सामाजिक फीड-
जनकपुरधाम, फागुन १४ गते ।
आजदेखी चुनाव अवधिभर मादक पदार्थ बिक्री-वितरण तथा सेवन गर्न नपाउने भएका छन् ।
उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकको निर्णय अनुसार मतदानको मितिभन्दा सात दिन अगाडिदेखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म मादक पदार्थ बिक्री–वितरण तथा सेवनमा प्रतिबन्ध लगाइएको हो ।
फागुन २१ मा बिहान सात बजेदेखि मतदान सुरु हुनेछ । निर्वाचन सुरक्षा योजना उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकले निर्वाचन सुरक्षा ९व्यवस्थापन० निर्देशिका २०७८ को दफा ३ बमोजिम मतदानको मितिभन्दा सात दिन अगाडिदेखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म मादक पदार्थ बिक्री(वितरण तथा सेवनमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।
निर्वाचन आयोगले सुरक्षा वस्तुस्थितिको आँकलन तथा सुरक्षा व्यवस्थासम्बन्धी मार्गदर्शन तथा सिफारिस समेतका आधारमा निर्वाचनलाई स्वच्छ, विश्वसनीय तथा भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यक अन्य निर्णय समेत उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकबाट भएर कार्यान्वयनमा आएको जनाएको छ ।
निर्वाचन सुरक्षा समितिको निर्णय अनुसार फागुन १८ गते राति १२ बजेदेखि प्रचारप्रसार निषेध हुनेछ ।
फाएजा फहमीदा सामाजिक फीडकी संवाददाता हून् ।