Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, फागुन ५ गते ।

पाकिस्तानको खैबर पख्तुनख्वाह प्रान्तमा रहेको एक सैन्य चौकीमा भएको आत्मघाती आक्रमणमा कम्तीमा १० जना सुरक्षाकर्मीको ज्यान गएको छ भने कैयौँ घाइते भएका छन्।

बीबीसी उर्दूका अनुसार बाजौर जिल्लाको मलंगी क्षेत्रमा रहेको सुरक्षा चौकीलाई लक्षित गर्दै विस्फोटकले भरिएको सवारी साधनमार्फत आक्रमण गरिएको थियो। उक्त भवन पहिले मदरसा रहेको र पछि सुरक्षा चौकीमा रूपान्तरण गरिएको बताइएको छ।

प्रहरी अधिकारीहरूले आक्रमणमा कम्तीमा १० सुरक्षाकर्मीको मृत्यु भएको पुष्टि गरेका छन्। मृतकमध्ये एक जना प्रहरी र नौ जना फ्रन्टियर कोरका सैनिक रहेका छन्।

यस घटनाबारे पाकिस्तानी सेनाले हालसम्म कुनै आधिकारिक प्रतिक्रिया सार्वजनिक गरेको छैन। खैबर पख्तुनख्वाहका मुख्यमन्त्री सोहेल अफरीदीले आक्रमणको कडा निन्दा गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *