधबार बेलुका स्थानीयले […]
सुनसरी एमालेका नवनिर्वाचित अध्यक्ष खनालको निधन

काठमाडौँ, २४ जेठ । नेकपा एमाले सुनसरीका अध्यक्ष निलम खनालको निधन भएको छ । लामो समयदेखि अस्वस्थ रहेका खनालको उपचारका क्रममा निधन भएको हो । खनाललाई उपचारका लागि भारतको हैदरावाद लगिएकामा त्यहीँ उपचारका क्रममा उनको निधन भएको हो । उनी दुई साताअघि मात्रै सुनसरी एमालेको अध्यक्षमा निर्वाचित भएका थिए । जेठ ५ देखि ७ सम्म […]
जनमतका सिंहलाई मुख्यमन्त्री बनाउन दाबी पेश गरिँदै

जनकपुरधाम, २४ जेठ । मधेश प्रदेशमा जनमत पार्टीको नेतृत्वमा सरकार बनाउन आज दाबी पेश गर्ने तयारी भएको छ । जनमतले सतिशकुमार सिंहलाई मुख्यमन्त्रीको रूपमा अगाडि सारेको छ । जनता समाजवादी पार्टी (जसपा) नेपाल नेतृत्वका मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार प्रदेश सभाबाट विश्वासको मत नपाएपछि प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नयाँ सरकार गठनका लागि दलहरूलाई दाबी पेस […]