सामाजिक फीड-
जनकपुरधाम, माघ २९ गते
भारत र श्रीलंकामा जारी टी–२० विश्वकपको आफ्नो दोस्रो खेलमा नेपाल आज इटाली विरुद्ध खेल्दैछ । नेपाली राष्ट्रिय क्रिकेट टिम १२ वर्षपछि विश्वकपमा आफ्नो पहिलो जितको खोजीमा हुनेछ ।
आईसीसी टी २० विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को दोस्रो खेल खेलिरहेको नेपाल दुई पटकको च्याम्पियन इंग्ल्यान्डसँग समूह चरणको पहिलो खेलमा चार रनले पराजित भएको थियो ।
नेपाली समयअनुसार आज दिउँसो ३ बजेर १५ मिनेटमा भारतको मुम्बईस्थित वान्खेडे रंगशालामा खेल सुरु हुनेछ । यी दुवै टिम जारी प्रतियोगितामा पहिलो जितको खोजीमा छन् ।
नेपाल विश्वकपको मञ्चमा यसअघि सन् २०१४ मा पछिल्लो पटक जित निकालेको थियो । बंगलादेशमा भएको उक्त संस्करणमा नेपालले समूह चरणमा हङकङ र अफगानिस्तानविरुद्ध जितेको थियो । सन् २०२४ को विश्वकपमा नेपाल जितविहीन रहेको थियो ।
नेपाल रहेको समूह ‘सी’ मा नेपालसँगै इंग्ल्यान्ड, इटाली, स्कटल्यान्ड र वेस्ट इन्डिज छन् । समूह चरणबाट प्रत्येक समूहबाट दुई।दुई टिम सुपर आठमा जानेछन् ।
फाएजा फहमीदा सामाजिक फीडकी संवाददाता हून् ।